नेपालगन्ज- नेपालगन्ज उपमहानगरमा राप्रपाका धवलसमसेर राणा प्रतिस्पर्धीलाई निकै पछाडि छोडेर निरन्तर अगाडि लम्किरहेका छन्। पछिल्लो मतपरिणामअनुसार उनी निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका दामोदर आचार्यभन्दा १५७९ मतले अगाडि छन्।
राणाको ३५४७ र आचार्यको १९६८ मत छ। तेस्रो स्थानमा रहेका काङ्ग्रेसका सुरेशकुमार कनोडियाको १९२४ मत छ। एमालेका समसुद्दिन सिद्दिकीको १७२९ मत छ। राणाले सुरुदेखि नै अग्रता लिएका छन्।
काङ्ग्रेस, यमाले र माओवादी केन्द्रका उम्मेदवार दोस्रो स्थानमा कडा प्रतिस्पर्धा गरिरहेका छन। शनिबार बिहानसम्म घोषित ६ वटा वडाको परिणाम अनुसार राप्रपाले २ र काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरमले १-१ वडा जितेका छन्।