इटहरी उपमहानगरपालिकाले खोला र पैनीको क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना भत्काउन ३५ दिने अल्टिमेटम दिएको छ।
इटहरीको टेङ्ग्रा, खेती र सुकुमारी खोला एवम् पैनीको क्षेत्राधिकारभित्रको जग्गामा निर्माण गरेका भौतिक संरचना आफै खाली गर्नुपर्ने नत्र उपमहानगरपालिकाले भत्काउने आइतबार सूचना जारी गरेर अल्टिमेटम दिइएको हो।
नगरप्रमुख हेमकर्ण पौडेलद्वारा जारी सूचनामा खोला र पैनीको दुवै किनारबाट ६–६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै त्यस विपरीत निर्माण भएका संरचना भत्काउन सकुर्लर गरिएको छ।
सार्वजनिक जमिन संरक्षण पनि आफ्नो प्रमुख प्राथमिकता भएको भन्दै नगरप्रमुख पौडेलले तोकिएकै समय सीमा भित्र संरचना भत्काउन आग्रह गरेका छन्। खोला र पैनीको क्षेत्राधिकारभित्र पर्ने क्षेत्र क्लियर गर्दा इटहरीलाई डुबानबाट मुक्त समेत राख्ने सकिने भएकाले गर्दा पनि उपमहानगरपालिकाले ‘एक्सन’ लिन लागेको हो।
२०७४ सालमा स्थानीय निकायको निर्वाचनलगतै तत्कालीन नगरप्रमुख द्दारिकलाल चौधरी नेतृत्वले पनि इटहरीलाई डुबानबाट सुरक्षित राख्न खोलापैनी सफाई अभियान सुरु गरिएको थियो।
इटहरी वडा नं. ४, ५ र ६ भएर बग्ने खेती खोला अतिक्रमण गरेका भौतिक संरचना हटाउन सुरु भएको थियो।
घरधनीको प्रमाणित नक्सा, मालपोत नापीबाट ल्याएका स्रेस्ता र फिल्ड नक्सा भिडाएर खोलाको जग्गा छुट्याईएको थियो। त्यसरी नाप्दा खोलाको भागमा परेका घरमा भत्काउन रातो पोतेर चिन्ह पनि लगाइएको थियो। तर त्यति बेला खोला सफाईले पूर्णता पाउन सकेको थिएन। केही समय पछि नेताहरुको घर भवन पर्ने देखिएपछि त्यो काम त्यसै रोकिएको थियो।
इटहरीमा सार्वजनिक ऐलानी जग्गामा धेरै सकुम्बासीहरु बसोबास गरिरहेका छन्। इटहरीको वडा नंं. ५ को जनता बस्ती, इटहरी वडा नं. ३ बुढिखोलाको सुनौलो टोल, इटहरी वडा नं. ४ को गैरी गाउँ, इटहरी वडा नं. ९ र १० क्षेत्रमा बुढी खोला किनारको सुकुम्वासी बस्ती छन्। अन्य वडामा पनि थुप्रै ऐलानी जग्गामा अव्यवस्थित रुपमा सुकुम्वासी बसोबास गर्दै आएका छन्।
विशेष गरी बर्षायाममा पानी पर्न थालेपछि खोला किनारका बस्ती स्थानान्तरणको चर्चा हुने गर्छ। इटहरीका २० वटा वडामध्ये बर्खाको बेला बाढीबाट प्रभावित २, ३, ४, ५, ६, ९, १०, ११ र १२ नम्बर वडा छन्। यी वडामा बर्सेनि बर्खाको बेला पानी पर्नासाथ समस्या हुने गरेको छ।
२०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। २०६८ सालको कार्त्तिक पहिलो साता आएको बेमौसमी वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो। अरू थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको थियो। खोला तथा पैनीको क्षेत्राधिकार क्लियर गर्दा बर्खाको बेला बाढी बस्तीमा प्रवेश गर्ने क्रम रोकिने विश्वास गरिएको छ।