नेपागन्ज – नेपालगन्ज उपमहानगरपालिकाको प्रारम्भिक मतगणनामा चार दलबीच प्रतिस्पर्धा देखिएको छ । वडा नं १ को दुई सय ७० मतगणना हुँदा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले ५०/५० मत ल्याएका छन् । राप्रपाले ४७ मत ल्याएको छ । संघीय समाजवादी फोरमले २५ मत ल्याएको छ।
उक्त वडामा २ हजार ४ सय ५० मत खसेका छन् । सुरुमा दुई स्थानमा मतगणना भएकोमा अहिले चार स्थानमा गणना गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए।