सरकारमा रहेका विभिन्न प्रमुख दलहरुसहितकाे सहभागितामा सर्वदलीय सर्वपक्षीय संयुक्त सङ्घर्ष गठन गरी तत्कालीन माओवादी नेता प्रभु साहमाथि कारबाहीको माग गर्दै रौतहटका प्रमुख जिल्ला आधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ।
नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी गरी ६ पार्टीद्वारा गठन गरिएको सर्वदलीय सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिले मंगलबार प्रजिअ धर्मेन्द्र कुमार मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।
समितिद्वारा सदरमुकाम गौरमा निकालिएको वृहत् विरोध र्यालीमा अन्तर्राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास वैरागी, शिक्षक सुनिल यादव, स्वास्थ्यकर्मी सुरेश यादव र हिन्दुवादी नेता काशी तिवारीको हत्या गराउने अभियुक्त तत्कालीन माओवादीका नेता आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई पक्राउ गरेर कारबाही गराउन भन्दै गौर नगरभरि नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअ मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो।
२०६३ साल चैत ७ गते गौर राइस मिल फिल्डमा मधेसी जनअधिकार फोरमको निर्धारित आम सभालाई बिथोल्न तत्कालीन नेकपा (माओवादी) का भातृ संगठन राष्ट्रिय मधेसी मुक्ति मोर्चाका अध्यक्ष प्रभु साहले पनि त्यही मैदानमा कार्यक्रम गर्न मञ्च बनाएर देशका विभिन्न स्थानहरुबाट साना हतियारसहित कार्यकर्तालाई उतारेको आरोप लगाइएको छ।
साना साना हतियार लिएर आएका कार्यकर्ताहरु मधेसी जनअधिकार फोरमको मञ्चलाई तोडफोड गर्दै गोली फायरिंङ गरेपछि सर्वसाधारण जनताहरु आफ्नो जिउधनको रक्षार्थ गरिएको प्रतिकारात्मक कार्यको परिणाम स्वरूप गौर घटना भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
गौर घटना आम जनताहरु आतंककारी गतिविधिबाट मर्माहत भएर गौरमा विस्थापित भएका परिणाम भएको पनि बताइएको छ। त्यस्तो नहुनुपर्ने घटना भयो जुन दुःखद रहेको भन्दै ज्ञापन पत्रमा सरकारले राजनीतिक प्रकृतिका मुद्दामा निर्णय आदेश दिए कारबाही अगाडि बढ्ने जिकिर गरिएको छ। गौरमा मधेसी जनअधिकार फोरमको कार्यक्रम बिथोल्ने तथा अराजक घटना गराउने मुख्य जिम्मेवार तत्कालीन माओवादी नेता प्रभु साह नै रहेको ज्ञापन पत्रमा प्रष्ट पारिएको छ।
नेपाल सरकारले गौर राइस मिलको फिल्डमा भएको घटनाको सन्दर्भमा भएका क्षतिपूर्तिका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा न्यायिक जाँचबुझ आयोग गठन गरी प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। जाँचबुझ आयोग र नेपालस्थित संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगको प्रतिवेदनका आधारमा नेपाल सरकारले ७ वर्षअघि नै प्रधानमन्त्री दाहाल भएको समयमा जनताको रक्षात्मक अधिकारबाट सहादत प्राप्त गरेका व्यक्तिलाई सहिद घोषणा गरी जनही २/२ लाख क्षतिपूर्ति दिई राजनीतिक रूपले घटना समाधान भएको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
१७ वर्ष अघि भएको गौर राइस मिललगायत विभिन्न स्थानहरुमा आत्मरक्षाका लागि गरिएका प्रयासहरुलाई झुठा मुद्दा बनाएकोमा त्यस्ता झुठा मुद्दाका जाहेरी खारिज गर्न र नेपाल सरकार एवं प्रधानमन्त्रीका कार्यालयलाई ज्ञापन पत्र पठाउनुका साथै जिल्ला प्रहरी कार्यालयलाई पनि उक्त मुद्दा तामिलीमा राख्न सर्वदलीय/सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिले अनुरोध गरेको छ।