बजेटबारे गोकर्ण बिष्टको टिप्पणीः जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन
२८ जेष्ठ २०८०
•
१ मिनेट पाठ
बजेटबारे गोकर्ण बिष्टको टिप्पणीः जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन
नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरुको जिल्लामा केन्द्रित भएको आरोप लगाएका छन्।




उनले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने जस्तै रहेको टिप्पणी गरेका हुन्।

आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले संसद्मा प्रस्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताएका हुन्। उनले बजेट औपचारिकतामा मात्रै सीमित भएको टिप्पणी समेत गरे।

आम नागरिकको लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भएको उनको भनाइ थियो। सचिव बिष्टले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको उल्लेख गरे। बजेटले विद्यमान आर्थिक संकट मन्दी र वर्तमान चुनौतिलाई सम्बोधन गर्न नसक्ने भन्दै अर्थतन्त्रले गति लिन नसक्ने उनको दाबी थियो।

उनले अर्थमन्त्री डा.प्रकाश शरण महतको जिल्ला नुवाकोट, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग हुनु राम्रो नभएको जिकिर गरे।

उनले विधि मापदण्ड, विवेक र न्यायका आधारमा बजेटको सही रुपमा विनियोजन हुन नसकेको बताए। सचिव बिष्टले न्याय स्थापित गर्ने गरी बजेट ल्याउन नसक्दा अर्थमन्त्री, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहुँच भएका जिल्ला मात्रै बजेट जाने उल्लेख गरे।

सरकारले ल्याएको असमानताको बजेटबाट बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र विकासको आस गर्ने भन्दै उनले प्रश्न गरेका छन्। सचिव विष्टले बजेटलाई सरकारले परिमार्जन गर्नुपर्ने बताए।

उनले वर्तमान सरकार न्यून आय भएका गरिब जनताप्रति संवेदनशील नभएको आरोप लगाएका छन्।
अर्को समाचार
गण्डकीमा प्यानलगत उम्मेदवारी छैनः सचिव बिष्ट
१८ असोज २०८०
•
१ मिनेट पाठ
गण्डकीमा प्यानलगत उम्मेदवारी छैनः सचिव बिष्ट
नेकपा एमालेका सचिव गोकर्ण बिष्टले पार्टीको प्रदेशगत प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताएका छन्।




उनले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै संगठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरुले मात्रै उम्मेदवारी दिएको बताए। उनले व्यक्तिगत हिसावले आफ्ना उम्मेदवारीहरु प्रस्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने बताए।

उनले सहमतिको प्रयास आफूहरुले गरेपनि अब निर्वाचनमै जाने स्थिति देखिएको बताए। अहिले पार्टीभित्र वैचारिक मत भिन्नता नरहेको उनले बताए। उनले जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बीचमा प्रतिस्पर्धा हुनेकुरा स्वभाविक भएको उनको भनाइ छ।

उनले भने, ‘प्यानलगत उम्मेदवारी भएको छैन। मिडियाले मात्रै प्यानल बनाइदिएको हो। यहाँ त हरेकले व्यक्तिगत हिसावले आफ्ना उम्मेदवारीहरु प्रश्तावक र समर्थकसहित दिनुभएको छ। प्यानल देखिएको छैन। व्यक्तिगत उम्मेदवार दिनुभएको छ। हामीले विभिन्न रुपले सहमतिको प्रयास गरेका छौँ। अहिले हाम्रो पार्टीभित्र वैचारिक मत भिन्नता देखिँदैन। पार्टीका अध्यक्ष नै सबैको एउटा एकल ध्रुव हुनुहुन्छ। कुनैपनि प्रकारको समूह बनाउने, कित्ताकाट गर्ने स्थिति देखिँदैन। जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बीचमा प्रतिष्पर्धा हुने र आकंक्षीहरु पनि माथि जोडिन खोज्ने र जोड्न खोज्ने प्रवृत्तिहरु देखिन्छन्। आकंक्षी धेरै हुँदा निर्वाचनमा जानुपर्छ। अझै पनि सहमतिको लागि प्रयत्नरत छौँ।’
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस