खोटाङ – खोटाङका जनप्रतिनिधिले आ–आफ्नो काम सुरु गरेका छन् । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडामा निर्वाचित जनप्रतिनिधिले पद बहालीसँगै आ–आफ्नो जिम्मेवारी अनुसारको काम सुरु गरेका हुन् । नगरपालिकामा कार्यकारी अधिकृत र वडामा वडा सचिवबाट हुँदैआएको काम २० वर्षपछि निर्वाचित प्रतिनिधिबाट सुरु भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । ‘सबै जनप्रतिनिधिको पद बहालीको क्रम चलिरहेको छ,’ खत्रीले भने, ‘पद बहाली गरेका अधिकांश जनप्रतिनिधिले आफ्नो काम सुरु गरिसकेका छन्।’
लामो समयसम्म कर्मचारीबाट हुँदैआएको काम गाउँकै प्रतिनिधिबाट हुन थालेपछि स्थानीयले स्थानीय तहको नौलो अनुभूति गर्न थालेका छन् । नगरपालिका र वडाबाट सम्पादन हुँदैआएका काम जनप्रतिनिधिमार्फत हुन थालेको छ । वडा सचिवले गर्दै आएको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यु दर्ता सिफारिस लगायतका काम वडाध्यक्षमार्फत हुन थालेका छन् । सपथ लिए लगत्तै सोमबारदेखि वडाबाट आफ्नो काम सुरु गरेको रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए । ‘सोमबारदेखि नै आफ्नो काम सुरु गरेको छु, हालसम्म नागरिकताको सिफारिस, छात्रबृत्तिको सिफारिस र नाता प्रमाणित सम्बन्धी काम गरेँ,’ राईले भने, ‘गाउँमा जनताको काम गर्दा नौलो अभुवभ भइरहेको छ । काम गर्ने उत्साह पनि छ।’
स्थानीय तहको नगर कार्यपालिका र गाउँ कार्यपालिकाले पूर्णता पाउन भने बाँकी छ । निर्वाचन भएको १५ दिनभित्र कार्यपालिका बनाउनु पर्ने प्रावधान छ।