कोसी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ। कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन्। उनले साउन १६ गते अपराह्न ५ बजेभित्रको समयसीमा दिएर प्रदेश प्रमुख खापुङले नयाँ गठनको लागि आह्वान गरेका छन्।
संविधानको धारा १६८ (२) बमोजिम कोसी प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दूई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोसी प्रदेश सभा सदस्यलाई काेसी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्ने प्रायोजनको लागि साउन १६ गते अपरान्हश ५ बजेभित्र आफ्नो दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेकाे पत्रमा भनिएकाे छ।
सर्वोच्च अदालतले यसअघि कोसी प्रदेशमा गठन गरिएको सरकार संविधानविपरीत भएको ठहर गर्दै यही साउन १७ गतेभित्र बहुमतका आधारमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन बिहीबार परमादेश जारी गरेको थियाे।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले एक साताभित्र पुनः बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो। सर्वोच्चले सभामुखसमेतको समर्थनमा कोसी प्रदेशमा गठन भएको सरकार संविधानविपरीत भएको ठहर गर्दै मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ।
कोसी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दीपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई पुरस्कृत गरेको छ। बुधबार प्रदेश सरकारले कोसीका १० खेलाडीलाई नगदसहित पुरस्कृत गरेको हो।
क्रिकेटर दीपेश कँडेल र ललित राजवंशीलाई जनही नगद १ लाख ११ हजार १ सय ११ रूपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ। अल्ट्रा दौड धाविका डेनिशा राईलाई १ लाख रूपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ। १८औं मुवाँथाई च्याम्पियननसिपमा कांस्य पदक प्राप्त गर्नै खेलाडी डेनिका राईलाई २५ हजार नगद र रजत पदक प्राप्त गर्ने सञ्जय राईलाई ३० हजार नगदसहित सम्मानपत्र प्रादन गरिएको छ।
यस्तै गत फागुनमा चितवनमा आयोजना भएको जुनियर एथलेटिक्स खेलकुद प्रतियोगितामा हाइजम्पतर्फ प्रथम हुने सागर यादवलाई २५ हजार, ३ हजार मिटरतर्फ दोस्रो र १५ सय मिटरतर्फ तेस्रो हुने खेलाडी निमा जिसीलाई १५ हजार, पूजा चौधरी, राजु चौधरी र अंशु मण्डललाई जनही ५ हजार रूपैयाँ नगद र सम्मानपत्रले सम्मानित गरिएको छ।
खेलाडीहरूलाई कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, समाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी लगायतले नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरेका थिए।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...