पोखरा विमानस्थललाई किन ‘बिआरआई’सँग जोड्दैछ चीन ?
०७ असार २०८०
•
५ मिनेट पाठ
पोखरा विमानस्थललाई किन ‘बिआरआई’सँग जोड्दैछ चीन ?
नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ।  




चीनको एक्जिम बैंकले सस्तो ब्याजदरमा ऋण दिन तयार भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सन् २०१४ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्झौता गरेको थियो। चीनको बिआरआई परियोजना  

सन् २०१७ मा सुरु भए पनि पुरानो परियोजनालाई चीनले बिआरआईसँग जोड्न लागेको भन्दै आलोचना भएको छ।

नेपालले बिआरआई परियोजनामा हस्ताक्षर गर्नुपूर्व नै पोखरा विमानस्थल निर्माण अघि बढेको क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले बताए। ‘नेपालले बिआरआईमा हस्ताक्षर नगर्दै चीनको एक्जिम बैंकको सफ्ट लोनमा विमानस्थल निर्माण थालिएको थियो,’ गौतमले भने, ‘ऋण लिएर विमानस्थल निर्माण अघि बढेपछि मात्र बिआरआई परियोजनामा सम्झौता भएको हो।’चिनियाँ अधिकारीले बिआरआई परियोजनासँग जोडेकोमा उनले आश्चर्य व्यक्त गरे। ‘पोखरा विमानस्थलसँग बिआरआईको कुनै साइनो छैन,’उनले भने, ‘बिआरआईसँग जोड्दा अन्य मुलुकले यसप्रति हेर्ने दृष्टिकोण फरक हुन सक्छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजना गरिऐको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले विमानस्थल बिआरआई परियोजनाअन्तर्गत निर्माण भएको बताए। बुधबार चीनको छेन्दुुबाट पोखरा आएको पहिलो सिचुुआन एयरलाइन्सको चार्टर उडान अवतरण भएपछि आयोजित कार्यक्रममा राजदूत सोङले यस्तो बताएका हुन्। चीनको करिब २२ अर्ब रूपैयाँ ऋण लगानीमा निर्माण गरिएको विमानस्थललाई चीनले बिआरआई परियोजनामा जोड्नु राजनीतिक स्वार्थ भएको परराष्ट्र विज्ञ बताउँछन्।  

नेपालले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना पास गरेपछि बिच्किएको चीनले नेपालमा आफ्नो बलियो राजनीतिक उपस्थिति देखाउन विमानस्थल परियोजनालाई एकपक्षीय ढंगले बिआरआईसँग जोड्ने प्रयास गरिरहेको छ।

नेपालले बिआरआईमा हस्ताक्षर नगर्दै चीनको एक्जिम बैंकको सफ्ट लोनमा विमानस्थल निर्माण थालिएको हो। ऋण लिएर विमानस्थल निर्माण अघि बढेपछि मात्र बिआरआई परियोजनामा सम्झौता भएको हो।— सञ्जीव गौतम,पूर्वमहानिर्देशक, क्यान
चीनले नेपालमा आफ्नो प्रभाव देखाउन पोखरा विमानस्थललाई बिआरआईसँग जोड्न खोजेको पराराष्ट्र विज्ञ विजयकान्त कर्णले बताए। नेपालसँग बिआरआई आउनुभन्दा पहिल्यै पोखरा विमानस्थल बनाउने सम्झौता भएको कर्णले बताए। ‘पोखरा विमानस्थलसँग बिआरआईको कुनै सम्बन्ध छैन,’ पूर्वराजदूतसमेत रहेका कर्णले भने। ‘नेपालले एमसिसी परियोजना सम्झौता गरेपछि चीन बिच्किएको थियो,’कर्णले भने, ‘भारत र अमेरिकालाई देखाउन पनि यो परियोजनालाई बिआरआईलाई जोड्न खोजेको देखिन्छ।’चीनले घुमाउरो ढंगले नेपाल आफ्नो प्रभाव क्षेत्र हो भन्ने देखाउन खोजेको उनले बताए। नेपालले यो विषयमा बोल्नुपर्ने बेला आएको कर्णको धारणा छ। ‘सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ,’ उनले भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ३८ सय ९९ रोपनी क्षेत्रफलमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ। प्राधिकरणले विमानस्थल बनाउन झन्डै २२ अर्ब रूपैयाँ चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकबाट ऋण लिएको थियो। जसमध्ये २५ प्रतिशत रकममा ब्याज नलाग्ने सम्झौता छ। बाँकी ७५ प्रतिशत रकम करिब साढे २१ अर्बमा भने २ प्रतिशत ब्याज तिर्नुपर्छ।

पोखरा विमानस्थलको आगामी भदौबाट नेपालले चिनियाँ बैंकलाई ऋणको ब्याज तिर्न सुरु गर्नुपर्छ। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नभएकाले आम्दानीका आधारमा ऋणको ब्याज तिर्न कठिन हुने देखिएको छ। पोखरा विमानस्थलले ऋणको पासोमा पर्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। क्यानका अधिकारी भने ऋण तिर्न कठिन नहुने दाबी गर्छन्। विमानस्थल निर्माण सुरुका वर्ष लिएको ऋणका आधारमा नै तिर्ने भएकाले सुरुमा धेरै तिर्नुनपर्ने बताउँछन्। अहिले ऋणको साँवा, ब्याज तिर्न कठिन नहुने क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए। ‘सुरुका वर्ष थोरै पैसा खर्च भएकाले साँवाब्याज पनि कम तिरे हुन्छ,’निरौलाले भने, ‘भदौबाट साँवाब्याज तिर्न सुरु हुन्छ।’विमानस्थलको आम्दानीले तत्काल ऋण तिर्न नसके पछि नाफा, घाटाका रूपमा हेर्न नहुने निरौलाले बताए। ‘विमानस्थल दीर्घकालीन महत्वको परियोजना हो,’ उनले भने, ‘विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन थाले पछि आम्दानी पनि बढ्दै जान्छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग बिआरआईको कुनै किसिमको साइनो छैन। चीनले नेपालमा आफ्नो प्रभाव देखाउन पोखरा विमानस्थललाई बिआरआईसँग जोड्ने प्रयास गरेको देखिन्छ। — विजयकान्त कर्ण पूर्वराजदूत
पोखरा विमानस्थलले वार्षिक ६०-६५ करोड रूपैयाँ आम्दानी गर्ने अनुमान गरिएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए। ‘अपरेसन खर्च वार्षिक २०-२२ करोड हुने अनुमान छ,’ गौतमले भने। चीनबाट ऋण लिएर निर्माण गरिएको यस विमानस्थलको आम्दानीले तत्काल साँवा र ब्याज घटाउँदै जान सक्ने सम्भावना पनि कम भएकाले पूर्वमहानिर्देशक गौतमले बताए। विमानस्थल दीर्घकालीन परियोजना भएकाले तत्काल नाफा, घाटाका रूपमा हेर्न नहुने उनको तर्क छ।  

जनवरी १ देखि आन्तरिकतर्फ ठुला आकारका जहाज उडान र अवतरण अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको छ। विमानस्थल आम्दानीको करिब ७५ प्रतिशत हिस्सा यात्रुसेवा शुल्क हो। बाँकी आम्दानी हवाई कम्पनीले ल्यान्डिङ, टेकअफ, सञ्चार, पार्किङ गरेबापत तिर्ने रकम हो। प्राधिकरणका अनुसार पोखरा विमानस्थल आफंैले सबै खर्च धान्न दैनिक कम्तीमा १०० आन्तरिक उडान र हप्तामा कम्तीमा ५० वटा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने विज्ञ बताउँछन्। अहिलेसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। बुधबार चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भरेको छ। पोखरा पर्यटकीय गन्तव्य भएकाले आन्तरिक र विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस