काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ सहायक विदेशमन्त्री कङ सुयानयुले नेपाल–चीन सम्बन्ध नयाँ 'फ्रेम' मा अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्धले सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपर्ने बताएका छन्।
नेपाल–चीन परामर्श संयन्त्रको ११औं बैठकमा सहभागी हुन सोमबार काठमाडौं आइपुगेका मन्त्री कङले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई उनकै कार्यकक्षमा भेटी आगामी दिन नेपाल–चीनबीचको सम्बन्ध निकै चुनौतीपूर्ण रहने बताएका हुन्।
'हाम्रा लागि (नेपाल र चीन) आउँदा दिन निकै चुनौतीपूर्ण छन्। जे जति सन्धि, सम्झौता र समझदारी दुई देशबीच पछिल्ला समय भएका छन् तिनलाई कार्यान्वयन गर्ने सवैभन्दा चुनौती हामी सामु छ,' भेटमा सहभागी परराष्ट्र मन्त्रालय उच्च स्रोतले चिनियाँ सहायक विदेशमन्त्री कङलाई उद्वृत गर्दै भन्यो, 'दुई देशबीच भएका सन्धि, सम्झौता र समझदारीपत्र कार्यान्वयन गर्न चीन प्रतिबद्ध छ।'
भेटवार्तामा चिनियाँ मन्त्रीले नेपाल–चीनबीच भएका यातायात तथा पारवहन सम्झौता र वेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बन्धी फ्रेमवर्क समझदारीपत्र कार्यान्वयनलाई विशेष प्राथमिकता साथ उठाएका थिए। चिनियाँ महत्वाकांक्षी परियोजना बिआरआईसम्बन्धी फ्रेमवर्क समझदारीपत्रमा नेपालले हस्ताक्षर गरेसँगै नेपाल–चीन सम्बन्ध 'नया फ्रेम' मा अघि बढेको दाबी उनले गरेका थिए। 'पारवहन र बिआरआईसम्बन्धी सम्झौता तथा समझदारी दुई देशका लागि महŒवपूर्ण छन् र त्यति नै चुनौतीपूर्ण पनि। यी सम्झौता र समझदारी कार्यान्वयनमा आए नेपालको विकासले नयाँ उचाइ प्राप्त गर्नेछ,' उनले भने ।
मन्त्री कङले 'एउटा महत्वपूर्ण कुरा' भन्दै दुई देशबीचको सम्बन्ध आपसी समझदारी, विश्वास र सद्भावका आधारमा दिगो हुने बताए। नेपाल र चीनबीचको सम्बन्ध पनि यिनै आधारमा बनेको उनले जनाए। मंगलबार काठमाडौंमा सम्पन्न नेपाल–चीन परामर्श संयन्त्रको बैठक फलदायी भएको पनि उनले बताएका थिए। 'परामर्श संयन्त्रको बैठक फलदायी भएको छ। तर आउँदा दिनमा दुई देशबीचका सम्झौता कार्यान्वयन चुनौतिपूर्ण छ। चीनको तर्फबाट सम्झौता कार्यान्वयनमा आफ्ना सरकारी संयन्त्र परिचालन गर्ने प्रतिबद्धता म व्यक्त गर्छु,' चिनियाँ मन्त्री कङलाई उद्वृत गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री महराका प्रेससंयोजक हरि लामिछानेले भने, 'बिआरआई अघि बढाउने कार्यमा नेपाल प्रतिबद्ध भएर अगाडि बढ्छ भन्ने विश्वास चीनलाई छ।'
अन्तर्राष्ट्रिय दुईपक्षीय तथ बहुपक्षीय मञ्चमा नेपाल र चीनले साझा धारणा बनाएर अघि बढ्नुपर्ने सुझाव मन्त्री कङले राखेका थिए। नेपालले लिएको एक चीन नीतिको सरहाना गर्दै उनले उपप्रधान तथा परराष्ट्रमन्त्री महरालाई चीन भ्रमणको निम्तोसमेत दिएका छन्।
जबाफमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपाल–चीनबीच विगतमा भएका सम्झौता कार्यान्वयन गरेर अगाडि बढ्ने र आगामी दिनमा आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने बताएका थिए। 'चीनसँग भएका पारवहन तथा यातायात, रोड एन्ड बेल्ट इनिसियटिभस्, क्रस बोर्डर इकोनोमिक जोन जस्ता सम्झौतामा दुईपक्षबीच छलफल गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता म व्यक्त गर्छु,' उपप्रधान तथा परराष्ट्रमन्त्री महरालाई उद्वृत गर्दै लामिछानेले भने।
चिनियाँ उद्योगी व्यवसायीले प्रतिबद्धता गरे अनुसार ८.३ अर्ब अमेरिकी डलर बराबरको लगानी नेपालमा चाँडै भित्रने आशा उपप्रधानमन्त्री महराले व्यक्त गरेका थिए। स्वतन्त्र व्यापार सम्झौता (एफटिए) सम्बन्धी प्रावधानले नेपालको व्यापार घाटा कम गर्न, उत्पादन वृद्धि गर्न र निर्यात वृद्धि गर्न सहयोग गर्ने विश्वास समेत उनले व्यक्त गरे।
नेपाललाई चीनले ५ सय १२ वटा वस्तुमा दिएको शून्य भन्सार महसुलका कारण पनि व्यापारमा मुलुकले फाइदा लिनसकेको उनले बताएका थिए। उपप्रधानमन्त्री महराले पर्यटन प्रवर्द्धनका लागि दुबै मुलुकबीच पहल गरेर अगाडि बढ्ने उल्लेख गरेका थिए।
भेटमा उनले चिनियाँ मन्त्रीलाई नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए। महराले संविधान कार्यान्वयनका क्रममा स्थानीय तह पहिलो चरणको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन पनि हुन लागेको बताएका थिए। सबै निर्वाचन तोकिएको समयमै सम्पन्न हुने विश्वास उनले दिलाएका थिए। परम्परागतरुपमा हुँदै आएको दुई देशबीको उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनुपर्नेमा पनि उनले जोड दिए। उनले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणको निम्तो समेत पठाएका छन्।
महरासँग भेट गरेपछि चिनियाँ मन्त्री कङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। भेटमा द्विपक्षीय सम्बन्धबारे कुराकानी भएको थियो। कङ बिहीबार स्वदेश फर्कने कार्यक्रम छ।
चीनबाट उच्चस्तरको भ्रमण हुने
चिनियाँ सहायक विदेशमन्त्री कङ सुयानयुले सन् २०१७ भित्रै चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने जनाएका छन्। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा उनले उक्त जानकारी दिएका हुन्।
'यो बर्ष चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन्छ। हामी तयारी गरिरहेका छौं,' चिनियाँ विदेशमन्त्रीलाई उद्वृत गर्दै उपप्रधानमन्त्रीका प्रेस संयोजक हरि लामिछानेले भने, 'राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये एकले नेपालको भ्रमण गर्नुहुनेछ।' उपप्रधानमन्त्री महराले उच्चस्तरीय भ्रमण हुनुपर्ने धारणा राखेपछि चिनियाँ विदेशमन्त्री कङले उक्त जानकारी गराएका थिए।