नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बङ्गलादेश सम्मको बाटोका लागि भूमि साटफेर गर्नु आवश्यक नरहेको बताएका छन्।
बिहीबार विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै थापाले भूपरिवेष्ठित देश भएका कारण बङ्गलादेशको समुन्द्रसम्मको बाटो पाउने नेपालको अधिकार भएकाले बाटोका लागि भूमि साट्नु नपर्ने बताए।
‘भारतले सांस्कृतिक नक्सामा नेपाली भूभाग राखेको भए नेपाललाई पनि ग्रेटर नेपालको नक्सा राख्ने अधिकार छ। एउटा देशले प्रयोग गरेको अधिकार अर्को देशले प्रयोग गर्न नपाउने भन्ने हुँदैन’ थापाले भने।
थापाले अहिलेको गठबन्धनमा सबभन्दा ठुलो दल कांग्रेस सरकारमा रहेकाले यो गठबन्धनको विकल्प खोज्नुपर्ने कुनै कारण र अवस्था नरहेको बताए। उनले कांग्रेस सदनभित्र सबभन्दा ठुलो दल भएको, स्थानीय तहमा पनि सबभन्दा बढी स्थानमा विजयी भए पनि कांग्रेसभित्र व्यापक निराशा रहेको भन्दै चिन्ता व्यक्त गरे।
थापाले संसद्को ठुलो दल, प्रदेश र स्थानीय तहमा पनि धेरै ठाउँ जितेको दलप्रति कार्यकर्ता निराश देखिनु राम्रो नभएको बताए।
पछिल्लो समय पार्टी नीतिगत र विधिसम्मत रुपमा अघि नबढेको बारे पार्टी नेतृत्वलगायत सबैले गम्भीरता पूर्वक सोच्नुपर्ने र समय अनुसार पार्टीलाई बदल्नुपर्ने बेला आएको थापाले बताए।

‘नेपाल भूपरिवेष्ठित देश भएकाले बङ्गलादेश जाने बाटो पाउने अन्तर्राष्ट्रिय अधिकार कसैले हनन गर्न सक्दैन’ थापाले भने ‘लिपुलेक, लिम्पियाधुरा नेपालकै भूभाग भएकाले स्वतः नेपालले फिर्ता पाउनुपर्छ साटफेर गर्ने कुरा आउँदैन।’भारतले सांस्कृतिक नक्सामा नेपाली भूभाग समेटेको विषयमा थापाले भारतले समेटेको भए नेपालले पनि सांस्कृतिक नक्सामा ग्रेटर नेपालका भूभाग समेट्नु पर्ने बताए।