सद्भावमय चुनावी माहोल
१४ असार २०७४
•
६ मिनेट पाठ
सद्भावमय चुनावी माहोल
नेपालगन्ज – विगतमा चुनाव भन्नेबित्तिकै नेपालगन्जका अब्दुल जब्बार मन्जुरीको मन झस्किन्थ्यो । कारण– चुनाव तडकभडकपूर्ण हुनुका साथै प्रचारमा उत्तेजक नारा लाग्नु । ‘कति बेला के हुने हो भन्ने त्रास सधैंभरि मनमा भइरहन्थ्यो,’ इस्लाम धर्मगुरुसमेत रहेका मौलाना मन्जरीले भने, ‘हरेक चुनावमा हुने घटनाले थप त्रसित बनाउँथ्यो ।’

अहिले भने नेपालगन्जको चुनावी माहोल सद्भावपूर्ण छ । चुनाव प्रचारका क्रममा समाजलाई विभाजन गर्ने होइन, अझ कसिलो गरी जोड्ने सद्भावयुक्त मुद्दा प्रभावशाली देखिएका छन् । ‘नेपालगन्जमा यति शान्त र समझदारीपूर्ण चुनाव त मैले अहिलेसम्म देखेको थिइनँ,’ कारकाँदोका तेजनारायण कँडेलले भने, ‘अहिलेको चुनावमा राजनीतिक दलमात्र होइन, समाजका विभिन्न संयन्त्र पनि निकै संयमित देखिएका छन् ।’

नेपालगन्जले विगतका तिता अनुभवबाटै सद्भावको सुखद यात्रा तय गरेको हो । २०४९, २०५४ र २०६४ को चुनावी सेरोफेरोमा नेपालगन्जले सामाजिक रुपमा निकै क्षति बेहो¥यो । अन्य चुनाव पनि हिंसारहित हुन सकेनन् । ‘हामीले यी घटनाबाट पाठ सिकेरै नेपालगन्जमा शान्ति र सद्भावको बीउ रोप्यौं,’ वागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले भने, ‘अहिलेको चुनावमा देखिएको शान्त वातावरणले हामीलाई सन्तुष्ट बनाएको छ ।’

पछिल्लो घटनापछि नेपालगन्जमा शान्ति र सद्भावका लागि मूल महन्त योगीको अध्यक्षतामा पाँचसदस्यीय ‘अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्च’ गठन भयो । यसको उपाध्यक्षमा मौलाना मन्जरी, सचिवमा इसाई धर्मगुरु बिनजामिन श्रेष्ठ, कोषाध्यक्षमा शिख धर्मगुरु राजु सरदार र सदस्यमा बौद्ध धर्मगुरु गुनबहादुर लामा छन् । ‘यस अवधिमा हामीले सामाजिक सद्भाव कामय गर्न थुप्रै अभियान चलायौं, नेपालगन्जका राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय र नागरिक समाजले पनि हातेमालो गर्नुभयो,’ योगीले भने, ‘यसकै परिणामस्वरुप अहिलेको चुनावी माहोल शान्तिपूर्णमात्र भएन, नेपालगन्जलाई सद्भावयुक्तसहर बनाउने अजेन्डा पनि प्रमुखताका साथ उठ्यो ।’

केही दिनअघि क्रिएटिभ ह्यान्ड्सद्वारा नेपालगन्जमा आयोजित कार्यक्रममा प्रमुख दलका मेयर पदका उम्मेदवारले यस्तै प्रतिबद्धता व्यक्त गरे । उनीहरुको साझा धारणा थियो, ‘नेपालगन्जको समृद्धि र विकासका लागि पहिलो आधार सामाजिक सद्भाव नै हो ।’ क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरी चुनावमा सद्भावको अजेन्डा प्रवेश गर्नु नेपालगन्जका लागि खुसीको विषय भएको बताउँछन् । ‘भोलिको उपमहानगर हाँक्ने व्यक्तिले मतदातासमक्ष सद्भावलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नु सकारात्मक पक्ष हो,’ उनले भने, ‘यसले नेपालगन्ज शान्त र समृद्ध बन्ने निश्चित छ ।’

नेपालगन्ज प्रमुख तीनवटा सामुदायिक ‘क्लस्टर’ (समूह) मिलेर बसेको उपमहानगर हो । २०६८ को राष्ट्रिय जनगणनाअनुसार यहाँ मधेसी समुदाय ३१.९२ प्रतिशत, मुस्लिम समुदाय २८.६१ प्रतिशत र पहाडी समुदाय २८.२७ प्रतिशत छन् । ‘यहाँ सबैको समान अस्तित्व छ, पछिल्लो समय एकले अर्काको अस्तित्व स्विकार्दा नै सद्भावको वातावरण बनेको हो,’ मौलाना मन्जरी भन्छन्, ‘नेपालगन्जका लागि यसपालिको चुनाव सद्भावको सेतु बन्ने विश्वास छ ।’

वागेश्वरीका मूल महन्त योगी पनि धार्मिक तथा साम्प्रदायिक एकताले नेपालगन्ज बलियो हुने बताउँछन् । मुस्लिम समुदायको पवित्र पर्व इदलगत्तै चुनाव भएकाले पनि शान्ति–सद्भावमा टेवा पु¥याएको उनको विश्वास छ । ‘इदले सबैमा शान्तिको भावना जगाइदियो,’ उनले भने, ‘यही भावनाले अहिलेको चुनावी वातावरण शान्त बनाउन सहयोग ग¥यो ।’

मञ्चले अनुगमन गर्ने

बुधबार हुने स्थानीय तह निर्वाचनको नेपालगन्जमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले अनुगमन गर्ने भएको छ । मञ्चका अध्यक्ष योगीले हिन्दु, मुस्लिम, बौद्ध, इसाईलगायत धर्मका गुरुहरु अनुगमनमा हिँड्ने जानकारी दिए । ‘हाम्रो उद्देश्य चुनावलाई अझ बढी शान्त, संयमित र सद्भावपूर्ण बनाउनु हुनेछ,’ उनले भने, ‘यसका लागि स्थानीय प्रहरी–प्रशासन, नागरिक समाज, राजनीतिक दल सबैलाई हातेमालो गर्न आग्रह पनि गर्छाैं ।’
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस