कोशी प्रदेश: राजनीतिको केन्द्रमा राप्रपा
१९ असार २०८०
•
४ मिनेट पाठ
कोशी प्रदेश: राजनीतिको केन्द्रमा राप्रपा
कोशी प्रदेशमा राप्रपा राजनीतिको केन्द्रमा उभिएको छ। राप्रपाको निर्णयले नै कोशी प्रदेशको राजनीति अघि बढ्ने देखिएको छ।




९३ सदस्यीय कोशी प्रदेशसभामा राप्रपाका ६ जना मात्रै सदस्य छन्। राप्रपा ४० सदस्य रहेको प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमालेसँग हालसम्म सत्तापक्षमा छ। विपक्षी गठबन्धनमा २९ सदस्यसहित प्रदेशको दोस्रो ठुलो दल नेपाली कांग्रेस १३ सदस्य रहेको नेकपा माओवादी केन्द्र, ४ सदस्य रहेको नेकपा एकीकृत समाजवादी र १ सदस्य रहेको जसपा आबद्ध छन्। 

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत लिँदा पनि एमालेको सारथि बनेर राप्रपाले कार्कीलाई विश्वासको मत दिएको थियो।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले असार १५ गते प्रदेशसभामा भएको मत विभाजनबाट विश्वासको मत नपाएपछि उनको सरकार हाल कामचलाउ बनेको छ।

विपक्षी गठबन्धनले नयाँ सरकार बनाउने तयारी थालिसकेको अवस्थामा पनि राप्रपाले अझै एमालेको साथ छाडेको छैन। यता कोशी प्रदेशमा विपक्षी गठबन्धनले नेपाली कांग्रेसको नेतृत्वको सरकार गठन गर्ने निर्णय नै गरिसकेको छ।

आइतबार काठमाण्डौंमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूले कोशी प्रदेशको दोस्रो ठुलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको छ।

केन्द्रमा शीर्ष नेताहरूले गरेको निर्णयलाई कार्यान्वयनका लागि कोशी प्रदेशका गठबन्धन दल एकजुट भएका छन्। नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने निश्चय भएसँगै नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलहरूसँग औपचारिक र अनौपचारिक छलफल सुरु गरेका छन्।

गठबन्धनमा आबद्ध दलहरूमा नयाँ सरकार बनाउने विषयमा केन्द्रीय नेतृत्व तहबाटै निर्णय भइसके पनि कोशी प्रदेशमा सुविधाजनक बहुमतका लागि राप्रपाको खाँचो देखिएको छ। नयाँ सरकार गठनका लागि राप्रपाको समर्थन चाहियो भन्दैमा सरक्कै राप्रपा आउने अवस्था पनि देखिएको छैन।

कोशीमा एमालेसँग टाँसिएको राप्रपालाई छुटाएर गठबन्धनले बनाउने नयाँ सरकारमा ल्याउनु चुनौतीपूर्ण नै देखिएको छ। सभामुखलाई छाडेर हिसाब गर्ने हो भने कोशी प्रदेशसभाको अंक गणित यति वेला सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फ बराबर देखिएको छ। एमालेले सभामुखलाई गनेर संख्या पुर्‍याइए मान्य नहुने बताउँदै आएको छ। यता विपक्षी गठबन्धनले भने सभामुखको पद कुनै दलको संसद्कै नाताले पाइने भएका कारण सभामुखलाई प्रदेशसभाको सदस्यमा गणना गर्न नहुने एमालेको तर्कले कुनै अर्थ नराख्ने बताउँदै आएको छ।

यता कोशी प्रदेशका आगामी मुख्यमन्त्रीका रुपमा रहेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने सरकार गठनका लागि प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।

प्रदेशसभाको बहुमतसहित थापा बुधबार मुख्यमन्त्रीको दाबी गर्दै प्रदेश प्रमुखकोमा जाने तयारीमा जुटेका छन्। कोशी प्रदेशसभामा विपक्षी गठबन्धनसँग सभामुखसहित ४७ जना सदस्य छन्।

कोशी प्रदेशसभामा बहुमत सदस्य गठबन्धनमा रहेका कारण प्रदेश प्रमुखले मुख्यमन्त्रीमा थापालाई नियुक्त गर्ने देखिएको छ। मुख्यमन्त्री नियुक्त भएसँगै थापाले सरकार गठन गर्ने देखिएको छ। तर, बहुमतका आधारमा सरकार गठन गरेको एक महिनामा मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेशसभाबाट विश्वासको मत लिने समयमा भने सभामुखले सभाको अध्यक्षता गर्ने र कानुन अनुसार दुवै पक्षमा बराबर मत भएको अवस्थामामात्रै सभामुखले मतदान गर्न पाउने व्यवस्था भएका कारण एमालेले प्रदेशसभामा बराबर मत नबनाउन आफ्ना केही सदस्यहरूलाई प्रदेशसभा बाहिरै राख्ने देखिएको छ। यही अभ्यास केही दिन पहिले मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा विश्वासको मत लिँदा पनि देखिएको थियो। दुवै तर्फ बराबर सदस्य हुने अवस्था देखिएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मत विभाजन हुनुअघि प्रदेशसभाबाट दुई जना सांसदलाई प्रदेशसभा हल बाहिर पठाएको थियो। जसका कारण विश्वासको मतको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४४ मत मात्रै परेको थियो।

राप्रपालाई नयाँ सरकारमा ल्याउने विषयमा केन्द्रीय नेतृत्व तहमै छलफल भइरहेको नेताहरूले बताएका छन्। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले सरकार गठनको तयारी भइरहेको बताएका छन्। उनले बुधबार नै राप्रपाका सांसदको समेत समर्थनसहित नयाँ सरकारका लागि कांग्रेसले दाबी गर्ने बताए।

उनले भने ‘राप्रपासहित कोशी प्रदेश सरकारको दाबी गर्दैछौं।’ यता  राप्रपाका कोशी प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले कोशी प्रदेशमा कसरी अघि बढ्ने भन्ने निर्णय केन्द्रीय नेतृत्वले नै गर्ने जानकारी दिए।

‘केन्द्रीय नेतृत्व तहमै कुराकानी भइरहेको छ’ विष्टले भने ‘कोशी प्रदेशमा नयाँ सरकारलाई समर्थन गर्ने/नगर्ने कसरी अघि बढ्ने भन्ने निर्णय भोलि बेलुका सम्ममा आउने छ।’ राप्रपा प्रदेशमा स्थिरताको पक्षमा रहेको विष्टले स्पष्ट पारे।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस