दाहालका तीन विकल्प
०९ जेष्ठ २०७४
•
७ मिनेट पाठ
दाहालका तीन विकल्प
संसदलाई सम्बोधन गर्न नयाँ वानेश्वर पुगेका दाहाल गाडीबाट ओर्लिंदै। तस्विरः दिपेश श्रेष्ठ
काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार बिहानैदेखि राजीनामाको मुडमा थिए। त्यसैअनुसार सदनलाई सम्बोधन गरेर सत्ता त्याग गर्ने तयारी बालुवाटारमा बिहानैदेखि सुरु भएकाे थियाे। सदनमा सरकारका उपलब्धि व्याख्या गर्ने आफ्नो सरकार गठनका बेला एमाले अध्यक्ष ओलीले उठाएका प्रश्नको जवाफ फर्काउने गरी उनले भाषणको तयारी गरे। चीनको ओबर परियोजनामा हस्ताक्षर, लोडसेडिङ अन्त्य, फास्ट ट्र्याककाे निर्णयलाई सरकारको उपलब्धिको रुपमा व्याख्या गर्ने दाहालको तयारी रह्यो। त्यही योजनाअनुसार मंगलबार बिहान १० बजे मन्त्रिपरिषद बैठक र १ बजे संसद बैठक तोकियो।

२०७३ साउन १८ गते सदनमा प्रधानमन्त्री निर्वाचन भइरहँदा एमाले अध्यक्ष ओलीले दाहाल सरकार लम्पसारवादी भएको टिप्पणी गर्दै फास्ट ट्र्याक निर्माण, चीनसँगका सम्झौताको कार्यान्वयन एवं निर्वाचनबारे शंका जनाएका थिए। दाहालले ती सबै विषयमा एक-एक जवाफ संसदमै दिने तयारी गरे। पूर्व योजनाअनुसार नै बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा उनले आफ्ना मन्त्रीहरुसँग अन्तिम विदाई गरे। मन्त्रिपरिषदका सदस्यसँग सामूहिक तस्विर समेत खिचाए। मन्त्रीहरुसँग विदा भएका दाहाल संसदमा बोल्ने सम्बोधनको लिखत खल्तीमा हालेर नयाँ वानेश्वरतर्फ हुइँकिए।

यसको राजनीतिक अर्थ छ। दाहालकाे सत्ता निरन्तरताले देउवालाइ पूर्वसहमतिअनुसार प्रधानमन्त्री बन्न राेक्छ। त्यसाे हुनु भनेकाे सत्ता गठबन्धनको सहमति उल्लंघन पनि हाे। यो बीचमा एमालेले सत्ता समीकरण परिवर्तनका लागि खेल्न पाउँछ। एमालेले अहिले त्यही स्पेस निकाल्न चाहेकाे छ। 

प्रधानमन्त्री दाहाल ३:१५ बजे नयाँ वानेश्वर पुग्दा संसदको परिदृश्य अर्कै थियो। प्रमुख प्रतिपक्षी दल एमाले सदन चल्न नदिने मुडमा दृढ देखियो। संविधानको व्यवस्थाविपरित र निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारले स्थानीय तह थप गरेको भन्दै एमालेले विरोध गरिरहेको थियो। 'स्थानीय तहको संख्या बढाउने कार्य संविधानविपरित छ। निर्वाचन आचारसंहिता पनि विपरित छ', एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, 'यसको विरोधमा हामीले संसद अवरुद्ध गर्छौं।'

एमाले नेताहरु संसद भवन परिसरमा आक्रोसित देखिइरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली वानेश्वरकै इन्द्रेणी फुडल्यान्डमा सरकारी कदमको विपक्षमा सञ्चारकर्मीसँग साक्षात्कार गरिरहेका थिए। उनले त्यहाँ सरकारको निर्णयको कडा आलोचना गरे तर दाहालको हकमा केही बोलेनन्। काँग्रेस सभापति देउवाविरूद्ध टिप्पणी गर्न उनी पछि परेनन्।

संसदलाई सम्बोधन गर्न नयाँ वानेश्वर पुगेका प्रधानमन्त्री सदन सुचारु नभएपछि ३:४० बजेदेखि एमालेसँगको बैठकमा सहभागी भए। त्यतिबेलासम्म संसद बैठक दुई पटक स्थगित भइसकेको थियो। स्थगित बैठक पाँच बजेका लागि सारिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा सम्मिलित सो बैठकमा ढिलो गरी केपी शर्मा ओली पुगे। करिब ७ बजेसम्म रस्साकस्सी हुँदा पनि दुवै पक्षबीच सहमति हुन सकेन। एमालेले आफ्नो अडानमा टसको मस भएन। साँझ प्रधानमन्त्री दाहाल संसदलाई सम्बोधन नगरी त्यसै फर्किए।

एमालेको यो व्यवहारका कारण दाहालको सत्ता केही घन्टाका लागि लम्बिएको छ। एमाले चाहना दाहालको सत्ता लम्बियोस् भन्ने स्पष्ट छ। नयाँ वानेश्वरको अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले भने , '२२ दिनपछि प्रधानमन्त्री फेरिँदा के फरक पर्छ?' निश्चय नै अाेलीले सञ्चारकर्मीलाइ सुनाए जस्ताे याे 'अनकन्डिसनल' देखिँदैन। यसको राजनीतिक अर्थ छ। दाहालकाे सत्ता निरन्तरताले देउवालाइ पूर्वसहमतिअनुसार प्रधानमन्त्री बन्न राेक्छ। त्यसाे हुनु भनेकाे सत्ता गठबन्धनको सहमति उल्लंघन पनि हाे। यो बीचमा एमालेले सत्ता समीकरण परिवर्तनका लागि खेल्न पाउँछ। एमालेले अहिले त्यही स्पेस निकाल्न चाहेकाे हो। 

प्रधानमन्त्री दाहालले आफू राजनीतिक सहमति पूरा गर्न इमान्दार रहेको बताइरहँदा अब उनी समक्ष तीन विकल्प छन्। एमालेले सदन अवरुद्ध गरिरहे टिभीमार्फत् राष्ट्रका नाउँमा सम्बोधन गर्दै शीतल निवास गएर राजीनामा बुझाउने। दोस्रो, संसदमा सम्बोधन गर्न नपाएको भन्दै एमालेको आडमा आफ्नो सत्ता लम्ब्याइरहने। तेस्राे बुधबार बिहान ९ बजे बस्ने तीन दलीय बैठकमा एमालेसँग सहमति जुटाएर अाेलीले १० महिना अगाडि लगाएका अाक्षेपहरूकाे एक-एक जवाफ दिएर विदा हुने।

दाहालले कुन विकल्प राेज्लान् त? यसकाे जवाफ कुर्न बुधबारसम्म पर्खनै पर्नेछ। 
अर्को समाचार
भागबन्डा झेल्न दाहालका चार विकल्प
नागरिक
२६ असार २०७०
•
६ मिनेट पाठ
भागबन्डा झेल्न दाहालका चार विकल्प
काठमाडौं - पद भागबन्डा मिलाउन नसकेपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय अध्यक्षबाहेक सबै पद खारेज गरेर विवाद मिलाउनेसहित चार विकल्प अघि सारेका छन्। पद विभाजन विवाद चुलिएकै बेला बाबुराम भट्टराईले उपाध्यक्ष पद त्यागेपछिको तनाव झेल्न दाहालले बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी, ब्युरो र राज्यसमिति संयोजकको संयुक्त बैठकमा नयाँ प्रस्ताव ल्याएका हुन्।उनले अध्यक्षबाहेक सबै पदाधिकारी, स्थायी, पोलिटब्युरो र केन्द्रीय समिति खारेज गर्ने, पदाधिकारीसहित जम्बो केन्द्रीय समितिको पछिल्लो प्रस्ताव परिमार्जन गरेर पारित गर्ने, निर्वाचित पदाधिकारी र केन्द्रीय समिति यथावत राखेर महाधिवेशनमा जाने वा विशेष महाधिवेशन डाकेर सबै विवाद मिलाउने प्रस्ताव ल्याएका हुन्।
अध्यक्षले विवाद मिलाउन चार विकल्प प्रस्ताव गरेको केन्द्रीय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। 'अध्यक्षज्यूबाट सांगठनिक समस्या हल गर्न चार विकल्प प्रस्ताव भएको छ,' पौडेलले नागरिकसँग भने, 'हाललाई अध्यक्ष पदमात्रै यथावत राखी सांगठनिक महाधिवेशनमा जानुपर्ने बहुमत सदस्यले धारणा राखेको अवस्थामा यो पनि विकल्प आएको छ।' 
पौडेलका अनुसार संविधानसभाको दोस्रो निर्वाचनलगत्तै पार्टी महाधिवेशनमा जाने निर्णय आउन सक्छ। दाहालको प्रस्ताव स्वीकार्य भए गत माघमा भएको पार्टी महाधिवेशनबाट चयन भएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीको पद स्वतः खारेज हुनेछ भने स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति तीनै तहका कमिटी प्रणाली रहनेछैनन्।
बुधबारको बैठकमा पौडेल, नवराज सुवेदी, चन्द्रप्रकाश खनाल, अग्नि सापकोटालगायत नेता यही प्रस्तावको पक्षमा खुलेका छन् भने एमाले परित्याग गरेर आएका रामचन्द्र झा र उर्मिला अर्यालले भने सांगठनिक संरचना तत्काल निर्माण गर्नुपर्ने अडान लिएका छन्।
सुवेदीलगायत स्वनाम साथी, भीम गौतम, लीला थापा, ईश्वरी भट्टराई, किसन शर्मा, घनश्याम शर्मा पौडेल र सबिना अर्यालले यसअघि नै अध्यक्ष पद यथावत राखी अरू विघटन गर्न लिखित माग राखेका थिए।
'अध्यक्ष पदमात्रै रहने र अरू सबैले पद त्याग गर्ने प्रस्ताव गरेका हौं,' सुवेदीले नागरिकसँग भने। 
दाहालको दोस्रो विकल्प भने यसअघि अस्वीकृत प्रस्तावलाई परिमार्जन गर्ने छ। कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेललाई सचिव तथा हिसिला यमीलाई कोषाध्यक्षसहित 'जम्बो' केन्द्रीय समिति बनाउने प्रस्ताव नै परिमार्जन गरेर जाने उनको प्रस्ताव छ।
'पछिल्लो प्रस्ताव जति परिमार्जन गरे पनि पास हुन सक्ने अवस्था देखिन्न,' अर्का एक सदस्यले नागरिकसँग भने, 'त्यही प्रस्तावले पार्टीभित्र ठूलो रडाको मच्याएर केन्द्रीय समिति स्थगित गरी विस्तारित बैठक बोलाउनुपरेको छ, फेरि त्यसमा छलफल गर्नु जरुरी छैन।' 
ती सदस्यका अनुसार सांगाठनिक महाधिवेशनमा मतदान प्रक्रियाबाट नेता चयन नभएसम्म माओवादीभित्रको विवाद हल हुन सक्दैन। यो प्रस्तावमा बोल्ने ३१ मध्ये २९ सदस्यले असहमति जनाएकै भोलिपल्ट भट्टराईले पदत्याग गरेका थिए। 
महाधिवेशनबाट चयन भएका पदाधिकारी र केन्द्रीय समिति यथावत राखी विशेष महाधिवेशनमा जानुपर्ने दाहालको तेस्रो विकल्प छ। तत्काललाई यथावत राखे पनि पदाधिकारीसहित स्थायी, पोलिटब्युरो र केन्द्रीय समितिबारे पुनः छलफल गर्न सकिने उनको प्रस्ताव छ।
चौथो प्रस्तावका रुपमा उनले विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका छन्। महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै सांगठनिक विवाद चर्केपछि माओवादीमा पुनः महाधिवेशन प्रस्ताव आएको हो। पार्टीभित्र पदलोलुपता र आकांक्षी बढी देखिएको भन्दै उपाध्यक्ष भट्टराईले पद त्याग गरेपछि थप संकटमा परेको माओवादीले विस्तारित बैठकअघि नै सहमति जुटाउने कोशिस गरेको हो। 
साउन ४ गते विस्तारित बैठकबाट हल गर्ने भन्दै केन्द्रीय समिति स्थगित गरिए पनि पुनः अध्यक्ष दाहालले विकल्प प्रस्ताव गरेका हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस