काठमाडौं- पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट सोमबार साँझसम्म २३ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित भइसकेका छन्। निर्वाचित कुल जनप्रतिनिधिको ९५.४ प्रतिशत हिस्सा ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले ओगटेका छन्। कुल विजयी उम्मेददारको ४.६ प्रतिशत हिस्सामात्र बाँकी अन्य १२ दल र स्वतन्त्र उम्मेदवारको भागमा परेको छ।
गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा कुल १३ हजार ४ सय जनप्रतिनिधि निर्वाचित भएका थिए। विवादका कारण अन्तिम नतिजा सार्वजनिक नभएका कारण यसमा भरतपुर महानगरपालिकाका १ सय ४७ जनप्रतिनिधि जोडिएका छैनन्। यस्तै, कुल १५ हजार ३८ जनप्रतिनिधिका लागि असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचनको सोमबार साँझसम्म सार्वजनिक नतिजाअनुसार ९ हजार ६ सय १५ जनप्रतिनिधि निर्वाचित भइसकेका छन्।
कुल २८ हजार ५ सय ८५ पदका लागि भएको पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सोमबार साँझसम्म २३ हजार १५ जना जनप्रतिनिधिले विजयको माला पहिरिसकेका छन्। सात प्रदेशबाट कुल ३४ हजार ८ सय ९८ जनप्रतिनिधि आउने भए पनि २ नम्बर प्रदेशमा निर्वाचन हुन बाँकी छ। असोज २ गते हुने भनिएको २ नम्बर प्रदेशको स्थानीय निर्वाचनबाट ६ हजार ३ सय १३ जनप्रतिनिधि आउनेछन्।
निर्वाचन आयोगको तथ्यांकअनुसार कुलमध्ये ८१.९१ प्रतिशत जनप्रतिनिधिका लागि निर्वाचन सम्पन्न भइसकेको छ। निर्वाचन सम्पन्न भएको ६ वटा प्रदेशको कुलमध्ये ८०.५१ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएको घोषणा गरिसकिएको छ। हालसम्म सार्वजनिक भएको नतिजा निर्वाचित हुनुपर्ने कुल जनप्रतिनिधि (सातवटै प्रदेशबाट आउने) को ६५.९४ प्रतिशत हो। दोस्रो चरणमा सम्पन्न स्थानीय निर्वाचनबाट अब ५ हजार ५ सय ७० जनप्रतिनिधि निर्वाचित भएको घोषणा गर्न बाँकी छ।
सोमबार साँझसम्म विजयी घोषित जनप्रतिनिधिको सबैभन्दा ठूलो हिस्सा नेकपा एमालेका उम्मेदवारको रहेको छ। पहिलो र दोस्रो चरणको निर्वाचनमा हालसम्म एमालेका १० हजार ४ सय ५१ जना उम्मेदवार विजयी भइसकेका छन्। यो संख्या निर्वाचन सम्पन्न भएको स्थानमा विजयी घोषित कुल जनप्रतिनिधिको ४५.४१ प्रतिशत हो। पहिलो र दोस्रो चरणको निर्वाचनमा समेटिएका कुल ६ सय १७ स्थानीय तहमा एमालेले २७ हजार १ सय १४ जना उम्मेदवार उठाएको थियो। सोमबार साँझसम्म २ सय ३२ स्थानीय तहका प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेसले ६ प्रदेशमा सम्पन्न पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा २७ हजार १ सय ३८ उम्मेदवार उठाएको थियो। तीमध्ये हालसम्म ७ हजार ९ सय २४ जना उम्मेदवार विजयी भइसकेका छन्। यो संख्या निर्वाचन सम्पन्न भएको स्थानमा विजयी घोषित कुल जनप्रतिनिधिको ३४.४२ प्रतिशत हो। सोमबार साँझसम्म २ सय ३ तहको प्रमुख पदमा कांग्रेस उम्मेदवार विजयी भइसकेका छन्।
नेकपा माओवादी केन्द्रले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कुल २४ हजार ३ सय ७४ जना उम्मेदवारलाई मैदानमा उतारेको थियो। यीमध्ये सोमबार साँझसम्म ३ हजार ५ सय ८४ जना माओवादी उम्मेदवार विजयी घोषित भइसकेका छन्। यो संख्या निर्वाचन सम्पन्न भएको स्थानमा विजयी घोषित कुल जनप्रतिनिधिको १५.५७ प्रतिशत हो। माओवादी सोमबारसम्म ७८ स्थानीय तहको प्रमुख जित्न सफल भएको छ।
संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा कुल ९ हजार १ सय २७ जना उम्मेदवार उठाएको थियो। यीमध्ये एक सय ५३ उम्मेदवारमात्र सोमबार साँझसम्म विजयी बनेका छन्।
यस्तै संघीय समाजवादी फोरम नेपालले पहिलो र दोस्रो चरणको निर्वाचनमा ३ हजार ३ सय ७७ जना उम्मेदवार उठाएकोमा सोमबारसम्म एक सय ९८ जनामात्र विजयी भएका छन्। नेपाल लोकतान्त्रिक फोरमले पहिलो र दोस्रो चरणको निर्वाचनमा २ हजार ८ सय ६३ जना उम्मेददार उठाएका थिए। यीमध्ये सोमबार साँझसम्म १ सय ९२ जना विजयी बनेका छन्। निर्वाचनमा ६० भन्दा बढी राजनीतिक दल सहभागी भएकोमा १२ दलका उम्मेदवारमात्र विजयी भएका छन्। स्वतन्त्र उम्मेदवारी दिनेमध्ये सोमबार साँझसम्म ८७ जना विजयी भएका छन्।