अर्थमन्त्री डा. प्रकाशशरण महतले सुराकीलाई पुरस्कार व्यवस्था गरेकोले ठुलो परिणाममा सुन समातिएको दाबी गरेका छन्।
नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सय केजी सुन तस्करी प्रकरणका बारेमा बोल्दै अर्थमन्त्री महतले आफुले बजेटमै सुराकी दिनेलाइ पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेकाले सय केजी सुन समात्न सफल भएको दावी गरे।
‘यसअघि सुराकी दिनेलाइ पुरस्कृत गर्ने व्यवस्था हटाइएको थियो तर यसपाली भन्सारमा हुने कतिपय अनियमित कुराहरुलाइ निस्तेज गर्नका लागि सुचना दिनेलाइ पुरस्कार दिने प्रस्ताव बजेटमै गरेको थिए जसका कारण सुन पक्राउ पर्यो’ अर्थमन्त्री महतले भने। सुन तस्करी घटनाको जरै सम्म पुगेर सत्यतथ्य बाहिर ल्याउने र दोषीलाइ कारबाही हुने उनले बताए।
सुन प्रकरणसंग जोडेर काँग्रेस नेता तथा सांसद डा. सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको बिषयमा पत्रकारले राखेको जिज्ञासामा महतले शर्माले आफ्नो अस्पतालको स्वास्थ्य विमा रकम नपाएका कारण मनपरी बोलेको आरोप लगाए।
अनियमितता,भ्रष्टाचार,गैरकानुनी कार्यको अन्त्य गर्दै सुशासन स्थापित गर्न सरकार कटिवद्ध रहेको र राज्यका हरेक अंग सशक्त ढंगले लागेको बताए।