नेपालगन्ज- नेपालगन्जको स्थानीय तह निर्वाचनमा यसपटक बढी चर्चाका पात्र बने डा. सुरेशकुमार कनोडिया र डा. धवलशमशेर राणा। निर्वाचनमा समेत यी दुई डाक्टरले एकले अर्कोलाई प्रमुख प्रतिस्पर्धी ठाने। दुईबीचको चुनावी टक्करबाट फाइदा भने अन्य दलका उम्मेदवारले पनि धेरैथोर लिएको अनुमान छ। 'चुनावी माहोलमा डाक्टरकै चर्चा बढी भए पनि दुईजनाको चुनावी टक्करको फाइदा तेस्रो पक्षले नलिएको होला भन्न सकिन्न,' राजनीतिक विश्लेषक तथा पत्रकार हेमन्त कर्माचार्य भन्छन्, 'त्यसैले नेपालगन्ज उपमहानगरको कमान्ड कसको हातमा जान्छ भनेर यसै भन्न सकिने अवस्था छैन।'
कर्माचार्यको भनाइमा कांग्रेसका कनोडिया र राप्रपाका राणाबीच मत खोसाखोस भइरहँदा माओवादी केन्द्रका दामोदर आचार्य भने मधेसी र मुस्लिम भोट आफूतिर तान्न केन्द्रित भए। उनले नेपालगन्ज उद्योग वाणिज्य संघ नेतृत्वसहितको टिमलाई चुनावी अभियानमा परिचालन गरे। संघमा मधेसी समुदायका अध्यक्ष नन्दलाल वैश्यसहित अधिकांश मुस्लिम र मधेसी पदाधिकारी छन्।
'आचार्यको उम्मेदवारी पहिलो चरणको निर्वाचनकै बेला तय भएकाले प्रचारका लागि पर्याप्त समय पनि भयो,' कर्माचार्य भन्छन्, 'त्यसमाथि उनले प्रमुख प्रतिस्पर्धी हुने ठानिएका कनोडिया र राणाका संभावित मतलाई आफूतिर तान्ने प्रयास गरे।'
एमालेका समसुद्धिन सिद्धिकीका लागि सांगठनिकपछि दोस्रो ठूलो भरोसाको भोट थियो– मुस्लिम 'भोटबैंक'। तर, उक्त बैंकमा संघीय समाजवादी फोरमका कमरुद्धिन राई प्रभावशाली रूपमा प्रवेश गरे। 'कमरुद्धिनको उम्मेदवारीले हामीलाई केही न केही त असर गरेकै छ,' एमालेका एक जिल्लास्तरीय नेता भन्छन्, 'त्यसमाथि अहिलेको मुस्लिम भोट तुलनात्मक रूपमा बढी विभाजित भएको देखियो।'
नेपालगन्जमा सांगठनिक रूपमा राप्रपा बलियो नभए पनि डा. राणाको व्यक्तित्वले धेरै मत आकर्षित गरेको निर्वाचनलाई नजिकबाट नियालेकाहरू बताउँछन्। बिहीबार साँझसम्म घोषित वडा नं. १ को मत परिणामले पनि उक्त अवस्थालाई केही हदसम्म झल्काउँछ। राणालाई करिब २० प्रतिशत भोट क्रस भएको छ। त्योमध्ये झन्डै १५ प्रतिशत कांग्रेसको छ भने बाँकी एमालेको। अन्य दलका नगण्य भोट राणाको पक्षमा क्रस भएका मतगणनामा सहभागी एक गणक बताउँछन्।
राणाको भरोसा भनेकै 'क्रस भोट' हुन्। उनले जति बढी भोट चोर्न सके, उति नै बढी आफूलाई सुरक्षित बनाउन सक्छन्। 'यसका लागि कनोडियाका भोटमात्र चोरेर पुग्दैन,' कर्माचार्य भन्छन्, 'उत्तिकै बलियो ठानिएका आचार्य र सिद्धिकीका भोटलाई पनि सीमित गर्नुपर्नेछ।'
कनोडियाका लागि भने कांग्रेसबाटै क्रस भएका भोट चुनौतीका रूपमा देखिएका छन्। उनका लागि प्रचारको पर्याप्त समय भएन। राणाले पनि उनकै भोटबैंकमाथि आँखा गाडे। 'यद्यपि उनले कति मत सुरक्षित गर्न सकेका छन् भन्ने कुरा ब्यालेट बक्स खोलेपछि थाहा होला,' कर्माचार्य भन्छन्, 'त्यो त निकट भविष्यले देखाउनेछ।'