नेपालगन्ज- २०४८ सालदेखिका हरेक निर्वाचनमा डडेल्धुरामा सहज रुपमा विजय हासिल गर्दै आएको नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकामा ‘स्वीकार्न असहज हुने’ नतिजा आउला भन्ने सायदै सोचेको थियो। तर, जिल्लाकै नेता शेरबहादुर देउवा पार्टीको केन्द्रीय सभापति र प्रधानमन्त्री भएका बेला डडेल्धुरामा कांग्रेसको परम्परागत राजनीतिक गढ भत्कियो।
दोस्रो चरणको स्थानीय निर्वाचनमा कांग्रेसले अमरगढी किल्लामात्र गुमाएन, अन्य थुप्रै ठाउँमा यस्तै नियति भोग्यो । त्यसो त प्रदेश नम्बर ५ र ७ मा एमाले, माओवादी केन्द्र, जनमोर्र्चा र मधेसकेन्द्रित दलले पनि आआफ्ना परम्परागत किल्ला जोगाउन सकेनन्।
डडेल्धुरापछि कांग्रेसले दाङमा अर्को ठूलो धक्का महसुस ग¥यो । २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा करिब ‘एकछत्र राज’ गरेको कांग्रेसले घोराही उपमहानगरपालिका र लमही नगरपालिका गुमायो । करिब आधा मतगणना हुँदासम्म तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेले २ हजार ५ सय मतले अग्रता लिएको छ । दाङमा एमालेले २० वर्षपछि पहिलो जित हासिल गरेको हो । ‘२०५४ पछिका तीनवटा निर्वाचनमा व्यहोरेको लगातारको हारले हामी आजित थियौं, पार्टीलाई कसरी माथि उठाउने भन्ने चिन्ता थियो,’ एमाले वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीले भने, ‘यो स्थानीय निर्वाचनमार्पmत् हाम्रो लामो समयदेखिको सपना पूरा भएको छ ।’
दाङमा मतगणना भइरहेको तुलसीपुरबाहेक ९ स्थानीय तहमध्ये एमालेले पाँच तह जितेको छ। कांग्रेस तीनटामा सीमित भएको छ । एक तह माओवादीले लिएको छ । खुमबहादुर खड्काको गृहनगर लमहीसमेत एमालेले जित्यो ।
प्रदेश नम्बर ५ को रुपन्देहीमा पनि कांग्रेसले आफ्नो बर्चस्व जोगाउन सकेन । कांग्रेस गढ भनेर चिनिएका तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकामा कांग्रेसको किल्ला भत्काउँदै एमालेले ‘लालझन्डा’ फहरायो । यी दुई स्थानीय तह समाहित निर्वाचन क्षेत्रमा कांग्रेस नेता बालकृष्ण खाँणले पछिल्ला दुइटै संविधानसभा निर्वाचनमा जितेका थिए ।
कांग्रेसमात्र होइन, देशभर पहिलो दल बन्ने होडमा रहेको एमालेले पनि आफ्ना परम्परागत गढ रक्षा गर्न सकेन । पछिल्लो संविधानसभा निर्वाचनमा दुइटै निर्वाचन क्षेत्र जितेको पार्टी उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछाममा एमाले दोस्रो स्थानमा झ¥यो । १० तहमध्ये पाँचमा कांग्रेस, तीनमा एमाले र दुईमा माओवादी केन्द्रले जिते ।
कम्युनिस्टको पुरानो गढ मानिने प्युठानमा कांग्रेसले एमाले र राष्ट्रिय जनमोर्चालाई एकसाथ ‘पछा¥यो’ । जनमोर्चाको किल्ला मानिने गौमुखी गाउँपालिकामा कांग्रेसका विष्णुकुमार गिरी प्रमुखमा विजयी भए । एमालेको प्रभाव क्षेत्र मानिने नौबहिनी गाउँपालिकामा कांग्रेसका शिव रिजालले बाजी मारे । त्यतिमात्र होइन, एमाले र जनमोर्चाको रस्साकस्सी रहेको ऐरावतीमा तुलनात्मक रुपमा कमजोर ठानिएको कांग्रेसले नबिलविक्रम शाहलाई प्रमुखमा पठाउन सफल भयो ।
सशस्त्र द्वन्द्वको उद्गमथलो रोल्पामा शान्ति प्रक्रियापछि पहिलोपटक माओवादी नराम्ररी घायल भयो । दुइटै संविधानसभा निर्वाचन जितेको माओवादीले त्यहाँका १० मध्ये तीन स्थानीय तह गुमायो । रोल्पा घर भएका माओवादीका एक दर्जन केन्द्रीय नेताको चुनावी योजनालाई चुनौती दिँदै लुङ्ग्री गाउँपालिकामा कांग्रेस र त्रिवेणी तथा रुन्टीगढी गाउँपालिकामा एमालेले झन्डा फहराए ।
सशस्त्र द्वन्द्वमा पहिलो धावा बोलिएको होलेरी क्षेत्र पर्ने रुन्टीगढी र द्वन्द्वकालमा ‘युद्धसेल्टर’ का रुपमा परिचित त्रिवेणी गाउँपालिका माओवादी केन्द्र प्रभावक्षेत्र मानिन्छन् । त्रिवेणी गाउँपालिकामा जनश्रमदानबाट सहिदमार्ग निर्माण गरिएको छ ।
तराई–मधेसका कतिपय क्षेत्रमा लामो समयदेखि व्यक्तित्वका आधारमा चुनावी परिणाममा प्रभाव जमाउँदै आएका नेता यसपालि ‘जिल’ खाएका छन् । कपिलवस्तु नगरक्षेत्रमा ४० वर्षदेखि एकछत्र ‘राज’ गर्दै आएका बृजेशकुमार गुप्ताले आफू आबद्ध दल राजपाले चुनाव बहिष्कार गरे पनि काका रमादास गुप्तालाई स्वतन्त्र उम्मेदवार बनाए । तर, पहिलोपटक उनका उम्मेदवार चुनावमा चिप्लिए । कांग्रेसले विजय हासिल ग¥यो ।
कृष्णनगर नगरपालिकामा अभिषेकप्रताप शाहले त्यस्तै नियति भोग्नुप¥यो । संघीय समाजवादी फोरमका सहमहामन्त्री शाहको क्षेत्रमा दलभन्दा पनि उनको व्यक्तित्वको बढी प्रभाव रहन्छ । त्यही आधारमा उनले काका अजयप्रताप शाहलाई पार्टीतर्पmबाट मेयर उम्मेदवार बनाए । तर, अर्का काका रजतप्रताप शाह स्वतन्त्र उम्मेदवार बनेर मैदानमा उत्रिए । अन्ततः चुनावमा मतदाताले रजतप्रतापलाई रुचाए । जनताको परिवर्तनको मनोविज्ञानलाई दलहरूले बुझ्न नसक्दा धेरै ठाउँमा अप्रत्यासित परिणाम आएको देखिन्छ ।
आन्तरिक कलह कारक
लामो समयदेखि विशेष गढ ठानिएका क्षेत्रमा अर्को दलले कब्जा जमाउनुमा आन्तरिक कलह प्रमुख कारक हो । उम्मेदवार छनोट क्रममा उत्पन्न असन्तुष्टि र पार्टीभित्र स्थापित गुटगत राजनीतिले यसमा मलजल गरेको चुनावमा संलग्न बताउँछन् ।
डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललाई ‘बेवास्ता’ गर्दै स्थानीय तहको टिकट वितरण गरिएपछि उत्पन्न विवाद समाधान गर्न कांग्रेस सभापति देउवा चुनावको एक साता गृहजिल्लामै बसे । तैपनि उनको प्रयास सार्थक भएन । सदरमुकामबाटै सुरु भएको पराजयको शृंखला जिल्लाका सातमध्ये तीन तहमा फैलियो । कांग्रेसले चार तहमात्र जोगाउन सक्यो ।
रुपन्देहीमा पनि नेता बालकृष्ण खाँणमाथि टिकट वितरणमा ‘हैकम’ जमाएको भन्दै असन्तुष्टि चुलियो । उनले तिलोत्तमा नगरपालिकामा आप्mनै भाइ रामकृष्णलाई टिकट दिए । यो निर्णयबाट कार्यकर्तामा उत्पन्न आक्रोश ‘ब्यालेट बक्स’ मै खस्यो । ‘सांगठनिक रुपमा जित्ने पक्का ठानिएको नगरपालिकामै यस्तो अवस्था आउनुमा नेतृत्वको दोष बढी छ,’ एक कांग्रेस कार्यकर्ता भन्छन्, ‘टिकट दिँदा मतदाताको भावनालाई पनि विचार गर्नुपर्छ ।’
लमहीमा खुमबहादुर खड्काले विश्वासपात्र जोगराज चौधरीलाई टिकट दिँदा उनकै भतिजा डिल्लीबहादुर खड्का बागी बनेर उठे । खड्काले २ सय ३९ मत ल्याउँदा चौधरी भने एमालेसँग ८३ मतान्तरले पराजित भए ।
टिकट नपाउँदाको ‘इगो’
कतिपय ठाउँमा टिकट नपाउँदाको ‘इगो’ आप्mनै पार्टीका उम्मेदवारविरुद्ध प्रयोग भयो । अकांक्षीमध्ये बलिया उम्मेदवार र सांगठनिक रुपमा समेत मजबुत अवस्था हुँदाहुँदै नेपालगन्जमा कांग्रेसले पराजय भोग्यो । कांग्रेसले उपमेयरसहित उपमहानगरका २३ मध्ये ९ वडा जित्दा मेयर उम्मेदवार सुरेशकुमार कनोडिया भने फराकिलो मतान्तरले पराजित भए । तीनटा वडामात्र जितेको राप्रपाका धवलशमशेर राणा मेयरमा विजयी भए । उपमहानगगरका बाँकी वडामध्ये एमालेले पाँच, माओवादीले चार र संघीय समाजवादी फोरमले दुइटा जिते ।
जनताको असन्तुष्टि
मतदाताले आप्mनो ठाउँमा लामो समय ‘शासन’ चलाएका दलप्रतिको असन्तुष्टि पनि यसपटकको चुनावमा पोखे, जसको कारण दलका परम्परागत गढ भत्किए । पुष्पकमल दाहाल, वर्षमान पुन, ओनसरी घर्ती, कृष्णबहादुर महराजस्ता हस्तीले जित्दासमेत अपेक्षाकृत परिवर्तन महसुस नगरेपछि रोल्पामा पहिलोपटक माओवादी बर्चस्व तोडियो । वरिष्ठ अधिवक्ता जितविक्रम मल्ल माओवादीले जनताको अपेक्षा पूरा गर्न नसक्दा स्थानीय चुनावमा नमिठो परिणाम भोगेको बताउँछन् । ‘रोल्पामा माओवादीको यस्तो हबिगत हुनुमा जनअपेक्षा अनुसार काम नगर्नु र आन्तरिक कहल प्रमुख कारण हो,’ उनले भने, ‘यो परिणामले जनता सधैं कसैको अन्धसमर्थक हुँदैनन् भन्ने सन्देश दिएको छ ।’
(बुटवल– शेरबहादुर केसी, कपिलवस्तु– किरणमान वज्राचार्य, दाङ– देबेन्द्र बस्नेत, रोल्पा– दीनेश सुवेदी, प्युठान– एलबी थापा, अछाम– रामबहादुर कुँबर र डडेलधुरा– पुष्कर भण्डारीको सहयोगमा)