मौन अवधिमा मौन मतदातातिर ध्यान
१३ असार २०७४
•
७ मिनेट पाठ
मौन अवधिमा मौन मतदातातिर ध्यान
चुनावबारे चासो राख्दै नेपालगन्ज–१२, चिडियामार बस्तीका महिला।
नेपालगन्ज- बुधबार हुने मतदानका लागि आइतबार राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाउने गरी मौन अवधि सुरु भयो। तर, सोमबार बिहानैदेखि नेपालगन्ज–१२, बेलासपुरको चिडियामार बस्तीमा 'बिराना मान्छे' को आउजाउ बाक्लियो। 'आजै पनि मान्छे कति आए/गए पत्तै छैन,' ४२ वर्षीया एकादशी चिडियामारले भनिन्, 'भोट दिनुस्, हामी केही पर्‍यो भने सहयोग गछर्ौैं भनेर फकाउँछन्।'

६२ हजार पाँच सय मतदाता रहेको नेपालगन्ज उपमहानगरका करिब ४० प्रतिशत हिस्सा मौन रहेको अनुमान छ। आक्रामक प्रचारमा हिँडेका राजनीतिक दल मौन अवधिमा त्यही हिस्सालाई आफूतिर तान्न लागिपरेका छन्।

नेपालगन्जको मुटु मानिने धम्बोझी चोकनजिकैको यो बस्ती राजनीतिक रुपमा 'मौन' छ। यहाँ करिब दुई सय ५० मतदाता छन्। कुनै दलप्रति प्रतिबद्ध नभएकैले विभिन्न राजनीतिक दलले यस्ता मत आफूतिर तान्न मौन अवधि उपयोग गरिरहेका छन्।

चिडियामार बस्तीमात्र होइन, ६२ हजार पाँच सय मतदाता रहेको नेपालगन्ज उपमहानगरका करिब ४० प्रतिशत हिस्सा मौन रहेको आकलन गरिन्छ। आक्रामक प्रचारमा हिँडेका राजनीतिक दल मौन अवधिमा त्यही हिस्सालाई आफूतिर तान्न लागिपरेका छन्। 'हिजोसम्म सतही तबरले माहोल बनाउने गरी प्रचारप्रसार गरियो, वास्तविक चुनाव त अब लागेको छ,' एक राजनीतिक दलका नगरस्तरीय नेताले भने, 'नेपालगन्जको चुनावी नतिजा मौन अवधिमा मौन मतदातामा पारिने प्रभावबाटै निर्धारण हुन्छ।'

उनका अनुसार नेपालगन्ज उपमहानगरमा चिडियामार, किङरिया, खुसबधियाजस्ता राजनीतिप्रति चासो नराख्ने थुप्रै समुदाय छन्। उम्मेदवारहरु अहिले तिनै समुदायलाई रिझाउन समय खर्चिरहेका छन्। समुदायका अगुवालाई प्रभावित पारेर, आफैं मतदातालाई भेटेर वा अप्रत्यक्ष रुपमा मत आकर्षित गर्ने सूत्र प्रयोग गरेर चुनावी चलखेल भइरहेको ती नेता बताउँछन्। 'यसमा फलानो पार्टीले यस्तो गर्‍यो, उस्तो गर्‍यो भन्नुको कुनै अर्थ छैन,' उनले भने, 'चुनाव जित्न सबैले आफ्नो हैसियतअनुसार हथकन्डा प्रयोग गरिरहेका छन्।'

मौन मतदाता आफ्नो लागि पार्टीभन्दा मान्छे महŒवपूर्ण ठान्छन्। त्यसैले मौन अवधिमा जुन उम्मेदवारले मन जित्न सक्यो उसकै पक्षमा भोट खस्छ। 'हामीलाई पार्टीको मतलब छैन, जसले सुखसँग खानबस्न दिन्छ, उसैलाई भोट दिने हो,' चिडियामार बस्तीकै बेलन चिडियारले भने, 'विकास पनि गर्नुपर्‍यो।'

विकासको कुरा निस्किनेबित्तिकै २६ वर्षीया निक्की चिडियामारले अनुहार बिगारिन्। वरिपरि विकास भए पनि चिडियामार बस्ती भएकैले आफ्नो टोल पछाडि पारिएको उनको गुनासो थियो। 'चुनावमा त सबैले विकास गछर्ौं, सुख दिन्छौं भनेकै छन्, जितेपछि के गर्ने हुन्, थाहा छैन,' उनले भनिन्, 'यो चोटी विश्वासिलो मान्छेलाई भोट दिनुपर्ला।'

मौन मतदाता विपन्न बस्तीमा मात्र होइन, तुलनात्मक रुपमा सचेत ठानिएको क्षेत्रमा पनि उत्तिकै छन्। उनीहरु मतदानको दुई दिनअघिसम्म पनि खुलेका छैनन्। कारकाँदोका ४६ वर्षीय शाहजराम रैदास चुनावकै दिन भोट कसलाई हाल्ने भन्नेबारे निधो हुने बताउँछन्। 'चुनावसम्म हेर्दै जाउँ्क, कसको पल्ला भारि हुन्छ, उसैलाई दिनुपर्ला,' उनले भने, 'हामीजस्ता सर्वसाधारणलाई पार्टीको कुनै मतलब छैन।'

भवानियापुरका ननौको अन्सारी पनि स्थानीय चुनाव भएकाले पार्टीभन्दा व्यक्ति हेरेर भोट हाल्ने बताउँछन्। उनको भनाइ छ, 'कुनै पार्टीको पछाडि अन्धभक्त भएर लाग्नुको अर्थ छैन।'

मौन मतदाताको यही भावना बुझेका दलका उम्मेदवार तात्कालिक तथा दीर्घकालीन प्रलोभन बाँडिरहेका छन्। चुनावी राजनीतिमा अभ्यस्त एक नेताका अनुसार नेपालगन्ज उपमहानगरका विभिन्न ठाउँका विभिन्न समुदायका अगुवासँग 'पकेट भोट' छन्। 'पचासदेखि दुई सयको संख्यामा रहने ती भोट पाउन एकजनालाई 'कन्भिन्स' गरे पुग्छ,' ती नेताले भने, 'मौन अवधिमा प्रायः सबै उम्मेदवारको ध्यान तिनै पकेट भोट खोस्नतिर केन्द्रित देखिन्छ।'

विभाजित मुस्लिम मत

विगतमा मौन मतको सबैभन्दा ठूलो हिस्सा मुस्लिम मतलाई मानिन्थ्यो। एकजना मौलाना (धर्मगुरु) ले चाहेमा एक हजार पाँच सयसम्म मत सहजै 'एकछापे' बनाउन सक्थे। तर, अहिले मुस्लिम समुदाय पनि राजनीतिमा अग्रसर भएको छ। मौलानाहरु विभिन्न दलमा आबद्ध भई सक्रिय राजनीतिमा लागेका छन्। समुदायका केही अगुवा सांसदसमेत छन्। 'अवस्था पहिलेजस्तो छैन, धेरै मान्छे आफ्नो विवेक प्रयोग गर्ने भइसकेका छन्,' नेपालगन्ज–८, धम्बोझीका मुस्तफा अहसन कुरैसीले भने, 'भोट खरीदबिक्री हुने जमाना गइसक्यो, अरु माध्यमबाट जनताको मन जिते भने बेग्लै कुरा हो।'

नेपालगन्ज उपमहानगरमा करिब २८.६१ प्रतिशत मुस्लिम मतदाता छन्। जयसपुर, पिप्रहवा, पुरैना, पुरैनी, परसपुर, भवानियापुर, धम्बोझी, एकलैनी, एमपी स्कुलरोड र सृष्टी फिल्महल क्षेत्रमा मुस्लिम समुदायको बाक्लो बसोबास छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस