काठमाडौं—पूर्वराजा ज्ञानेन्द्रले आफ्नो जन्मदिनका अवसरमा एक सन्देश दिँदै ‘देश जोगियोस्, जोडियोस्’ भन्ने कामना गरेका छन्। ‘देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर रहोस् यही नै मेरो मनोकांक्षा हो’, उनले भनेका छन्, ‘यस्तो भावना आम नेपालीमा र खासगरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो’, उनले भनेका छन्।
आफ्नो जन्मदिनका अवसरमा शुभेच्छा प्रकट गर्ने सबैप्रति आभार प्रकट गर्दै उनले भनेका छन्, ‘पद, प्रतिष्ठा र प्रशंसाभन्दा पनि मैले राख्ने निरन्तरको चाहना देशभक्ति नै हो।’
पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेको भन्दै उनले भनेका छन्, ‘हामी क्रियाशील उर्जा बोकेर ब्युँतन अब ढिला गर्नु हुँदैन।’
शुक्रबारदेखि पूर्व राजा ७१ वर्षका भएका छन्। जन्मदिन अवसरमा निर्मल निवास पुगेर शुभेच्छुकहरुले पूर्व राजालाई शुभकामना दिएका थिए। हेर्नुहोस् प्रवीन कोइरालाले खिचेका तस्विर तथा भिडियोः