कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभा छाडेर हिंडेपछि आधा घण्टाका लागि स्थगित भएको प्रदेशसभा बैठक बिहीबार राती ८ बजे बस्ने भएको छ।
प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी ८ बजे सम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेको जनाएको हो।
बिहीबारको बैठकमा हिक्मतकुमार कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेपछि प्रस्तावमाथि छलफल भएको थियो। छलफल सकिएपछि मुख्यमन्त्रीले जवाफ दिने र मत विभाजन गर्नुपर्नेमा मुख्यमन्त्री र मन्त्रीहरू नै प्रदेशसभा बैठक छाडेर हिंडेपछि बैठक अनिश्चित बनेको थियो।
बिहीबार बसेको प्रदेशसभा वैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए। प्रस्ताव पेश गर्दै कार्कीले प्रदेशमा अर्को सरकार बन्ने संभवना नरहेका कारण यहि सरकारलाई समर्थन गरेर सर्वदलिय सरकार गठन गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आग्रह गरे। कार्कीे भने,‘प्रदेशलाई अस्थिरतातर्फ लैजाने र सरकार परिवर्तन गरिरहनु भन्दा यहि सर्वदलिय सरकार गठन गरेरराजनीतिक स्थायीत्व प्रदान गरौं।’
मुख्यमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी छलफलमा भाग लिंदै कोशी प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता उद्वव थापाले एक सय दिनका उपलब्धी सार्वजनिक कार्यक्रममा मुख्य मन्त्रीले सर्वदलिय सहमतिको सरकार गठनका लागि प्रस्ताव राखेको भए पनि त्यसपछिको व्यवहार त्यस्तो नगरेको गुनासो गरे। उनले सरकारले सर्वदलिय सहमतिको सरकारका लागि अन्य दलका संसदीय दलका नेताहरूसँग छलफलसमेत नगरेको गुनासो गरे। उनले भने,‘ मुख्यमन्त्रीज्यूले एक सय दिनको उपलब्धी सार्वजनिक गर्दा सर्वदलिय सहमतिको सरकारको प्रस्ताव गर्नुभयो। तर, त्यसपछिको व्यवहार त्यस्तो देखिएन।’ थापले मुख्यमन्त्रीले एक पटक अन्य दलका संसदीय दलका नेताहरूलाई बोलाएर छलफलसमेत नगरेको गुनासो गरे। थापाले अब, सर्वदलिय सहमतिको सरकारको अवस्था अन्त्य भइसकेका कारण नयाँ सरकार गठनका लागि राजीनामा दिएर बाटो खुला गर्न आग्रह गरे।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रहादुर आङवोले सरकारले ढंग नपु¥याउँदा सरकार आफै समस्यामा परेको बताए। उनले अरु दलले नभई आफ्नै कारणले कोशी प्रदेश सरकार धरापमा परेको स्पष्ट पारे। उनले माओवादी केन्द्रमाथि निरन्तर प्रहार गरेपछि सरकार छाड्न बाध्य भएका कारण यहि सरकारलाई समर्थन गर्न नसक्ने स्पष्ट पारे।
नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले सरकार चलाउने ढंग नपुग्दा प्रदेशसरकार धरापमा परेको बताए। पेल्न छाड्ने पहिलेका गल्तीहरू सच्याउने हो भने एमालेको सरकारलाई समर्थन मात्रै नभई पार्टी नै एकिकरण गर्ने राईले स्पष्ट पारे। तर, अहिलेकै अवस्थामा सरकारलाई समर्थन गर्न नसकिने राईले बताए। ‘पेल्न छाड्ने र विगतका कमजोरी सच्याउने हो भने एमालेको सरकारलाई समर्थन मात्रै हैन पार्टी नै एकिकरण गर्न तयार छौं।’
राप्रपा संसदीय दलको तर्फबाट बोल्दै प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले सरकार परिवर्तनको खिचतानी छाडेर सहमतिको सरकार गठनका लागि प्रतिपक्ष दलहरूलाई आग्रह गरे। उले राप्रपाले मुख्यमनत्री कार्कीलाई विश्वासको मत दिने बताए।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू मध्ये राप्रपाले मात्रै सरकारलाई समर्थन गर्ने जनाएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले सरकारलाई समर्थन नगर्ने जनाएका छन्। जसपाले भने तथस्ट बस्ने निर्णय गरेको छ। जसपा संसदीयदलका तर्फबाट आजको प्रदेशसभामा बोल्ने समय सभमुखले दिएपनि जसपा संसदीय दलका नेता निर्मला लिम्बु छलफलमा भाग लिइनन्। कोशी प्रदेशसभामा सत्तारुढ गठबन्धनमा नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन्।
यता प्रतिपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा बहुमत पु¥याउन थप १ जना सांसद आवश्यक पर्छ। तर, कुनै पनि प्रतिपक्षी दलहरूले समर्थन नगरेको अवस्थामा मुख्यमन्त्री कार्कीलाई सत्ता जोगाउन मुस्किल देखिएको छ।
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।
शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।
चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।
सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।
यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।
प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।
भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।
औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।
चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।
देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।
शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...