सुरक्षा संगठनको ३० वर्षे अवकाश अवधि हटाइने
१४ असार २०७४
•
११ मिनेट पाठ
सुरक्षा संगठनको ३० वर्षे अवकाश अवधि हटाइने
काठमाडौं – गृह मन्त्रालयले तीन सुरक्षा संगठनको अवकाशसम्बन्धी प्रावधान संशोधन गर्ने तयारी गरेको छ । उसले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कायम रहेको तीन प्रकृतिको अवकाश प्रावधान संशोधन गरी सेवाअवधिको प्रावधान हटाउने तयारी गरेको हो ।

यी तीनवटै सुरक्षा संगठनमा अहिले उमेर अवधि ५८, सेवाअवधि ३० र पदावधिका आधारमा अवकाश हुने प्रावधान छ । सरकारले चाहेमा २ वर्ष थप्ने प्रावधानमा राजनीतिक चलखेल बढेपछि कृष्णबहादुर महरा गृहमन्त्री भएको बेलामा तीनवटै सुरक्षा संगठनका नियमावलीमा रहेको २ वर्ष थप्नसक्ने प्रावधान हटाएर संगठनमा प्रवेश गरेको ३० वर्षमा अवकाश हुने प्रावधान कार्यान्वयनमा ल्याएका थिए ।

मंगलबार गृहमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको गृह प्रशासन सुधार मार्गचित्र २०७४ मा ‘सुरक्षा निकायभित्र रहेको सेवाअवधिको विवाद अन्त्य गर्ने’ उल्लेख छ ।

स्रोतका अनुसार शर्मा गृहमा आउनुअगाडि नै नयाँ प्रहरी ऐनको मस्यौदा बनिसकेको थियो । सोही मस्यौदामा अवकाशको प्रावधानबाट ३० वर्षे अवधि हटाउने प्रस्ताव गरिएको छ ।

सेवाअवधि हटाएसँगै आइजिपीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्ष बनाउने र एआइजीको पदावधि ४ वर्ष कायम गर्ने तयारी भइरहेको जानकार स्रोतले बतायो ।

सेवाअवधि र पदावधि दुवै हटाएर उमेर अवधिलाई अवकाशको आधार बनाउने विषयमा छलफल चलिरहेको स्रोतले बतायो ।

सेवाअवधिका कारण अधिकांश प्रहरी अधिकारी ५८ वर्ष नपुग्दै अवकाश पाउने गरेका छन् । अधिकांशको सेवा प्रवेश २४ वर्षको उमेरमा हुने गरेको देखिन्छ । ३० वर्षे लगाउँदा अधिकांश ५४ वर्षमा अवकाश पाउने गरेका छन् ।

सेवाअवधिको प्रावधानले संगठन नेतृत्वको कार्यकालसमेत प्रभावित हुँदै आएको छ । तीनवटै संगठन प्रमुखको पदावधि ४ भए पनि कसैले पूरा अवधि काम गर्न पाएका छैनन् । यही प्रावधानले सशस्त्रमा किशोर लामा जम्मा १४ दिन आइजिपी भएका थिए भने प्रहरीमा हेमबहादुर गुरुङ ६ महिनामा अवकाश पाएका थिए  । वृत्ति विकासमै असर परेपछि तीनवटै संगठनभित्र निजामती र सेनामा झैं उमेर र पदावधिलाई मात्रै अवकाशको आधार बनाउन लबिङ हुँदै आए पनि एक मत भने छैन ।

संगठनभित्र विवाद

सेवाअवधिको प्रावधान चलाउँदा संगठनको नेतृत्व मोडल प्रभावित हुने भएकाले संगठनका सदस्य विभाजित छन् । हटाउँदा नेतृत्वको दाबेदारीमा पुग्न सक्नेहरू पक्षमा छन् भने प्रभावित हुनेहरू विपक्षमा छन् ।

गृहले तयारी गरेजस्तै सेवाअवधि हटे ३० वर्षे अवधिअनुसार बसेको नेतृत्वको लाइन भत्कनेछ । त्यसैले तीनवटै सुरक्षा संगठनका नेतृत्वको लाइनमा रहेकाहरू यसको विपक्षमा छन् ।

३० वर्षे प्रावधान कायम रहे अहिलेका आइजिपी प्रकाश अर्यालले अब १० महिनामात्रै नेतृत्वमा रहनेछन् । ३० वर्षे अवधि कटेमा उनले तोकिएको पदावधिभर संगठनको कमान्ड सम्हाल्न पाउनेछन् । उनको पदावधि लम्बिँदा ३० वर्षे पदावधिका आधारमा आइजिपी हुने लाइनमा रहेका रमेश खरेल ब्याचका एसएसपीहरू प्रभावित हुनेछन् ।

३० वर्षे अवधि लाग्दा एकै ब्याचका सबै प्रहरी एकैपटक अवकाश पाउँदै आएका छन् । एआइजीको अवधि ४ वर्ष कायम गरी आइजिपीको ३ कायम गर्दा उमेर र पदावधि काटेका एकै ब्याचका प्रहरी अधिकारी आइजिपीका दाबेदार हुनेछन् ।

तत्काल असर पर्ने ब्याचीलाई नेतृत्वको अवसर दिएर त्यसपछिको ब्याचमा ३० वर्षे सेवाअवधि हटाएर उमेर र पदावधि लगाउनुपर्ने पक्षमा समेत संगठनभित्र बलियो मत देखिन्छ ।

सुरक्षाकर्मीलाई घरमा काम लगाउन रोक

सुरक्षासम्बन्धी काममा परिचालन गर्नेगरी भर्ना भएका सुरक्षा जनशक्ति पहुँचका आधारमा घरेलु कामदारका रूपमा प्रयोग हुने गरेका छन् ।

गृह मातहतका तीनवटै सुरक्षा संगठनका तल्ला दर्जाका कर्मचारी पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका बहालवाला र पूर्वअधिकारी, पूर्वमन्त्री, पहुँचवाला नेता र आफ्नै संगठनका बहालवाला र अवकाश पाएका अधिकारीको घरमा सहयोगीका रूपमा खटाइने गरिएको छ ।

सुरक्षा आवरणमा खटाइने सहयोगी संख्या तोक्न बारम्बार प्रयास भए पनि कार्यान्वयन भने हुन सकेको छैन । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार १ हजार ५ सयभन्दा बढी जनशक्ति घरेलु सहयोगीका रूपमा खटिएका छन् । यसरी खटिनेमा सशस्त्र प्रहरीको संख्या पनि योभन्दा कम छैन ।

सार्वजनिक लेखा समितिले गरेको अनुगमनमा तीनवटा सुरक्षा संगठन र सेनासमेत गरी ४ हजारभन्दा बढी सुरक्षाकर्मीको हैसियत घरेलु कामदार रहेको खुलेको थियो ।

गृहमन्त्री शर्माले यही दुरुपयोग रोक्न ‘सुरक्षाबाहेकको अन्य काममा नखटाइने’ मार्गचित्रमा उल्लेख गरेका छन् । मार्गचित्र सार्वजनिक गर्दै उनले यसले घरेलु कामदारका रूपमा दुरुपयोग हुने कार्यको अन्त्य गर्ने बताए ।

प्राथमिकतामा नेपाल प्रहरी

गृह मन्त्रालयमा विशेष कार्यक्रम आयोजना गर्दै मंगलबार सार्वजनिक गरिएको मार्गचित्रमा प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र गृह प्रशासनबारे उल्लेख भए पनि प्राथमिकतामा प्रहरी योजना बढी छ ।

मार्गचित्रमा उल्लेख अधिकांश योजना यसअगाडि नै नीति बनाएर कार्यान्वयनको प्रयास गर्दा असफल भएकालाई पुनः समेटिएको छ । रिक्त पद एक महिनाभित्र पूरा गर्ने, शारिरीक फिटनेसमा ध्यान दिने, वरिष्ठ हबल्दार र वरिष्ठ सईको पद बनाउने, नेपाली कामदार रहेका खाडी मुलुकमा प्रहरी सहचरी राख्नेलगायतका मार्गचित्र प्रहरीले पहिल्यै कार्यान्वयनमा ल्याउने अभ्यास गर्दा असफल भएका थिए ।

कार्यालय प्रमुखसँग कार्यसम्पादन करार गर्ने, लत्ताकपडा जिन्सीको साटो पैसा दिने,  मानपदवी वितरणलाई औचित्यपूर्ण बनाउन नयाँ मापदण्ड, एसपीभन्दा माथिको पदमा बढुवा हुन सुरक्षा कोर्र्सको व्यवस्थालगायतका मार्गचित्र भने नयाँ हुन् ।

गृह प्रशासन र सुरक्षा संगठनबीचको मतान्तरका कारण अध्यागमन विभागमा सुरक्षाकर्मी राख्ने तथा महानगरीय अवधारणाअनुसार महानगरीय प्रहरीसम्बन्धी ऐन पारित गर्ने काम र अर्धसैनिक संगठन सशस्त्र प्रहरी स्थापनाको मर्मअनुसार सञ्चालन हुन सकेको छैन ।

सशस्त्र, प्रहरी र गृह प्रशासनबीच कार्यक्षेत्रको विषयमा समेत विवाद छ । गृह मातहतका सुरक्षा संगठन र गृह प्रशासनबीचको विवाद समाधानमा उनको मार्गचित्र प्रवेश गर्न सकेको छैन । प्रहरी नियमावली २०७१ बनाउँदा विवाद बढेर हटाइएका केही प्रावधानलाई उनले मार्गचित्रमार्फत पुनः लागू गराउने प्रयास गरेका छन् ।

प्रहरी जवान र प्रहरी सहायक निरीक्षकको रूपमा संगठनमा प्रवेश गरेकालाई बढुवा प्रक्रियाबाट अधिकृत हुनबाट रोक्न प्रहरी नियमावलीमा जवान र हबल्दारको बीचमा वरिष्ठ हबल्दार र सई र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ प्रहरी निरीक्षकको दर्जा राख्ने प्रयास भएको थियो । संगठनभित्रबाट त्यसको विरोध भएपछि नियमावलीको ड्राफ्टमा भएको सो प्रावधान हट्यो । गृहमन्त्रीले मंगलबार सार्वजनिक गरेको मार्गचित्रको १५ बुँदामा प्राथमिकता साथ सोही प्रावधान उल्लेख गरेका छन् ।

प्रहरी निरीक्षकमा नयाँ जनशक्ति बढाउन खुल्लाबाट ६० प्रतिशत र आन्तरिक बढुवाबाट ४० प्रतिशत भर्ना गर्ने प्रावधान हटाउने शर्माको योजनासमेत विवादित विषय हो ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस