नेपालगन्ज- चैत तेस्रो साताको अन्तिम दिन। बिहान करिब ११ बजे। बाक्लो दाह्री पालेका एक व्यक्ति नेपालगन्ज, गुरुद्वारस्थित वागेश्वरी मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीको घरमा पुगे। 'पर्र्सि मेरो नातिको अकिका (कपाल मुण्डन), हजुरलाई निम्तो छ है,' उनले भने, 'त्यो दिनको प्रमुख अतिथि नै हजुर हुनुहुन्छ।'
कानमा मोटो मुन्द्रा लगाएका योगी एकछिन टोलाए। र, खल्तीबाट मोबाइल झिक्दै आफ्नो कार्यतालिका हेर्न थाले। 'तपाईंले भनेको दिन, त्यही समयमा मेरो अन्यत्र कार्यक्रम रैछ,' उनले भने, 'उताको कार्यक्रम 'क्यान्सिल' गरेर भए पनि अवश्य आउँछु।'
निम्तो दिन पुगेका मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी जुंगा–दाह्रीले लुकेका दाँत देखाउँदै फिस्स हाँसे। र, दुवै अँगालोमा बाँधिए।
यी दुई व्यक्तिको आत्मीयता जति सहज देखिन्छ, त्यसले दिने सन्देश भने निकै महँगो छ। धार्मिक तथा साम्प्रदायिक विविधतायुक्त नेपालगन्ज सहरलाई पछिल्लो समय हिन्दु र मुस्लिम धर्मका यी दुई धर्मगुरुको आत्मीयताले सद्भाव–सहर बनाएको छ।
विगत
२०५४को कठ्याँग्रिदो हिउँदमा नेपालगन्ज सहर हिन्दु–मुस्लिमबीच भएको दंगाले बल्यो। ऐतिहासिक सहर क्षणभरमै कुरूप बन्यो। जयसपुरका फज्जल कबाडिया र हिरमिनियाका कमल मधेसीको मृत्यु भयो। भौतिक क्षतिको लेखाजोखा नै भएन। उक्त घटनाले नेपालगन्जलाई धार्मिक रूपमा विभाजित मात्र गरेन, धार्मिक सम्प्रदायलाई एक–आपसमा सशंकित र त्रसित बनायो। 'त्यसपछि हामी नजिकै बस्नु त टाढाको कुरा, कतै देख्यो कि बाटो काटिहाल्थ्यौं,' मौलाना मन्जरीले पुराना दिन सम्भि्कँदै भने, 'भरसक भेट हुन नपरोस् भनेर कामना गर्थ्यौं।'
महन्त योगी त झन् आजित थिए। हिन्दु कट्टरपन्थी मन्दिरमै आएर मुस्लिमविरुद्ध कडा कदम चाल्न दबाब दिन्थे। तैपनि उनी 'बाहिर जे गर्छौ गर, मन्दिरमा हिंसाको बीउ रोप्दैन' भनेर अड्डी कस्थे। 'आखिर म पनि त एक हिन्दु थिएँ,' उतिबेलाको अवस्था सम्भि्कँदै उनले भने, 'सहरमा हिन्दुमाथि भएको अत्याचारले मन चसक्क हुन्थ्यो।'
धर्मगुरुले भोगिरहेको धार्मिक असहिष्णुताको असहज अवस्था जनस्तरमा नपुग्ने कुरै थिएन। २०५४ को घटनापछि गाउँ–सहरमा हिंसाजन्य थुप्रै घटना भए। त्रास र शंकाको बादल मडारिइरह्यो। एकले अर्कोमाथि हेर्ने नजर मौलाना मञ्जरीको भन्दा फरक थिएन। बाँकेका पुराना राजनीतिज्ञ सनत रेग्मीको भनाइमा नेपालगन्ज 'कर्फ्युको सहर' बन्यो।
सद्भाव–यात्रा
२०६३ को हिउँदमा पनि नेपालगन्ज त्यसरी नै जल्यो, जसरी एक दशकअघि जलेको थियो। घटनाको बीउ नितान्त राजनीतिक थियो। तर, त्यसलाई साम्प्रदायिक (पहाडी–मधेसी) दंगाको रूपमा भड्काइयो। धार्मिक अतिवादीले त्यसैमा घ्यू थप्ने काम गरे। पुस ८ देखि १२ गतेसम्म चलेको हिंसामा मधेसी युवा कमल गिरीको ज्यान गयो। करोडौं रूपैयाँको भौतिक क्षति भयो।
यो घटनापछि नेपालगन्जले शान्ति र सद्भावको सुनौलो यात्रा तय गर्यो। र, यात्रामा प्रमुख सारथि बने– धर्मगुरुद्वय योगी र मञ्जरी। 'हामीले पनि अब शान्ति र सद्भावको लागि केही न केही त गर्नैपर्छ भनेर सोचिरहेका थियौं,' योगीले भने, 'नागरिक समाजले पनि धर्मगुरुले अगुवाई गर्नुपर्छ भनेपछि हामी अगाडि बढ्यौं।' साथी संस्थाकी तत्कालीन अध्यक्ष (हाल उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष) भवानीले राणाले सद्भाव–यात्रामा नेतृत्व गर्न वातावरण र प्रेरणा प्रदान गरेको उनले बताए।
शान्ति र सद्भावको लागि मूलमहन्त योगीको अध्यक्षतामा पाँच सदस्यीय 'अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्च' गठन भयो, जसको उपाध्यक्षमा मञ्जरी, सचिवमा इसाई धर्मगुरु बिन जामिन श्रेष्ठ, कोषाध्यक्षमा शिख धर्मगुरु राजु सरदार र सदस्यमा बौद्ध धर्मगुरु गुनबहादुर लामा रहे। 'लूज फोरम'को रूपमा रहेको मञ्चले एक दशकमा यति धेरै काम गर्यो कि जसले नेपालगन्जमा शान्ति र सद्भावको बलियो जग बसाल्यो। समाजमा कहिलेकाहिँ फाटफुट रूपमा देखिने धार्मिक द्वन्द्व धर्मगुरुकै कारण शान्तिमा अवतरण हुन थाले। धर्मगुरु समाजमा शान्ति कायम गर्ने मामलामा स्थानीय प्रशासनको बलियो खम्बा बने।
करिब तीन वर्षअघि नेपालगन्जदेखि दक्षिणमा अवस्थित हिरमिनियाको महन्तपुरुवामा रहेको शिव मन्दिर परिसरको जग्गालाई लिएर हिन्दु र मुस्लिम समुदायबीच चर्को विवाद भयो। विवाद जिल्ला प्रशासन कार्यालयमा पुग्यो। प्रशासनले समस्या समाधानका लागि कर्मचारीसहित प्रहरी पठायो। तर, विवाद यति बल्भियो कि– त्यहाँ उल्टै झडप भयो। ९ प्रहरी र १३ स्थानीय घाइते भए। गाउँको सानो द्वन्द्वको झिल्को धार्मिक दंगाका रूपमा सहर पस्ने सम्भावना बढ्दै गयो। अन्ततः प्रशासनले धर्मगुरुलाई गुहार्यो। 'हाम्रो काम त समाजमा कसरी शान्ति स्थापना गर्ने भन्ने नै हो,' दुवै धर्मगुरुले एक स्वरमा भने, 'त्यसमाथि प्रशासनले नै अनुरोध गरेपछि हामी दुईले गाउँमै पुगेर विवाद सधैंको लागि साम्य गर्यौं।'
गत पुसमा मटेहियामा हिन्दु–मुस्लिम समुदायका व्यक्तिबीच भएको झडपमा दुईको मृत्यु भयो। चियाको पैसा तिर्ने विषयमा भएको सामान्य विवाद सामूहिक झडप हुँदै धार्मिक आवरणमा नेपालगन्जमा पसिसकेको थियो। तर, दुई धर्मगुरुको बुद्धिमत्ताले समयमै सामसुम भयो। 'लास बोकेर आएका स्थानीय र घाइतेमा हिन्दुप्रति यति धेरै आक्रोश थियो, जसलाई शब्दमा वर्णन गर्न सकिँदैन,' मूलमहन्त योगीले भने, 'जब मौलाना मञ्जरीको साथमा अस्पताल पुगेर उनीहरूलाई सान्त्वना दिएँ, एकाएक आक्रोशको पारो तल झर्यो।' पीडितलाई उक्त घटना हिन्दुले हैन, शान्ति बिथोल्न चाहने बदमासले गरेको हो भनेर 'कन्भिन्स' गर्न सफल भएको उनले बताए।
योगी र मञ्जरीले पीडितको मनमा सद्भावमात्र भरेनन्, स्थानीय प्रशासनलाई शान्तिको सुत्र पनि सिकाए। उनीहरूकै आग्रहमा जिल्ला प्रशासन कार्यालयले सरकारसँग समन्वय गरी घाइतेलाई हेलिकोप्टरमा काठमाडौं पुर्यायो। काठमाडौंमा उपचारको क्रममा मृत्यु भएका एक व्यक्तिलाई हेलिकोप्टरबाटै नरैना पुर्याइयो। त्यतिमात्र होइन, पहिलोपटक धार्मिक दंगामा मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरूप १०/१० लाख रूपैयाँ दिइयो। 'हामीले घटना हुनेबित्तिकै नेपालगन्जमा विरोधको आगो बाल्ने र लाशलाई नगर परिक्रमा गराउने योजना रहेको खबर पाएका थियौं,' मौलाना मञ्जरीले भने, 'यदि त्यसो भइदिएको भए नेपालगन्ज फेरि जल्थ्यो, सद्भाव–यात्रामा 'ब्रेक' लाग्थ्यो।' स्थानीय प्रशासनले धर्मगुरुसँग समन्वय गरेर शान्तिको लागि छरितो कदम चाल्दा संकट टरेकोे उनले बताए।
हिन्दु धर्मालम्बीको दुर्गा पूजाको मूर्ति र मुस्लिम धर्मालम्बीको मोहरम ताजिया बिसर्जन सामान्यतयाः एकै दिन पर्ने गर्छ। यस्तोमा हुने भीडभाड र चर्को ध्वनि प्रदूषणको फाइदा उठाउँदै धार्मिक अतिवादीले झडप र तोडफोड भएको हल्ला फिजाउँछन्। हल्ला धर्मगुरुको कानमा पनि तुरुन्तै पुगिहाल्छ। 'यस्तो बेला हामीले यथासीघ्र घटनाबारे यथार्थ बुझेर शान्तिको लागि कदम चाल्छौं,' मूलमहन्त योगीले भने, 'बु‰दै जाँदा त कहिलेकाहिँ समाजमा अशान्ति मच्चाउन गलत हल्ला चलाइएको हुँदोरहेछ।'
एक वर्षअघि जामा मस्जिददेखि दुई सय मिटर टाढाको बीसकोरियनपुरमा अवस्थित हनुमान मन्दिरमा शोभारात पर्वको दिन केही हुलले क्षति पुर्याएको खबर भित्रभित्रै सनसनीपूर्ण रूपमा फैलियो। प्रतिकारस्वरूप मस्जिदमा आक्रमण गर्ने हल्ला पनि फिँजाइयो। यो सुन्नेबित्तिकै योगी घटना भएको भनिएको ठाउँ पुगे। 'त्यहाँ जाँदा त अवस्था सामान्य थियो, केही पनि भएको थिएन,' उनले भने, 'हामी चनाखो नहुने हो भने त यहाँ हल्लैहल्लाले हिंसा मच्चिन बेर हुन्न।'
त्यही भएर नै अहिले दुवै धर्मगुरुको पहलमा आपसी सहमतिमै धार्मिक कार्य हुने गर्छन्। दुर्गा पूजा र मोहरम बिसर्जन एकै समयमा पर्दा पालो मिलाएर गरिन्छ। 'यसले गर्दा आपसी सद्भाव बढ्नेमात्र होइन, धार्मिक श्रद्धाको भावना पनि बढ्छ,' मौलाना मन्जरीले भने, 'अनि यहिँबाट शान्ति उदाउँछ।'
नेपालगन्जको बीच भागमा अवस्थित बागेश्वरी मन्दिरदेखि करिब तीन सय मिटर दूरीमा मुस्लिम धर्मालम्बीको आस्थाको केन्द्र जामा मस्जिद छ। बाँकेभरि करिब दुई/दुई सयको संख्यामा मन्दिर र मस्जिद छन्। कतिपय ठाउँमा मन्दिरसँग मुस्लिम र मस्जिदसँग हिन्दु धर्मालम्बीका घरजग्गा जोडिएका छन्। साम्प्रादायिक रूपमा पनि यहाँको संरचना मिश्रित छ। पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा मधेसी, मुस्लिम, थारू र पहाडी क्रमशः ३४, २०, १९ र २७ प्रतिशत छन्। यी सबै समुदाय कुनै न कुनै धर्मसँग जोडिएका छन्। यही यथार्थलाई बुझेका धर्मगुरुले धर्ममार्फत शान्तिको सन्देश दिइरहेका छन्।
मुस्लिम समुदायका अगुवा लियाकत अली नेपालगन्जमा हुने धार्मिक तथा साम्प्रदायिक झडपको भित्री स्वार्थ राजनीति–प्रेरित हुने गरेको बताउँछन्। उनका अनुसार २०४९, २०५२, २०५४ र २०६३ मा भएका धार्मिक तथा साम्प्रदायिक दंगा बाहिरबाट हेर्दा धार्मिकजस्तो देखिए पनि भित्र भने राजनीतिक स्वार्थबाट प्रेरित छन्। यसले गर्दा पनि धर्मगुरु अग्रसर हुँदा सद्भाव कायम गर्न बल पुगेको उनको भनाइ छ। 'समाजमा शान्ति र सद्भाव स्थापनाका लागि नागरिक समाज सचेत हुनुपर्छ भने धर्मगुरु सक्रिय हुनुपर्छ,' उनले भने, 'पछिल्लो समय यही लय मिल्दा नेपालगन्ज सद्भावको सहर बनेको छ।' नागरिक समाजजस्तो धार्मिक अगुवाको सञ्जाल राजनीतिबाट प्रभावित नहुने भएकोले यसले दीगो शान्ति स्थापना गर्न टेवा पुर्याएको उनले बताए।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ नेपालगन्जको धार्मिक, साम्प्रदायिक र जातीय भावना जोड्नमा धर्मगुरुको महŒवपूर्ण भूमिका रहेको बताउँछन्। उनका अनुसार पछिल्लो समय स्थानीय प्रशासनले सामाजिक सद्भाव खलबलिने अवस्थामा धर्मगुरुको सहयोग लिने गरेको छ। 'शान्ति, सुरक्षाजस्तो व्यापक विषयमा उहाँहरूको भूमिका सक्रिय भइदिँदा हामीलाई निकै सहज भएको छ,' उनले भने, 'प्रशासनले पनि उच्च महŒवका साथ सहकार्य गरिरहेको छ।'
आस्थाका धरोहर
मूलमहन्त योगी र मौलाना मञ्जरीले नेपालगन्जमा सद्भावको रथ हाँक्न सक्नुमा उनीहरूप्रतिको जनताको विश्वास (आस्था) प्रमुख कारण हो। योगी ३६ वर्षदेखि वागेश्वरी मन्दिरका मठाधीशका रूपमा कार्यरत छन्। लामो समय मठाधीश हुँदा उनमा धार्मिक शिक्षाको स्तर उचोमात्र छैन, उनीप्रति हिन्दु धर्मालम्बीको विश्वास पनि गहिरोसँग गडेको छ। उनकै कुशल नेतृत्वमा वागेश्वरी मन्दिरको महिमा उचो भएको छ।
मौलाना मञ्जरीको नेपालगन्ज आगमन त अझ रोचक छ। २०३० को दशकमा भारतीय मौलानाका कारण मुस्लिमबीच विवाद बढेपछि तत्कालीन भेरी अञ्चलाधीश ऋतुवर्ण तुम्बाहाम्फेले जनकपुरका मञ्जरीलाई नेपालगन्ज बोलाएका थिए। उतिबेला नेपालगन्जका सबै मस्जिदमा भारतीय मौलानामात्र थिए। धार्मिक कर्मको काम पनि भारतीय समयअनुसार नै चल्थ्यो। 'म यहाँ आएपछि सबैभन्दा पहिले नेपाली समयअनुसार टाइमटेबुल बनाएँ, अनि आफैले पनि नेपाली टोपी लगाएर राष्ट्रियताको पहिचान दिएँ,' उनले भने, 'त्यसपछि त नेपालगन्जको मुस्लिम समुदायमा ठूलै भइँचालो गयो।'
अहिले नेपालगन्जका सबै मस्जिद र मदरसामा नेपाली मौलाना छन्। भारतको मन्जरी इस्लाम विश्वविद्यालयबाट फाजिल (एमए) गरेका उनी नेपालगन्जस्थित मदरसा हारुल उलु बर्काटियाका संस्थापन अध्यक्ष हुन्। उनी त्यहाँ हप्ताको एकपटक शान्ति तथा सद्भाव बढाउन मद्दत पुग्ने विषयमा प्रवचन दिन जान्छन्।
सद्भाव कायम गर्न पुर्याएको योगदानकै कारण यी धर्मगुरुले पाउँदै आएको सम्मानको सीमा धार्मिक सम्प्रदाय भन्दा बाहिर पनि विस्तार भएको छ। सरकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाजले उनीहरूलाई उच्च सम्मानका साथ हेर्छन्। जिल्लामा मात्र होइन, क्षेत्रीय सुरक्षा हेर्ने प्रहरी प्रमुखले धर्मगुरुसँग भेटेर 'भलाकुसारी' गर्ने चलन नै बसेको छ। मञ्जरीलाई त मानवअधिकारवादी संस्था इन्सेकले २०७३ सालको 'प्रकाश मानवअधिकार पुरस्कार' प्रदान गर्यो। ५० हजार रूपैयाँ राशीको उक्त पुरस्कार धार्मिक तथा सामुदायिक सद्भाव र शान्तिका लागि प्रदान गरिएको इन्सेकको भनाइ छ।

२०६३ को नेपालगन्जमा भड्किएको धार्मिक हिंसापछि शान्ति र सद्भाव कायम गर्न वागेश्वरी मन्दिरका मूलमहन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले सारथिको भूमिका निर्वाह गरेका छन्।