राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनाको 'रेक्टोफिट' गर्नु आबश्यक रहेको बताएका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गरी लामिछानेले अहिलेकै अवस्थाको प्रदेश संरचना काम नलाग्ने भएका कारण प्रदेश संरचनाको रेक्ट्रोफिट आबश्यक रहेको बताएका हुन्।
लामिछानले अहिलेकै अवस्थामा प्रदेशको संरचना राखिराखे धेरैसमय प्रदेश नटिक्ने स्पष्ट पारे । उनले भने‘अहिलेकै अवस्थामा प्रदेश संरचना रहिरहे धेरै समय टिक्दैन ।’ लामिछानेले प्रदेशको पुनःसंरचना आबश्यक रहेको विषयमा अन्य दलहरू पनि सहमत हुँदै गएको दाबी गरे । प्रदेशको पुनः संरचनाको विषय रास्वपाले उठाइ रहेको तर, कस्तो संरचना आबश्यक हुन्छ भन्ने विषय छलफलकै क्रममा रहेको लामिछानेले बताए । उनले भने‘हामीले यस्तो संरचना हुँदैन भन्दै गर्दा कस्तो हुनुपर्छ भन्ने बारेमा भने अहिले नै स्पष्ट भइसकेका छैनौं ।’ लामिछानेले प्रदेश संरचना कस्तो हुनुपर्छ भन्ने विषयमा पार्टीमा छलफल भइरहेका कारण चाँडै स्पष्ट धारणा ल्याउने बताए । उनले प्रदेशको पुनः संरचना नगरी रास्वपा प्रदेशको निर्वाचनमा सहभागि नहुने दोहो¥याए । हालको प्रदेश संरचना आफ्ना मानिसलाई जागिर दिने र कार्यकर्ता पोस्ने थलोका रुपमा परिणत भएको लामिछानेको भनाई छ ।