काठमाडौं- चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहको भर्नामा अधिकारप्राप्त निकायलाई अटेरीगरी कलेजले भर्ना गर्दा पनि विश्वविद्यालय मौन बसेको भन्दै चिकित्सा शिक्षासम्बन्धी कार्यदलका सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
सरकारद्धारा गठनगरीएको चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलका तत्कालिन संयोजक एवं त्रिवि पूर्व उपकूलपति केदारभक्त माथेमासहित बरिष्ठ चिकित्सकहरुले विज्ञाप्तिमार्फत आपत्ति जनाएका हुन्। विज्ञप्ति जारी गर्नेमा माथेमासहित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकूलपति डा.अर्जुन कार्की, धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापन निर्देशक डा.मदन उपाध्याय, आइओएमका पूर्व डिन डा.रमेशकान्त अधिकारी र त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक डा.भगवान कोइराला छन्।
चिकित्सा शिक्षा अध्ययान संस्थान (आइओएम अन्तर्गत)का मेडिकल कलेजलाई त्रिविले शुल्क नै नतोक्दै मनपरी शुल्क लिएर भर्न गरेको जानकारी आइओएमलाई गराएका थिए । भर्ना प्रक्रिया सुरु नहुँदै र भएपछि समेत आइओएमले शुल्क निर्धारण गरेपनि मेरिटका आधारमा गरेको भर्नालाई मात्रै बैधानिकता दिने जनाएपनि कलेजहरुले १ करोडसम्म असुलेर भर्ना गरेको स्वीकारेका थिए।
केही समयअघि कानूनै संसोधन गरेर शुल्क तोक्ने अधिकार आफूमा राखेको त्रिविले समेत लामो समयसम्म शुल्क नतोकिदिई कलेजहरुलाई मनपरी गर्न सघाएको थियो।
प्रेस विज्ञप्ति जस्ताको तस्तै
चिकित्सा शिक्षामा विद्यार्थी भर्नामा अनियमितता बारे ध्यानाकर्षण
मेडिकल शिक्षामा सुधारका लागि उच्चस्तरीय कार्यदलमा बसेर काम गर्दा हामीले नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवा दुबैको गहिरो अध्ययन गरेर ती क्षेत्र सुधारका लागि प्रस्ट मार्गचित्र प्रतिवेदन दिएका थियौं । त्यो प्रतिवेदनको महत्वपूर्ण अंश भनेको चिकित्सा शिक्षा ऐनअन्तर्गत आयोगको गठन हो । अहिले सो ऐन बन्ने क्रममा रहेकाले संसदबाट त्यो छिटै पारित होला भन्ने हाम्रो विश्वास छ ।
तर ऐन नबन्दै पनि सुधारका लागि तत्काल गर्नुपर्ने अनेक कामहरु हामीले सिफारिश गरेका थियौं । तीमध्ये सबैभन्दा महत्वपूर्ण कुरा भनेको विद्यार्थी भर्नामा कायम मनोमानीको अन्त्य गर्नु हो । जबसम्म नियामअनुसार तोकिएको शुल्कमा भर्ना गर्ने काम हुँदैन तबसम्म कुनै पनि संकायमा योग्य विद्यार्थी प्रवेश गरेर पढ्ने सम्भावना हुँदैन ।
यसै सन्दर्भमा यस वर्ष त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले स्नातकोत्तर तहमा योग्यताक्रमको आधारमा भर्ना लिने प्रयासलाई असफल बनाउन खोजिएको भन्ने समाचारहरुले हामीलाई निकै दुःखी तुल्याएको छ । कति निजी मेडिकल कलेजले त मनोमानी रुपमा विद्यार्थी भर्ना लिएर त्यसको सुची आइओएममा पठाउने धृष्टता समेत गरेका रहेछन्, जबकि आइओएमले ओपन हाउस काउन्सेलिङ गरेर योग्यताक्रमका आधारमा मात्र भर्ना गर्ने भनेर बारम्बार सूचना निकालेको कुरा सर्बबिदितै छ । त्यसको अतिरिक्त सम्मानित सर्वोच्च अदालतले समेत मेरिटका आधारमा तोकिएको शुल्कमा मात्र भर्ना गर्न अन्तरिम आदेश दिइसकेको छ । नियमनकारी निकायलाई अटेरी गर्ने र न्यायालयको फैसलाको समेत अपहेलना हुने यस्तो अराजकता कुनै पनि हालतमा स्वीकार्य हुन सकदैन ।
त्रिविजस्तो देशकै प्रमुख विश्वविद्यालयका पदाधिकारीहरुले महिनौंसम्म यस्तो अराजक प्रवृतिको गम्भीर विषयमा स्पष्ट र उपयुक्त निर्णय गर्दै अबिलम्ब कार्यान्वयन नगुर्न गैरजीम्मेवारपुर्ण कार्य मात्र नभइ दुःखद कुरा पनि हो ।
यस्तो अराजकता रोक्नका लागि चिकित्सा शिक्षा ऐनलाई संसदबाट शिघ्रातिशीघ्र पारित गरेर चिकित्सा शिक्षा आयोग गठन गर्न अत्यावश्यक छ । ऐन पारित नहुँदासम्म मेडिकल शिक्षाका सबै तहमा सबै खालका भर्ना लिँदा अधिकारप्राप्त सम्बन्धित निकायले तोकिएको शुल्कमा विशुद्ध मेरिटका आधारमा भर्ना लिने व्यवस्था गर्न हामी सम्बन्धित सबै पक्षहरुलाई आग्रह गर्दछौ । साथै नेपाल सरकारले नियामक निकायको अनुमतिविना जथाभावी विद्यार्थी भर्ना लिने जस्तो अराजक कार्यलाई तत्काल अन्त गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दर्छौं ।
केदारभक्त माथेमा
प्रा.डा.अर्जुन कार्की
प्रा.डा.मदन उपाध्याय
प्रा.डा.रमेशकान्त अधिकारी
प्रा.डा.भगवान कोइराला