कोशी प्रदेशका मुख्यमनत्री हिक्मतकुमार कार्कीले विपक्षी दलहरूसँग विश्वासको मत मागेका छन्। प्रदेशमा राजनीतिक स्थायीत्वका लागि ५ वर्ष नै सहकार्य गर्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले एमाले संसदीय दलको तर्फबाट विश्वासको मत मागेका हुन्।
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आज १ बजेलाई बोलाइएको छ । विश्वासको मत लिनु अघि मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादीलगायत दलका संसदीय दलका नेताहरूलाई पत्राचार गरेर विश्वासको मत मागेका हुन् ।
कार्कीको पत्रमा प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरू पूरा गर्नका निम्ति पटक–पटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने उल्लेख छ । मुख्यमन्त्री कार्कीले ५ वर्षसम्म कसरी र कुन विधिबाट सरकार चलाउने भन्ने विषयमा थप छलफल गर्न आफू तयार रहेको पत्रमा प्रतिबद्धता जनाएका छन् । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत माग्दै आएको पत्रबारे विपक्षी गठबन्धन दलहरूको बैठक बसेर निर्णय गर्ने जानकारी दिए ।
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।
शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।
बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...