कांग्रेस बैठक एक वर्षपछि बस्दै
२१ असार २०८०
•
३ मिनेट पाठ
कांग्रेस बैठक एक वर्षपछि बस्दै
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोका कारण पार्टी संगठन निष्क्रियप्रायः बन्दै आएका बेला एक वर्षपछि पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासहितसँगको छलफलपछि असार २७ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन्। विगतमा जस्तै केन्द्रीय समितिको बैठक स्थगित नभए कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असार २७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको हो।




महाधिवेशन भएको डेढ वर्षमा विधानअनुसारको कुनै पनि गतिविधि गर्न कांग्रेस असफल बन्दै आएको छ। पार्टी विधानले प्रत्येक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था गरे पनि कांग्रेस केन्द्रीय समितिको बैठक गत साउन २ गतेपछि बस्न सकेको छैन।

पार्टी सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासहितसँगको छलफलपछि असार २७ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन्।
महामन्त्री गगनकुमार थापासहित संस्थापन इतरका नेताहरूले केन्द्रीय समिति नबोलाएको भन्दै सभापति देउवाको आलोचना गरिरहेका बेला नेता कोइरालासमेतको सहमतिमा बैठक बोलाइएको हो।

निकट नेताहरूसँग बुधबार बिहान छलफल गरेपछि नेता कोइराला देउवालाई भेट्न उनको निवास पुगेका थिए। दुई नेताबीच पार्टीका सबै निकायलाई पूर्णता दिँदै संगठनलाई चलायमान बनाउन केन्द्रीय समितिको बैठक बोलाउने समझदारी बनेको दाबी गरिएको छ।

महामन्त्री गगनकुमार थापासहित संस्थापन इतरका नेताहरूले केन्द्रीय समिति नबोलाएको भन्दै सभापति देउवाको आलोचना गरिरहेका बेला नेता कोइरालासमेतको सहमतिमा बैठक बोलाइएको हो।
पार्टी संगठनलाई चलायमान बनाउन सबै निकायलाई पूर्णता दिने विषयमा पनि दुई नेताहरूबीच छलफल भएको निकट स्रोतको भनाइ छ। विधानअनुसार गठन गर्नुपर्ने निकायलाई तत्काल पूर्णता दिने तयारी कांग्रेसले गरेको छ। यद्यपि कांग्रेस विधानले महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था गरेको छ। तर महाधिवेशन सम्पन्न भएको डेढ वर्ष बित्दा केन्द्रीय कोषाध्यक्षदेखि कुनै पनि निकायलाई पूर्णता दिन सकेको छैन।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रशिक्षण प्रतिष्ठान, अनुशासन समिति, प्रचारसहितका केहीबाहेकका विभाग गठन गर्ने र नेता तथा कार्यकर्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्य नेताहरूको प्राथमिकतामा परेको छैन। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्न असार २७ देखि साउन २ सम्म केन्द्रीय समितिको बैठक बसेको थियो।

पार्टी संगठनलाई चलायमान बनाउन सबै निकायलाई पूर्णता दिने विषयमा पनि दुई नेताहरूबीच छलफल भएको निकट स्रोतको भनाइ छ। विधानअनुसार गठन गर्नुपर्ने निकायलाई तत्काल पूर्णता दिने तयारी कांग्रेसले गरेको छ।
यसबीचमा मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुनुका साथै राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनसहित सत्ता समीकरणसहितका महत्वपूर्ण राजनीतिक उतारचढाव आए पनि कांग्रेसले केन्द्रीय समितिको बैठकलाई टार्दै आएको थियो। गत माघ बोलाइएको केन्द्रीय समितिको बैठक तेस्रोपटक स्थगित भएसँगै अनिश्चित बन्न पुगेको थियो।

२०७८ फागुन पहिलो साता बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघसहित कार्यकाल सकिएका केन्द्रीय समिति भंग गरिएको थियो। तर अहिलेसम्म अधिकांश भ्रातृ संगठनको केन्द्रीय समितिले पूर्णता पाउन सकेका छैन।
अर्को समाचार
नेवि संघमा गुट विवाद तीव्र
१६ फागुन २०८०
•
१ मिनेट पाठ
नेवि संघमा गुट विवाद तीव्र
सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) पार्टीभित्रको गुट विवादको झमेलामा फसेको छ। एक दशकदेखि नियमित महाधिवेशन गर्न नसक्दा तदर्थवादमा चल्दै आएको संघमा केन्द्रीय समितिको बैठकका विषयमा समेत विवाद भएको हो।




पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापननिकट संघका अध्यक्ष दुजाङ शेर्पाले मनोमानी ढंगले संगठन चलाएको भन्दै इतर पक्षका विद्यार्थी नेताहरूले मंगलबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन्। इतर समूहअन्तरर्गत डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा पक्षका विद्यार्थी अलग्गै भेला र पत्रकार सम्मेलन गरेका छन्।

संस्थापन इतरका विद्यार्थी (शेखर र गगन) पनि दुई समुहमा विभाजित भएको निकटको दाबी छ। अध्यक्ष शेर्पाले पार्टी कार्यसम्पादन समितिको निर्णय उल्लंघन गरेर जिल्ला अध्यक्ष मनोनीत गरेको आरोप इतर पक्षको छ। पार्टीको जिल्ला नेतृत्वसँग पनि कुनै परामर्श नगरी नेतृत्व तोक्ने काम गरेको आरोप लगाउँदै आएका छन्।

तर देउवा निकट संघका नेताहरू भने कमलादीमा भेला भएर बैठकको उद्घाटन गरेका छन्। बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा सहभागी हुने भनिएको थियो। उनी सहभागी भएनन् तर, बैठकमा कांग्रेसका अन्य केन्द्रीय सदस्यहरू सहभागी भएका थिए।

संगठन विस्तारसहितका कामका लागि भन्दै बोलाइएको संघको केन्द्रीय समितिको बैठक बुधबारदेखि कीर्तिपुरमा बस्ने जनाइएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस