नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरीमा आफ्नो नाम राखेको बारे आफूलाई थाहा नभएको स्पष्ट पारेका छन्।
धान दिवस मनाउन बिहीबार चितवन आएका ओलीले अनावश्यक रुपमा जलहरिसँग आफूलाई मुछेको धारणा राखे। सरकारी खर्चमा बनेका संरचनाहरूमा उद्घाटन/शिलान्यास गर्नेहरुको नाम राखिनु नौलो कुरा नभएको उनको टिप्पणी थियो
‘शिलान्यास, उद्घाटन गरेको ठाउँमा उद्घाटन गर्नेको नाम लेखेको हुन्छ कि हुँदैन ? सरकारी सम्पत्तिमा बनाएका भवन आदि–इत्यादि कसका नाममा छन्?’ यस अघिका दृष्टान्त दिँदै ओलीले भने ‘त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो ? वीरेन्द्र अस्पताल वीरेन्द्रको निजी खर्चबाट बनाएको हो ? त्यो पनि मलाई थाहा हुने कुरा भएन। मैले थाहा पाउने कुरा हो त्यो ? क-कसको नाम थियो।’
पशुपतिको जलहरीको विषयमा केही व्यक्तिहरू हल्लाका पछाडि लागेको उनले बताए। ‘एक जना मान्छेले भनेको सुनियो। सुन होइन पित्तल चढाएको हो, भ्रष्टाचार गरेको हो भनेर। एक दुई दिन त त्यसले पनि मार्केट पायो। ओहो, क्या गज्जब भेटियो भनेर सञ्चारमाध्यमलाई पनि राम्रै मौका मिलेको थियो,’ आक्रोशमा देखिएका ओलीले भने ‘पछि त्यो सुनै रहेछ भन्ने थाहा भयो। त्यसपछि ११ किलो सुन कहाँ गयो ? भनेर कुरा उठ्यो। त्यो पनि तौलिएपछि थाहा भयो होला। यो मेरो विषय हो र मलाई सोध्नुभएको ?’
सरकारले पशुपतिमा जलहरी राख्न पैसा दिए पनि सबै काम पशुपति विकास कोषले गरेको उनले बताए। सबै कुरा सरकार प्रमुखसँग सम्बन्धित नहुने उनको बुझाई छ।