सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशको विरुद्धमा जनकपुरमाटायर बालेर विरोध प्रदर्शन भएकाे छ।
आज छ दलीय विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको हो।नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीका विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेका नागरिकता विधेयकलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेशसँगै पाँच दलीय विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनमा उत्रेका हुन् ।
जनकपुरको भानु चौकबाट निकालेको विरोध र्याली जनक चौकमा कोणसभामा परिणत भएको थियो । जनक चौकमा टायर बाल्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच धक्का मुक्का समेत भएको छ ।
सुनसरी। गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
शनिबार इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभालाई सम्बोधन गर्दै उनले जनताभन्दा माथि नेता नभई जनतालाई सधैँ प्राथमिकतामा राख्नुपर्ने बताए। जनताबाट निर्वाचित भएर जिम्मेवारीमा पुगेका नेताले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने उनको भनाइ थियो।
जनताबाट निर्वाचित भएर पदमा पुगे पनि उनीहरूको सम्मान गर्न नसक्ने व्यक्तिले अर्को पटक निर्वाचनमा उम्मेदवार बन्नुको औचित्य नरहने उनले बताए। नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्नेमा उनले जोड दिए।
गृहमन्त्री गुरुङले कुनै पनि राजनीतिक दलमा आबद्ध भए पनि प्रत्येक नागरिकलाई सम्मान गर्नुपर्ने बताए। पार्टी वा कुनै झन्डाभन्दा देश माथि रहेको उल्लेख गर्दै उनले युवा पुस्तालाई पनि यही भावना सिकाउनुपर्ने धारणा राखे।
नेपाली जनता र आफ्नो समुदायले गरेको विश्वासको सम्मान गर्दै देशमा सुशासन कायम गर्न र समृद्धि हासिल गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। सुशासन र समृद्धिका लागि आवश्यक सबै प्रयास गरिने उल्लेख गर्दै उनले यसलाई इतिहासले दिएको अन्तिम अवसरका रूपमा लिएको बताए।
सुशासन र समृद्धिको अभियानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्, आफ्नो पार्टीपङ्क्ति तथा अन्य राजनीतिक दलका नेताहरूको समेत साथ र सहकार्य रहने उनले विश्वास व्यक्त गरे।
कठिन परिस्थितिमा आफूलाई साथ र सहयोग गर्ने देश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति उनले आभार व्यक्त गरे। समुदायले अप्ठ्यारो परिस्थितिमा दिएको साथ र जनताबाट प्राप्त आशीर्वादले आफूलाई अघि बढ्न प्रेरणा मिलेको उनको भनाइ थियो।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...