रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुखलाई पाँच दलले ज्ञापन पत्र बुझाएका छन्।
लगातार दुई कार्यकाल नेपाली काँग्रेसको नगर प्रमुख पाएको चन्द्रपुर नगरपालिकामा विभिन्न माग राख्दै पाँच दलले आइतबार संयुक्त रुपमा नगर प्रमुख संजय काफ्लेलाई ज्ञापन पत्र बुझाएका हुन्।
'२०७२ काे संविधानले व्यवस्था गरेको तीन तह मध्यको एक स्थानीय र जनतासँग सिधै जोडिने सरकारको रुपमा रहेको स्थानीय तह हो।' पत्रमा भनिएको छ, 'चन्द्रपुर नगरपालिकामा दोस्रो निर्वाचन सम्पन्न भएको १ वर्ष पूरा भई ३ वटा नगर सभा सम्पन्न भइसकेको छ तर नगर सभाले पारित गरेको नीति कार्यक्रम तथा बजेटको कार्यान्वयन हुन सकेकाे छैन्। नगरको विकास, सुशासन, समृद्धि, सामाजिक न्याय, स्वास्थ्य, शिक्षा, आर्थिक विकास लगायत कुनै पनि क्षेत्रमा जनताले अनुभूति गर्ने गरी प्रगति हुन सकेन।' ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
नगरलाई स्वस्थ, समृद्ध बनाउने र नगरवासीलाई सुखी र खुसी बनाउने नारा लिएर निर्वाचित भएका नगर प्रमुख लगायत जनप्रतिधिहरुबाट जनअपेक्षा अनुरूप काम हुनुपर्नेमा बेथितिहरू बढ्दै गएको, सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेकाे, लापरबाही, विकास निर्माणका योजना छनौट तथा कार्यान्वयनमा अपारदर्शिता, अनियमितता, योजना वितरणमा अनियमितता लगायतका बेथितिमा चन्द्रपुर रुमलिएको ज्ञापन पत्रमा बताइएको छ।
नगर सभाबाट पारित गरिने नीति कार्यक्रम तथा बजेट निर्माणको क्रममा नगरमा रहेका राजनीतिक दलहरू एवं सरोकारवालाहरू कसैलाई पनि सहभागी नगराई मनोमानी ढंगले आ.ब. २०७९/०८० को आम्दानी खर्च तथा योजना कार्यान्वयनको सन्दर्भमा सार्वजनिक सुनुवाइसमेत नगरिएको अवस्थामा नगरवासी जनतालाई गुमराहमा राखी योजनाको भुक्तानी तथा खरिद अपारदर्शी तरिकाले गरिएको विषयमा नगरमा प्रतिनिधित्व गर्ने तथा क्रियाशील राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण भएको पनि ज्ञापन पत्रमा भनिएकाे छ।
उल्लेखित विषयमा प्रष्ट विवरण ७ दिनभित्रमा उपलब्ध गराउन माग गरिएको ज्ञापन पत्रमा नै रहेको छ। यसै गरी आव २०७९/०८० को नीति कार्यक्रम र बजेट तथा सो को संशोधनसहितको विवरण उपलब्ध गराउन, आव २०७८/०७९ को दायित्व सरिआएको योजना तथा कार्यक्रमको विवरण उपलब्ध गराउन, चालू आव २०७९/८० को आन्तरिक श्रोत राजश्व बाँडफाड संघ र वित्तीय सामान्यीकरण, विशेष अनुदान, सशर्त अनुदान तथा समपूरक अनुदानबाट हालसम्म के कति आम्दानी भयो ? र स्वीकृत बजेट मध्ये हालसम्म चालू तथा पुँजीगत खर्च कति भयो सो को विवरण उपलब्ध गराउन पनि माग गरिएको छ।
यसै गरी नगरपालिकाको स्वीकृत दरबन्दी अनुसारको कर्मचारीहरुको विवरण र नगरपालिका अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य, कृषि र पशु शाखा तथा मातहतमा रहेका सम्पूर्ण कर्मचारीको विवरण उपलब्ध गराउन र आव २०८०/०८१ को नगर सभामा प्रस्तुत नीति कार्यक्रम तथा बजेटको विवरण उपलब्ध गराउन पनि माग गरिएको छ।
ज्ञापन पत्रमा नेपाली काँग्रेसका नगर सभापति मुकेश गिरी, नेकपा एमालेका नगर अध्यक्ष शिव आचार्य, रास्वपाका नगर सचिवालय सदस्य उदय नारायण सापकोटा, नेकपा एसका नगर संयोजक वीर बहादुर रखाल, जनता समाजवादी पार्टी नेपालका कल्याण राउतले हस्ताक्षर गरेका छन्।