एमाले उम्मेदवारमध्ये ४२.८० प्रतिशत विजयी
२२ असार २०७४
•
८ मिनेट पाठ
एमाले उम्मेदवारमध्ये ४२.८० प्रतिशत विजयी
काठमाडौं- स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमाले सबैभन्दा बढी सफल देखिएको छ। दुई चरणको निर्वाचनको हालसम्म घोषित मत परिणामअनुसार एमालेले निर्वाचनमा उठाएको कुल उम्मेदवारमध्ये ४२.८० प्रतिशत प्रतिस्पर्धी विजयको माला पहिरिन सफल भएका छन्। एमालेपछि कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार सफल भएका छन्।




बुधबार साँझ सम्म घोषित नतिजाअनुसार कांग्रेसका ३२.६१, माओवादी केन्द्रका १६.१८ नेमकिपाका ११.३५ प्रतिशत उम्मेदवार विजयी भएका छन्।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन ७ मध्ये ६ प्रदेशमा सम्पन्न भएको थियो। पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का दुई सय ८३ स्थानिय तहमा सम्पन्न भएको थियो। दोस्रो चरणको निर्वाचन असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का तीन सय ३४ स्थानीय तहमा भएको थियो। पहिलो चरणअन्तर्गत भरतपुर महानगरपालिकाको मतपरिणाम आउन बाँकी छ।  यस्तै, दोस्रो चरणमा भएको निर्वाचनअन्तर्गत बुधबार साँझसम्म २६ स्थानीय तहको परिणाम सार्वजनिक हुन बाँकी छ।

६ प्रदेशमा कुल ६ सय १७ स्थानीय तहका २८ हजार पाँच सय ८५ जनप्रतिनिधिका लागि पहिलो र दोस्रो चरणको निर्वाचन भएको थियो। निर्वाचन आयोगको तथ्यांकअनुसार निर्वाचन सम्पन्न सबै तहको सबै पदका लागि कुनै एक दलले पनि सबै ठाउँमा उम्मेदवारी दिएका थिएनन्। पहिलो र दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार कांग्रेसले उठाएको थियो।

आयोगको तथ्यांकअनुसार कांग्रेसले दुई चरणको निर्वाचनमा ६ प्रदेशमा कुल २७ हजार एक सय ३६ (प्रमुखदेखि सदस्य सम्म) जनालाई प्रतिस्पर्धामा उतारेको थियो। यीमध्ये बुधबार साँझसम्म आठ हजार आठ सय ५० जना विजयी भएका छन्। कांग्रेसले कुल उठाएको उम्मेदवारमध्ये ३२.६१ प्रतिशत विजयी बनेका छन्। मतगणना सम्पन्न भएका स्थानमध्ये ६ हजार ९ सय ६५ स्थानमा कांग्रेसका उम्मेदवार प्रमुख प्रतिस्पर्धीका रूपमा थिए।

दुई चरणको निर्वाचनमा दोस्रो धेरै उम्मेदवार एमालेले उठाएको थियो। एमालेले ६ प्रदेशमा कुल २७ हजार एक सय १४ उम्मेदवार उठाएको देखिन्छ। बुधबार साँझसम्म ११ हजार ६ सय ६ उम्मेदवार विजयी घोषित भएका छन्। एमालेले उठाएको कुल उम्मेदवारमध्ये ४२.८० प्रतिशत उम्मेदवार विजयी भएको देखिन्छ, जुन संसद्को पहिलो ठूलो पार्टी कांग्रेसको भन्दा १०.१९ प्रतिशतले बढी हो। मतगणना भइसकेका कुल स्थानमध्ये पाँच हजार चार सय ६२ स्थानमा एमालेका उम्मेदवार प्रमुख प्रतिस्पर्धीका रूपमा थिए।

आफ्ना उम्मेदवार विजयी गराउन सफल हुने सूचीको तेस्रो नम्बरमा माओवादी केन्द्र छ। माओवादीले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा कुल २४ हजार तीन सय ७६ उम्मेदवार उठाएको थियो। यीमध्ये तीन हजार नौ सय ४६ विजयी भएका छन्। निर्वाचनमा उठाएका कुल उम्मेदवारमध्ये १६.१८ प्रतिशतले जितेका छन्। मतगणना सम्पन्न भएका मध्ये दुई हजार पाँच सय पाँच स्थानमा माओवादीका उम्मेदवार प्रमुख प्रतिस्पर्धी रहेका छन्।

आफ्ना उम्मेदवार सफल बनाउनेमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) चौथो नम्बरमा छ। नेमकिपाले स्थानीय तहको सम्मन्न दुई चरणको निर्वाचनमा कुल आठ सय ६३ जना उम्मेदवार उठाएको थियो। यीमध्ये ९८ जना विजयी भए। कुल उम्मेदवारमध्ये ११.३५ प्रतिशत उम्मेदवारले विजयको माला पहिरिएका थिए।

बहुजन शक्ति पार्टीले पनि निर्वाचनमा कम उम्मेदवार उठाई धेरैलाई विजयी बनाएको छ। बहुजन शक्तिले दुई चरणको निर्वाचनमा कुल तीन सय ७३ उम्मेदवार उठाएको थियो। तिनमा  ३२ जना विजयी बनेका थिए। बहुजन पार्टीले उठाएको मध्ये ८.५७ प्रतिशत उम्मेदवार विजयी बनेका छन्।

मधेसी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ले पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल दुई हजार आठ सय ६३ उम्मेदवार उठाएको थियो। तीमध्ये दुई सय ४५ जना विजयी भए। निर्वाचनमा उठाएको कुल उम्मेदवारको ८.५५ प्रतिशत निर्वाचित भएका छन्। यस्तै, संघीय समाजवादी फोरम, नेपालको पनि निर्वाचनमा उठाएकोमध्ये ८.२९ प्रतिशत उम्मेदवार विजयी भएका छन्। फोरम नेपालले पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल तीन हजार तीन सय ७७ उम्मेदवार उठाएको थियो।

राष्ट्रिय जनमोर्चाले दुई चरणको निर्वाचनमा दुई हजार तीन सय १६ उम्मेदवार मैदानमा उतारेको थियो। यी मध्ये एक सय ८६ जना विजयी भए, जुन कुल उम्मेदवारको ८.०३ प्रतिशत हो। संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उठाएको कुल उम्मेदवारमध्ये २.१३ प्रतिशत मात्र विजयी बने। राप्रपाले दुई चरणको निर्वाचनमा ११ हजार सात सय ९९ उम्मेदवार उठाएको थियो, जसमध्ये दुई सय ५२ उम्मेदवार मात्र विजयी बनेका छन्।

बुधबार साँझसम्म सार्वजनिक नतिजाअनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कुल उठाएको चार सय नौ उम्मेदवारमा नौ जना (२.२० प्रतिशत) विजयी बनेका छन्। यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीले नौ सय २३ उम्मेदवार उठाएकोमा चारजना (०.४३ प्रतिशत) निर्वाचित भए भने नयाँ शक्ति पार्टी, नेपालले उठाएको कुल तीन हजार दुई सय ५८ उम्मेदवारमध्ये ८७ जना (२.६७ प्रतिशत) विजयी बनेका छन्। नेपाल परिवार दलले कुल एक सय ४० जना उम्मेदवार उठाएकोमा एक जना (०.७१ प्रतिशत) मात्र विजयी भएका छन्। पहिलो र दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र रूपमा तीन हजार ६ सय ७९ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए। यीमध्ये एक सय ५९ जना (४.३२ प्रतिशत) निर्वाचित भएका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस