नेपालगन्ज- नेपालगन्ज उपमहानगरमा राप्रपाका धवलसमसेर राणाले अनुमान गरेभन्दा राम्रो मतसहित अग्रता लिएका छन्। वडा नम्बर १ को १५ सय मतगणना हुँदा उनले नेपालगन्जमा मेयरमा राप्रपा र उपमेयरमा कांग्रेसको अग्रता रहेको छ।
१५०० मतगणना हुँदा राणाले ४८२ मत ल्यायका छन्। दोस्रो स्थानमा माओवादी केन्द्रका दामोदर आचार्यले ३४५ मत ल्यायका छन्। काङ्ग्रेसका सुरेशकुमार कनोडियाले २४६ मत ल्यायका छन्।
एमालेको राम्रो भनिएको उक्त वडामा समसुद्दिन सिद्दिकी १८३ मा सीमित भएका छन्। साङ्गठ्निकरूपमा राप्रपा उक्त वडामा चौथो स्थानमा आँकलन गरिएको थियो। धवलले मेयरमा काङ्ग्रेस र एमालेका मत खोसेको प्रारम्भिक परिणामले देखाएको छ। कनोडिया तेस्रो स्थानमा रहँदा उपमेयरमा काङ्ग्रेसकी उमा थापा भने ४३२ मतसहित पहिलो स्थानमा छिन्।