नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा एमाले वडाध्यक्षसहित बहुमत पदमा विजयी हुँदा हुँदा मेयर उम्मेदवार भने चौथो स्थानमा सीमित भएका छन्।
एमालेको राम्रो पकड भनिएको उक्त वडामा प्रमोद रिजाल ८ सय १८ मतसहित वडाध्यक्षमा विजयी भए। उक्त वडाबाट एमालेका मेयर उम्मेदवार समसुद्धिन सिद्धिकीले भने ४ सय ४० मत ल्याएर चौथो भए। राप्रपाका धवलशमशेर राणाले ९ सय ३३, कांग्रेसका सुरेशकुमार कनोडियाले ४ सय ३७ र माओवादी केन्द्रका दामोदर आचार्यले १२ सय ६६ मत ल्याए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणाम अनुसार राप्रपाका राणाले आफ्नो अग्रता कायमै राखेका छन्। १ हजार ५ सय ५६ मतसहित उनी पहिलो स्थानमा छन्।
कांग्रेसका कनोडियाले ७ सय ५३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा माओवादी केन्द्रका आचार्य (६८१) र चौथोमा एमालेका सिद्धिकी (६५१) छन्।