थुनछेक बहसः रायमाझीका वकिल रिजालप्रति असहिष्णु
२७ जेष्ठ २०८०
•
४ मिनेट पाठ
थुनछेक बहसः रायमाझीका वकिल रिजालप्रति असहिष्णु
फाइल तस्बिर
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलहरू भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि खनिएका छन्। जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसका क्रममा शुक्रबार रायमाझीको तर्फबाट प्रतिरक्षा बहस गरेका वकिलहरू रिजालमाथि खनिएका हुन्।  




रायमाझी र रिजाल दुवै नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित व्यक्ति हुन्। दुवैविरुद्ध यो प्रकरणमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ। शुक्रबारको बहसमा रायमाझीका वकिलहरूले रिजालको दिमागी अवस्थामाथि नै टीकाटिप्पणी गर्दै बहस गरेका छन्। रायमाझीको पक्षबाट बहस गरेका पूर्वन्यायाधिवक्ता रमेश बडालले रिजालको ‘माइन्ड कन्ट्रोल’ अरूकै हातमा भएको दाबी गरे।  

‘एउटा माइन्ड कन्ट्रोल अरूकै हातमा भएको मान्छेले दिएको बयान पत्याउने श्रीमान्?’उनले भने, ‘उनको दिमाग अरूकै माइन्ड कन्ट्रोलमा हुने कुरा स्वयं आफैले किताबमै स्विकारेका छन्।’ रिजालले सन् २००९ मा लेखेको किताब ‘टर्चर किलिङ बी सफटुली’मा लेखिएको विषयलाई स्थापित गर्न खोज्दै बडालले तर्क गरे, ‘उहाँको किताबमा माइन्ड कन्ट्रोल उल्लेख भएकाले अहिले पनि सरकारले उनको माइन्ड कन्ट्रोल गरेर बोल्न लगाएको हो कि? यसैले उहाँले बयानमा दिएको कुरा अभियोगको रूपमा सम्मानित इजलासले ग्रहण गर्न सक्दैन।’ किताबमा भुटानको जेलमा बस्दा भुटान सरकारले ‘माइन्ड कन्ट्रोल’ गरेको विषय रिजालको किताबमा रहेकाले त्यसमा इजलासले ध्यान दिनुपर्ने बडालले आग्रह गरे।  

शरणार्थी नेता रिजालमाथि रायमाझीका वकिलहरू यसरी खनिनुको कारण रिजालले जिल्ला अदालतमा दिएको बयान हो। रिजालले यस प्रकरणमा सुरुदेखि नै रायमाझीको संलग्न रहेको बताएका छन्। अदालतको कठघरामा उभिएर दिएको बयानलाई इजलासले गम्भीर रूपमा ग्रहण गर्छ।  
रिजालको स्मरणशक्ति र दिमागी अवस्थाकै बारेमा अर्का वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रश्न खडा गरे। ‘टेकनाथ रिजालजी संघर्ष र मानवअधिकारका पक्षमा उहाँले गरेको संघर्षको विषयमा अत्यन्त सम्मान गर्छु। तर, उहाँको वर्तमान अवस्थाको सोचसमझको स्थिति, स्मरण शक्ति, मस्तिष्कको क्षमताबारे भने इजलासको ध्यान जानुपर्छ,’ उनले भने, ‘विगतमा किताबमै उहाँले आफ्नो माइन्ड कन्ट्रोलको कुरा स्वीकारसमेत गरिसक्नुभएको छ।’ पछिल्लो समयमा बयान हेर्दा रिजालको दिमागमा अरू कसैले ‘चिप्स’ राखेर चलाइरहेको छ कि भन्ने देखिएको वरिष्ठ अधिवक्ता पन्तले तर्क गरे। ‘उहाँको कुरा हेर्दा ‘अन्कसियस’ जस्तो १०० प्रतिशत कहीँ ‘डिपार्चर’ भएजस्तो देखिन्छ। जे पनि भन्दिनुहुन्छ। बोलिदिनुहुन्छ,’ पन्तले भने।  

शरणार्थी नेता रिजालमाथि रायमाझीका वकिलहरू यसरी खनिनुको कारण रिजालले जिल्ला अदालतमा दिएको बयान हो। रिजालले यस प्रकरणमा सुरुदेखि नै रायमाझीको संलग्न रहेको बताएका छन्। अदालतको कठघरामा उभिएर दिएको बयानलाई इजलासले गम्भीर रूपमा ग्रहण गर्छ।  

शरणार्थी नेता रिजालले अदालतमा दिएको बयानमा सुरुमा सानु भण्डारी र केशव दुलाल नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग माग्दै आफूकहाँ आएको बताएका छन्। त्यसपछि उनीहरूसँग आफूले तत्कालीन ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड(पुष्पकमल दाहाल)लाई भेटाउनुस्’ भनेपछि उनीहरूले नै काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्याएको रिजालको बयान छ। त्यसपछि टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलालसहित आफू दाहालनिवास पुगेको उनको बयानमा उल्लेख छ।  

त्यसपछि दाहालले ‘आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला। सम्बोधन हुनसक्ने भए समाधान गर्नु भन्नुभयो,’रिजालले बयानमा भनेका छन् ,‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ।’

शरणार्थी नेता रिजाल आरोपितमध्ये एक त्यस्ता पात्र हुन्, जसले सुरुदेखि नै आफ्नो बयानमा एकरूपता कायम गर्दै आएका छन्। उनले अनुसन्धानमा खटिएका प्रहरी, सरकारी वकिलसँगको बयान र जिल्ला अदालत काठमाडौंमा दिएको बयानमा लगभग उस्तै कुरा दोहोर्याइरहेका छन्। उनीबाहेक अधिकांश अन्य आरोपितहरूले प्रहरी र सरकारी वकिलको रोहबरमा बयान दिँदा फरक–फरक दिएका छन्।  

प्रहरीसँगको बयानमा ‘साविती बयान’दिएको भनिएका गिरोहका नाइकेहरू केशव दुलाल र सानु भण्डारी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेदेखिका अभियुक्तहरूले अदालतको कठघरामा ‘इनकारी बयान’ दिएका छन्।  

‘पब्लिसिटीका लागि राज्यले फसाउन खोज्यो’  

रायमाझीका वकिलहरूले बहसका क्रममा बिनाप्रमाण आफ्ना ‘क्लाइन्ट’(टोपबहादुर रायमाझी)लाई फसाउँदा ‘मिडिया ट्रायल’चलाएर ‘पब्लिसिटी स्टन्ट’ गर्दै मुद्दा चलाएको दाबी गरेका छन्।  वरिष्ठ अधिवक्ता पन्तले रायमाझीविरुद्ध सुरूमा कोहीकसैको जाहेरी नपरेको अवस्थामा ‘सहअभियुक्तलाई पोल्न लगाएर’ पक्राउ पुर्जी जारी गराएको, त्यसपछि पक्राउ गरेको र त्यसपछि मात्रै जाहेरी दिन लगाएको प्रमाणित तथ्य रहेको दाबी गरे।  

‘उहाँविरुद्ध २०८० वैशाख २० गते पक्राउ पुर्जी जारी भयो। वैशाख ३१ गते पक्राउ गरियो। त्यसपछि जेठ १ गतेमात्रै प्रेमराज पन्थी भन्ने व्यक्तिलाई राज्यले जाहेरी दिन लगाएको छ,’ वरिष्ठ अधिवक्ता पन्तले भने,‘ पक्राउ गरेपछि बयान लिन र मुद्दा चलाउन प्रमाण नपाइएपछि जाहेरी गर्न लगाइएको छ।’ जाहेरी दिने पन्थी पनि आफैं ठगी मुद्दामा आरोपित रहेको उनले दाबी गरे। ‘पन्थीविरुद्ध टेकनाथ रिजालज्यूले गौशाला प्रहरी वृत्तमा जाहेरी दिनुभएको छ। एकै व्यक्ति ठगीको आरोपी र उही जाहेरीकर्ता कसरी हुन्छ? यो प्रहरीले तर्साएर जाहेरी गर्न लगाएको हो,’ उनले भने। पूर्वन्यायाधिवक्ता बडालले रायमाझीविरुद्ध मुद्दा चलाउँदा राज्यको पुरापुर बदनियत देखिएको बताए।

रायमाझीका तर्फबाट शुक्रबार १० जना वकिलहरूले प्रतिरक्षा बहस गरेका हुन्। बहस गर्नेहरूमा वडाल र पन्तबाहेक पर्शुराम कोइराला, धर्मराज रेग्मी, आकृति रायमाझी, करुणबहादुर मल्लिक, सुदिज्ञ पन्त, सोमदेवी पौडेल, पुष्पराज पौडेल र ज्ञानेश्वर पराजुली रहेका छन्। यो प्रकरणमा अभियोजन गरिएका रायमाझी सबैभन्दा ‘हाई प्रोफाइल’ व्यक्ति हुन्।
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
१३ मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।

शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।


विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।



चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस