यस्तो छ राजधानी प्रदूषणमुक्त कार्ययोजना
३१ चैत्र २०७३
•
१० मिनेट पाठ
यस्तो छ राजधानी प्रदूषणमुक्त कार्ययोजना
काठमाडौं- सरकारले राजधानी सहर काठमाडौं उपत्यकामा व्याप्त वायु प्रदूषण न्यूनीकरण गर्न बृहत कार्ययोजना प्रस्ताव गरेको छ। स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको एकीकृत कार्ययोजनालाई सरोकारवाला विभिन्न मन्त्रालयसँग सहकार्य गरी तत्काल कार्यान्वयनमा लैजाने समझदारी मंगलबारको मन्त्रिपरिषद् बैठकमा भएको छ। बैठकमा प्रस्तावमाथि लामै छलफल भएको थियो।




स्वास्थ्यमन्त्री गगन थापाले उपत्यकामा वायु प्रदूषणको समस्या विकराल बन्दै गएको र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेकाले न्यूनीकरणका लागि कार्ययोजना प्रस्ताव गरेको बताए। नेपालको संविधानको धारा ३५ ले समेत स्वच्छ वातावरणको हक सुनिश्चित गरिसकेको अवस्थामा वायु प्रदूषणबाट जनस्वास्थ्यमा परेको असर घटाउन यो कार्ययोजना लागू गर्नुपर्ने थापाले बताए।

'सुरक्षित वायुमा सास फेर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न, जनताको स्वास्थ्य रक्षा गर्न आवश्यक कदम चाल्नु आवश्यक छ र यो सरकारको दायित्व पनि हो,' उनले भने।

उनले कार्ययोजनामा वायु प्रदूषण न्यूनीकरणसँग सरोकार राख्ने निकायको जिम्मेवारी र दायित्व निर्धारण गरेर सोअनुसार कार्यान्वयनमा जानुपर्ने प्रस्ताव गरिएको बताए। 'मन्त्रिपरिषद्मा यो प्रस्ताव तत्काल कार्यान्वयन लैजाने समझजारी भएको छ,' मन्त्री थापाले नागरिकसँग भने।

स्वास्थ्य मन्त्रालयले पेस गरेको राजधानीलाई सफा, स्वच्छ र प्रदूषणमुक्त बनाउने कार्ययोजनामा वायु प्रदूषण कारकमध्ये भौतिक निर्माणसँग जोडिएका विषयलाई नियमन र अनुगमनमा प्राथमिकता दिइएको छ। कार्ययोजनामा सार्क शिखर सम्मेलनको समयमा नेपालले अनुपम क्षमता प्रदर्शन गरिसकेको भन्दै नियमित विकासमा समेत त्यही मोडालिटी अपनाउने उल्लेख छ। प्रस्तावमा वायु प्रदूषण कम गर्ने उपाय खोज्ने र समयमा निर्माणका काम नसक्ने ठेकेदारप्रति कठोर हुने उल्लेख छ।

वायु प्रदूषण रोक्न कुनै एक मन्त्रालय वा विभागले मात्र जिम्मा लिएर वा जिम्मा बोकाएर सम्भव नहुने प्रस्तावमा उल्लेख छ।  प्रस्तावअनुसार वायु प्रदूषण कम गर्न मन्त्रालय र विभागसहित २३ निकायको सहकार्य हुनुपर्नेछ। मन्त्रिपरिषद्ले कार्ययोजना कार्यान्वयनका लागि तत्काल सरोकारवालाको बैठक डाकेर अघि बढ्ने निर्णय गरेको छ।

कार्ययोजना प्रस्तावमा मेलम्ची खानेपानीको पाइप बिछ्याउन जथाभाबी सडक खन्दा पनि समस्या भएको भन्दै जुनसुकै प्रयोजनका लागि सडक भत्काएपछि तत्काल ग्राबेल वा पिच गर्न लगाउने उल्लेख छ। 'विकास निर्माणस्थल प्लाष्टिकको टनेलले घेर्नुपर्ने, काम भइरहेको स्थानमा अनिवार्य दिनको दुईपटक पानी छर्किने व्यवस्था गर्ने,' कार्ययोजनामा छ।

सरकारले सडक विस्तार क्षेत्रमा विद्युत्, टेलिफोनको पोल सार्ने र खानेपानी तथा ढललगायत संरचनाको काम समयमा नहुँदा समस्या आएको भन्दै अब एउटै निकाय र एउटै स्टिमेटबाट काम गर्ने व्यवस्था मिलाउने भएको छ।

वायु प्रदूषण अर्को ठूलो कारक यातायातका साधनको इमिसन परीक्षणलाई प्रभावकारी बनाउने र धुलो तान्ने मेसिन (ब्रुमर) प्रयोगमा ल्याउनेसमेत कार्ययोजनामा छ। हाल सवारी साधनको स्टिकर वितरण प्रणालीसमेत प्रभावकारी हुन नसकेको भन्दै तत्काल ५ देखि १० वटा परीक्षण उपकरण ट्राफिक प्रहरीलाई उपलब्ध गराउने र  १० देखि १५ वटा धुलो तान्ने मेसिन खरिद गरेर कम्तीमा दिनको एकपटक सडकको धुलो तान्ने कार्ययोजनामा उल्लेख छ। सवारी साधनबा हुने प्रदूषण मापन मेसिन ठाउँठाउँमा राख्ने योजना पनि सरकारले बनाएको छ।

त्यसैगरी कार्ययोजना प्रस्तावमा फोहोर जलाउँदा पनि ठूलो मात्रामा प्रदूषण भइरहेको भन्दै जलाएमा दण्डित हुने व्यवस्था गरिने उल्लेख छ।

कार्ययोजनामा प्रदूषणबाट बच्न गुणस्तरीय मास्क प्रयोग बढाउन अनुदान दिने, सातामा एक दिन शुक्रबार अत्यावश्यकबाहेक अन्य सवारी साधन चलाउन रोकेर प्रदूषण न्यूनीकरणका लागि साझा अभियान चलाउन प्रस्ताव गरिएको छ।

त्यसैगरी कार्ययोजनामा दीर्घकालीन रुपमा यातायातको संख्या घटाउने र पैदलयात्रीलाई प्रोत्साहन कार्यक्रम र संरचनामा निर्माणमा ध्यान दिने, व्यापारिक प्रतिष्ठानलाई अनिवार्य वृक्षरोपण गर्न लागाउने उल्लेख छ। काठमाडांैमा विद्युतीय सवारीमात्रै चलाउन पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्तारै  विस्थापित गर्ने उल्लेख छ।

त्यसैगरी दीर्घकालीन योजना बनाएर ठूला सार्वजनिक सवारी प्रवर्द्धन, औद्योगिक क्षेत्र निर्माण, विकास निर्माणको उचित व्यवस्थापन, पार्क तथा हरियाली निर्माण, इँटाभटा तथा अन्य उद्योगलाई व्यवस्थित गर्ने सोच सरकारले बनाएको छ। कार्ययोजनामा प्रत्येक योजनाको विस्तृत व्याख्यासमेत छ। प्रस्तावमा वायु प्रदूषण उपत्यकासँगै लुम्बिनी, चितवन जस्ता सहरमा पनि विकराल बन्दै गएको उल्लेख छ।

काठमाडौं उपत्यकाको हावामा पिएम २.५ माइक्रोनभन्दा मसिना कणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी भएको अध्ययनले देखाएको छ। वायु प्रदूषणका कारण राजधानीमा टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वास प्रणालीसम्बन्धी रोग थपिँदै गएपछि प्रदूषणमुक्त सहर बनाउने कार्ययोजना मन्त्रालयले प्रस्ताव गरेको हो। मन्त्रालयका अनुसार वायु प्रदूषणले मुटु रोग, मष्तिस्कघात, फोक्सोको क्यान्सर, दम  र प्रजनन प्रणालीमा समेत गम्भीर असर पारिरहेको छ।

पछिल्लो अध्ययनअनुसार करिब ३८ प्रतिशत वायु प्रदूषण गाडीको धुवाँले, २५ प्रतिशत सडकको धुलोले, १९ प्रतिशत फोहोर र कृषिजन्य अवशेष बाल्नाले र ११ प्रतिशत इँटा भट्टाका कारणले हुन्छ। प्रस्तावमा काठमाडौंलगायत सहरको प्रदूषण मानव सिर्जित भएको र यो अदुरदर्शीता, अस्पष्ट नीति, कमजोर कार्यक्षमता तथा व्यवस्थापकीय कमजोरीका परिणति भएको भन्दै सच्याउन तत्परता लिनुपर्ने उल्लेख छ।

कार्ययोजना प्रस्तावमाथि मन्त्रिपरिषद्मा छलफल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यान्वयन तहमा जान थप अध्ययन गर्न एक साताको समय दिएका छन्। दाहालले वातावरण र निर्माणसँग सम्बन्धित सरोकारवाला निकायले हाल गरिरहेका काम अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न मुख्य सचिव सोमलाल सुवेदीलाई निर्देशन दिएका छन्। मुख्य सचिवले प्रतिवेदन दिएपछि प्रस्तावित एकीकृत कार्ययोजना अघि बढाइने छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस