भर्खर मात्र ४२ किलोमिटर दुरीबाट श्रमदानमार्फत कोकाहाको पानी ल्याउन सफल भएका मेयर साम्पाङविरुद्ध मुद्दा दायर भएको पाइएको छ।
धरानमा खानेपानीको आपूर्ति र वितरण गर्ने धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयरसाम्पाङविरुद्ध बोर्डकै चार जना सदस्यहरुले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका हुन्।
मेयर साम्पाङ बोर्डका पदेन सदस्य मात्र भएको, आफू स्वघोषित अध्यक्ष बनेको र बैठक बसेर निर्णय नगरी एकलौटी काम गरिरहेको जिकिर गर्दै बोर्ड सदस्यहरुले बोर्डको कामकारबाही रोक्न माग अन्तरिम आदेशको माग गर्दै जेठ २५ गते मुद्दा दायर गरेका थिए।
खानेपानी बोर्डका सदस्य भनिएका वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), श्याम पोखरेल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ र विज्ञ भनिएका देवराज श्रेष्ठले मुद्दा दायर गरेका हुन्।
उक्त मुद्दामा जेठ २६ गते उच्च अदालतले जेठ ३२ गते दुवै पक्षलाई छलफलमा बोलाउँदै कार्यकारी समितिको बैठक विना कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उक्त आदेशपछि बिहीबार मेयर साम्पाङ आफै जवाफसहित उच्च अदालत विराटनगर पुगेका थिए। तर, निवेदक पक्षको वकिल र मुद्दा हेर्ने न्यायाधिशबीच नाता पर्ने भएपछि पेशी असार ११ गतेलाई सरेको छ।
विज्ञकोरुपमा बोर्ड सदस्य रहेको भनिएका देवराज श्रेष्ठको कार्यकाल समाप्त भइसकेको मेयर साम्पाङले बताए। यस्तै, वडा १७ का वडा अध्यक्ष भट्टराई जलस्रोत संरक्षण तथा प्रवर्द्धन संस्था धरान १७ को तर्फबाट बोर्ड सदस्य भएको भनिए पनि उक्त संस्था नगरमा दर्ता र सुचीकृत नभएको मेयर साम्पाङले बताए।
यस्तै, बोर्डका सदस्य दाबी गरेका सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष विजय श्रेष्ठले अहिलेसम्म संघको अध्यक्ष भएको औपचारिक जानकारी नदिएको र शपथग्रहण पनि नगरेको कारण उनलाई पनि बोर्ड सदस्यको रुपमा नचिन्ने मेयर साम्पाङले बताए।
खानेपानी बोर्डको ऐनमा उपमहानगरपालिकाको मेयर पनि पदेन सदस्य हुने व्यवस्था गरिएको छ। मुद्दा दायर गर्ने बोर्ड सदस्यहरुले मेयर साम्पाङ आफैले स्वघोषित अध्यक्ष भएको दाबी गरेका छन्। मेयर साम्पाङले भने जनप्रतिनिधिहरु आउनुअघि नै नगर प्रमुखसमेत रहेको बेला तत्कालीन कार्यकारी अधिकृतले नगर प्रमुख नै बोर्डको अध्यक्ष रहने निर्णय गरेको र सोही निर्णयको आधारमा २०७४ मा निर्वाचित मेयर तारा सुब्बा, उनको मृत्युपछि कार्यवाहक मेयर भएकी मञ्जु भण्डारी र उपनिर्वाचनपछि मेयर भएका तिलक राई पनि बोर्डको अध्यक्ष भएको खुलाए।
धरानमा खानेपानीको आपूर्ति र वितरण गर्ने धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयरसाम्पाङविरुद्ध बोर्डकै चार जना सदस्यहरुले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका हुन्।
मेयर साम्पाङ बोर्डका पदेन सदस्य मात्र भएको, आफू स्वघोषित अध्यक्ष बनेको र बैठक बसेर निर्णय नगरी एकलौटी काम गरिरहेको जिकिर गर्दै बोर्ड सदस्यहरुले बोर्डको कामकारबाही रोक्न माग अन्तरिम आदेशको माग गर्दै जेठ २५ गते मुद्दा दायर गरेका थिए।
खानेपानी बोर्डका सदस्य भनिएका वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), श्याम पोखरेल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ र विज्ञ भनिएका देवराज श्रेष्ठले मुद्दा दायर गरेका हुन्।
उक्त मुद्दामा जेठ २६ गते उच्च अदालतले जेठ ३२ गते दुवै पक्षलाई छलफलमा बोलाउँदै कार्यकारी समितिको बैठक विना कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उक्त आदेशपछि बिहीबार मेयर साम्पाङ आफै जवाफसहित उच्च अदालत विराटनगर पुगेका थिए। तर, निवेदक पक्षको वकिल र मुद्दा हेर्ने न्यायाधिशबीच नाता पर्ने भएपछि पेशी असार ११ गतेलाई सरेको छ।
मुद्दा हाल्नेहरू बोर्डको आधिकारिक सदस्य होइनन्ः साम्पाङ
अन्तरिम आदेशको लागि बिहीबार बोलाएको छलफल सरेपछि धरान फर्केका मेयर साम्पाङले आकस्मिक पत्रकार सम्मेलन गर्दै मुद्दा दायर गर्नेहरुविरुद्ध आक्रोश पोखेका थिए। त्यस क्रममा उनले मुद्दा दायर गर्ने चारै जना व्यक्ति बोर्डको आधिकारिक सदस्य नभएको बताए।विज्ञकोरुपमा बोर्ड सदस्य रहेको भनिएका देवराज श्रेष्ठको कार्यकाल समाप्त भइसकेको मेयर साम्पाङले बताए। यस्तै, वडा १७ का वडा अध्यक्ष भट्टराई जलस्रोत संरक्षण तथा प्रवर्द्धन संस्था धरान १७ को तर्फबाट बोर्ड सदस्य भएको भनिए पनि उक्त संस्था नगरमा दर्ता र सुचीकृत नभएको मेयर साम्पाङले बताए।
‘यस्तो फर्जी कागज देखाएर, त्यो संस्थाको प्रतिनिधि देखाएर बोर्डमा बस्नुभएको रहेछ,’मेयर साम्पाङले भने,‘अर्को राष्ट्रिय उपभोक्ता मञ्च सुनसरी भनेर श्याम पोखरेल आएको रहेछ, त्यो पनि दर्ता र सुचीकृत भएको छैन। उहाँ पनि आधिकारिक सदस्य होइन, पेस गर्नुभएको डकुमेन्ट नै गलत हो भने कसरी सदस्य हुन्छ ?’धरान उपमहानगरपालिकाले २०७६ मा संस्था दर्ता ऐन बनाएको छ। उक्त ऐन जारी हुनुभन्दा अघि अन्यत्र दर्ता भएका संघसंस्थाहरु पनि ६ महिनाभित्र दर्ता वा सुचीकृत हुनुपर्ने प्रावधान राखिएको छ। यी दुवै संस्था दर्ता वा सुचीकृत नभएको मेयर साम्पाङले बताए।
यस्तै, बोर्डका सदस्य दाबी गरेका सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष विजय श्रेष्ठले अहिलेसम्म संघको अध्यक्ष भएको औपचारिक जानकारी नदिएको र शपथग्रहण पनि नगरेको कारण उनलाई पनि बोर्ड सदस्यको रुपमा नचिन्ने मेयर साम्पाङले बताए।
‘पहिला गिरीधारी सापकोटा अध्यक्षको रुपमा बोर्ड सदस्य रहेछन्, अहिले संघमा को अध्यक्ष भयो भनेर औपचारिक पत्र वा जानकारी आएकै छैन, अनि शपथ पनि लिएको छैन, आफै बोर्ड सदस्य भनेर हुँदैन,’उनले भने,‘उहाँहरू गलत आधार पेस गरेर बोर्ड सदस्य हुँ भन्दै मुद्दा दायर गरेका रहेछन्।’मेयर साम्पाङले कानुनी रुपमा मात्र नभै, खानेपानीको अभाव हुँदा र अभियान चलिरहँदा एक दिन पनि चासो र चिन्ता नलिएको, श्रमदानमा पनि नआएकोले नैतिकरुपमा पनि बोर्ड सदस्य हुँ भन्ने आधार गुमाएको बताए। बोर्डमा ४ जना सदस्यहरू भनिएका व्यक्तिहरू सदस्य नै नभएको अहिले आफू र कार्यकारी निर्देशकबाट बोर्ड चलिरहेको मेयर साम्पाङले बताए।
खानेपानी बोर्डको ऐनमा उपमहानगरपालिकाको मेयर पनि पदेन सदस्य हुने व्यवस्था गरिएको छ। मुद्दा दायर गर्ने बोर्ड सदस्यहरुले मेयर साम्पाङ आफैले स्वघोषित अध्यक्ष भएको दाबी गरेका छन्। मेयर साम्पाङले भने जनप्रतिनिधिहरु आउनुअघि नै नगर प्रमुखसमेत रहेको बेला तत्कालीन कार्यकारी अधिकृतले नगर प्रमुख नै बोर्डको अध्यक्ष रहने निर्णय गरेको र सोही निर्णयको आधारमा २०७४ मा निर्वाचित मेयर तारा सुब्बा, उनको मृत्युपछि कार्यवाहक मेयर भएकी मञ्जु भण्डारी र उपनिर्वाचनपछि मेयर भएका तिलक राई पनि बोर्डको अध्यक्ष भएको खुलाए।
‘त्यही निर्णयले उहाँहरू बोर्ड अध्यक्ष हुनु भएको हो, र म पनि बोर्ड अध्यक्ष भएको हुँ,’ उनले भने।