मधेसी मतदाताको चाहना : आन्दोलन हैन, चुनाव
०४ असार २०७४
•
६ मिनेट पाठ
मधेसी मतदाताको चाहना : आन्दोलन हैन, चुनाव
डुडुवा (बाँके)- मधेस मुद्दालाई लिएर सहरमा आन्दोलनबारे चर्चा भइरहँदा नेपालगन्जदेखि करिब १५ किलोमिटर दक्षिणपूर्वको डुडुवा गाउँपालिकामा भने चुनावी चासो तीव्र छ। मधेसी समुदायको बाहुल्यता रहेको डुडुवामा पुग्दा स्थानीय भन्दै थिए– हामीलाई आन्दोलन हैन, चुनाव चाहियो।




घरनजिकैको खेतमा भेटिएका ४५ वर्षीय पर्शुराम मौर्यले बारम्बार चुनाव सार्दा दिक्क लागेको बताए। 'अब त अति भइसक्यो,' उनले नागरिकसँग भने, 'यत्रो वर्षपछि बल्लबल्ल हुन लागेको चुनावलाई किन सार्नुपरेको होला?' चुनाव सर्दा जनताको हित नहुने उनले बताए।

अपांगता भएका २७ वर्षीय तुलसीराम मौर्य पनि निर्वाचनमा ढिलासुस्ती हुँदा पीडामाथि पीडा थपिएको बताउँछन्। चुनाव नहुँदा वडासचिवले अपांगता भत्ता नदिएको उनको गुनासो छ। 'सचिवले चुनाव सकेपछिमात्र भत्ता बाँड्छौं भन्नुभएको छ, तर चुनाव सरेको सर्‍यै छ,' उनले भने, 'कहिले चुनाव सकिएला र भत्ता पाइएला भन्ने आसमा बस्नुपरेको छ।'

मधेसी मतदाताले असारे चटारोलाई भन्दा पनि चुनावप्रति बढी चासो देखाएका छन्। चुनावको दिन काम छाडेर भए पनि भोट हाल्न जाने उनीहरूको योजना छ। 'आफ्नो गाउँको नेता आफै चुन्ने चुनाव २० वर्षपछि हुनलागेको छ,' पर्शुरामले भने, 'हामी त काम छोडेर भए पनि भोट हाल्न जाने हो।' यो वर्ष खेतीभन्दा चुनाव महŒवपूर्ण भएको उनले सुनाए।

राजपाको आन्दोलनका कारण पटक–पटक निर्वाचन स्थगित भएकाप्रति उनीहरू आक्रोशित छन्। आन्दोलन गरेर भाँजो हाल्नुभन्दा चुनावमा सहभागी भएर उपलब्धि रक्षा गर्नतिर लाग्नुपर्ने उनीहरूको भनाइ छ। 'मधेस र मधेसीकै नाममा आन्दोलन त हिजो पनि भए, आज पनि भइरहेका होलान्,' मुन्नाल बर्माले भने, 'अब फेरि पनि आन्दोलनमै लाग्ने कि विकासतिर, मधेसी नेताले बेलैमा सोच्नुपर्‍यो।'

डुडुवावासीमा चुनाव जसरी पनि हुनुपर्छ भन्ने मान्यता देखिनुको प्रमुख कारण स्थानीय तहमा काम गर्दा कर्मचारीबाट दिइने अनेकखाले झमेला र सास्ती हो। चुनावपछि आफ्नो नेता चुनिएर आउने र उसले कर्मचारीले जस्तो दुःख नदिने विश्वास मधेसी समुदायमा देखिन्छ। 'सानोतिनो काम लिएर गाविस (गाउँपालिका कार्यालय) मा जाँदा कर्मचारीले टेर्दैनन्, हाम्रा कुरा सुन्दैसुन्दैनन्,' तुलसीरामले भने, 'हामीले भोट हालेर चुनिएका मान्छे आए भने त त्यस्तो कहाँ गर्लान् र?' चुनावपछि विकासले गति लिने पनि उनले बताए।

गाउँमा केही यस्ता मतदाता भेटिए, जो संवादमार्फत समस्याको समाधान गरी निर्वाचनको मार्गप्रशस्त भएको देख्न चाहन्छन्। ३० वर्षीय कमलेशकुमार पाठक राजपाको आन्दोलनलाई पनि बेवास्ता गर्न नमिल्ने बताउँछन्। 'तोकिएको मितिमा चुनाव हुनुपर्छ भन्ने त हाम्रो पनि माग छ,' उनले भने, 'तर आन्दोलनरत पक्षलाई पनि मनाएर जाँदा शान्ति हुन्थ्यो कि भन्ने लाग्छ।'

राजपा कार्यकर्तासमेत रहेका उनी यही अवस्था भए गाउँमा करिब १० प्रतिशत मतदाता चुनावमा भोट नहाल्ने मनस्थितिमा रहेको बताउँछन्। लामो समयपछि हुनलागेको चुनावमा भरसक सबैले सहभागी हुन पाउने वातावरण मिलाइनुपर्ने उनले बताए।

व्यक्तिलाई भोट

चुनावप्रति अधिक मोह भए पनि मधेसी मतदातामा राजनीतिप्रति खासै चासो देखिँदैन। त्यसैले उनीहरू यसपटकको चुनावमा पार्टीभन्दा व्यक्तिलाई भोट दिने बताउँछन्। 'पार्टीले अहिलेसम्म हाम्रा लागि के पो गरेका छन् र?,' ५२ वर्षीय ननकौ अन्सारीले भने, 'उम्मेदवारमध्ये जसले विकास गर्छ, जसको आचरण राम्रो छ छानेर भोट दिने हो।'

स्थानीय निर्वाचन भएकाले पनि पार्टीभन्दा व्यक्तिलाई हेर्नुपर्ने जनमत बलियो देखिन्छ। सोही गाउँका पुत्तान कबरियाले भोट हाल्दा नातागोता, सम्बन्ध र उम्मेदवारको क्षमतालाई ख्याल गर्ने बताए। 'नेपालमा पार्टी त कति छन् कति, हामीले चिन्ने कुरा भएन,' उनले भने, 'उम्मेदवार भने चिन्छौं, जो असल छ, उसैको चिह्नमा छाप लगाउने हो।'

डुडुवा गाउँपालिकासँग जोडिएको नेपालगन्ज उपमहानगरपालिका–  १४ मा पर्ने बालेगाउँका मतदाता पनि राजनीतिक दलभन्दा व्यक्तिको अनुहार हेरेर भोट हाल्ने बताउँछन्। 'सबै दलले आदर्शको कुरामात्र गर्ने हुन्, विकास गर्ने त राम्रो क्षमता भएका नेता हुन्,' स्थानीय करिजन कबरियाले भने, 'त्यसैले हामीले पार्टीभन्दा सुख–दुःखमा साथ दिने र विकास गर्नसक्ने नेता खोजिरहेका छौं।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस