कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्।
कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरकाे वैधानिकतालाई लिएर सर्वाेच्च अदालतकाे आदेशपछि विवादमा परेका उनले पदबाट राजीनामा दिएका हुन्।
कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले गत असार २१ गते सभामुख बाबुराम गौतमसहितको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए। थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
तर, पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार २२ गते नै सभामुखको समर्थनमा सरकार गठन गर्नु संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। सर्वोच्चको पूर्ण इजलासले निवेदनमाथि सुनुवाइ गर्दै साउन ११ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु संविधान विपरीत रहेको भन्दै नियुक्ती खारेज गरेको थियो।
सर्वोच्चले साउन ११ गते नियुक्ती खारेज गरेपछि कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले साउन ११ गते नै सरकार साउन १६ गते भित्र संविधानको धरा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए।