'उत्तर कोरियासँग आवतजावत रोक्नुहोस्'
२८ असार २०७४
•
८ मिनेट पाठ
'उत्तर कोरियासँग आवतजावत रोक्नुहोस्'
काठमाडौं- अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै निरन्तर ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियालाई विश्व समुदायबाट एक्ल्याउन जापान नेपालसम्म आइपुगेको छ। जापानका संसदीय उपविदेश मन्त्री कियोशी ओडावारा अहिले नेपालमा छन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी एउटै आग्रह गरे, ‘उत्तर कोरियासँगको आवतजावत रोक्नोस् ।’




खासगरी उत्तर कोरियासँगको सम्बन्धलाई लिएर जापानी मन्त्रीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग कुरा गरेका थिए । प्रधानमन्त्री देउवासँगको भेटमा उनले स्पष्ट शब्दमा उत्तर कोरियासँगको व्यापार सहयोग रोक्न आग्रह गरेका थिए । त्यतिमात्र होइन, जापानी मन्त्री ओडावाराले उत्तर कोरियामाथि कडा नीति लिनसमेत सुझाएका थिए ।

‘उत्तर कोरिया विश्वका लागि खतरा बन्दै गएको छ । कोरियासँगको व्यापार सहयोग तपाईंहरूले रोकिदिनुप¥यो । उत्तर कोरियाली नागरिकलाई आवतजावतमा कडाइ गर्नुप¥यो’, प्रधानमन्त्रीसँग जापानी मन्त्रीले आग्रह गरेका थिए ।

भेटमा उनले उत्तर कोरियाले जापानी नागरिकलाई अपहरण गर्ने योजना बनाइरहेको जानकारी दिँदै चनाखो रही जापानलाई सहयोग गर्नसमेत भनेका थिए । उनले प्रधानमन्त्री देउवासँग भने, ‘उत्तर कोरियाले विश्वको जुनसुकै देशबाट जापानी नागरिकलाई अपहरण गर्ने धम्की दिएको छ । उनीहरूले अपहरणको योजना बनाइरहेका छन् । तपाईंहरू चनाखो भई यस्तो घटना हुन दिनुहुन्न भन्ने हामीलाई पूर्ण विश्वास छ ।’

उत्तर कोरियाले यही असार २० गते अमेरिकासम्म मार हान्न सक्ने शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेपछि जापानले आफ्ना मन्त्रीलाई नेपाल पठाएको हो । मन्त्री ओडावाराको नेपाल भ्रमणको मुख्य उद्देश्य उत्तर कोरियाका सम्बन्धमा नेपाललाई आफ्नो पक्षमा लिनु रहेको बुझिएको छ । उत्तर कोरियाले लगातार ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरिरहेकाले छिमेकी दक्षिण कोरिया र जापानका लागि सबैभन्दा बढी टाउको दुखाइको विषय बनेको छ । अमेरिका मिसाइल परीक्षणप्रति रुष्ट हुँदै उत्तर कोरियामाथि चर्को नाकाबन्दी लगाउँदै आएको छ ।

जापानी मन्त्रीले उत्तर कोरियालाई समस्या समाधानका लागि वार्तामा आउन बारम्बार आग्रह गर्दा पनि नआएकोमा गुनासो पोखेका थिए । उत्तर कोरियाले वार्ता नै नचाहेको निष्कर्ष उनको थियो । ‘वहाँ (जापानी मन्त्री)ले उत्तर कोरियाको विषयमा पनि कुरा गर्नुभएको थियो । हामीले नेपालको परराष्ट्र नीतिबारे स्पष्टरूपमा वहाँलाई जानकारी गरायौं’, जापानी मन्त्रीसँगको कुराकानीबारे जानकारी दिंदै परराष्ट्र मन्त्री महराले भने, ‘नेपालले असंलग्न नीति अँगाल्दै आएको छ । वार्ता र संवादबाट शान्तिपूर्ण तरिकाले समस्या समाधान गर्नुहोस् भन्ने नेपालको लाइन हो । हामीले यही कुरा बतायौं ।’

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहका बाबजुद निरन्तर मिसाइल परीक्षण गर्दै आएपछि पूर्वी एसियामा तनाव बढ्दो छ र यो तनावमा अमेरिका धेरै पहिलादेखि तानिदै आएको छ । अमेरिकाले मिसाइल परीक्षण बन्द गरी वार्ताको टेबलमा आउन उत्तर कोरियालाई आग्रह गरे पनि मानेको छैन । फलस्वरूप अमेरिका, जापान, दक्षिण कोरिया, युरोपेली राष्ट्रहरूले उत्तर कोरियामाथि कडा नाकाबन्दी लगाउँदै आएका छन् । अमेरिकाले उत्तर कोरियालाई प्रमुख ‘दुस्मन’ राष्ट्रको सूचीमा राख्दै आएको छ ।

अमेरिकाको सञ्चार संस्था सिएनएनका अनुसार सन् २०१७ को जनवरी १ पछि हालसम्म उत्तर कोरियाले १७ वटा मिसाइलको परीक्षण गरेको छ । जुलाई ४ मा सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो, जसले ५ हजार ५ सय किलोमिटर टाढासम्म मार हान्न सक्छ । उत्तर कोरियाले छोटो, मध्यम र लामो तीनै दूरीमा मार हान्न सक्ने शक्तिशाली ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गर्दै आएको छ ।

उत्तर कोरियाले सन् १९८६ मा पहिलोपटक मिसाइल परीक्षण गरेको थियो, जतिबेला राष्ट्रपति किम इल सुङ थिए । उनी हालका उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका हजुरबुबा हुन् । किम इल सुङ उत्तर कोरियाका संस्थापक मानिन्छन् । १९८६ देखि १९९३ सम्म उत्तर कोरियाले जम्मा १५ वटा मिसाइल परीक्षण गरेको थियो, जतिबेला किम इल सुङ राष्ट्रपति थिए । त्यसपछि उनका छोरा किम जोङ इल राष्ट्रपति भए । इलको शासनकाल सन् १९९८ देखि २०११ सम्म उत्तर कोरियाले १६ वटा मिसाइल परीक्षण गरेको थियो । सन् २०११ मा किम जोङ उन राष्ट्रपति भएपछि हालसम्म उत्तर कोरियाले हालसम्म ८३ वटा मिसाइल परीक्षण गरेको छ ।

उत्तर कोरियाले सबैभन्दा बढी सन् २०१६ मा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उक्त वर्ष उत्तर कोरियाले २४ वटा मिसाइल परीक्षण गरेको थियो । किम जोङ उन राष्ट्रपति भएपछि उत्तर कोरियाले सन् २०१२ मा २ वटा, २०१३ मा ६ वटा, २०१४ मा १९ वटा, २०१५ मा १५ वटा, २०१६ मा २४ र सन् २०१७ सुरु भएपछि हालसम्म १७ वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरिसकेको छ । परीक्षण गरेकामध्ये सन् २०१६ मा ५ वटा र सन् २०१७ मा ४ वटा मिसाइल असफल भएका थिए । उत्तर कोरियाको मिसाइल परीक्षणका कारण जापान, दक्षिण कोरिया र अमेरिकाले आफुलाई असुरक्षित महसुस गर्दै आएका छन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस