काठमाडौँ – स्वास्थ्य क्षेत्रमा आएको विकृति, दलालिकरण लगायतको विरुद्धमा आवाज उठाइरहेको स्वतन्त्र विद्यार्थी युनियनले बुधबार विभिन्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ ।
माइतघरमा विभिन्न माग सहितको नाराबाजी गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले गैर कानुनी रुपमा गरिएको एमबीबीएस प्रथम वर्षको भर्ना रद्द गरिनुपर्ने र संलग्न जो कोहीलाई पनि कारवाही गरिनुपर्ने, पीजी अारक्षण कोटाको भर्ना सम्बन्धमा गठित प्रा.डा. इश्वर लोहनीको कार्यदलले तयार गरेको प्रतिवेदन अनुरुप भर्ना हुनुपर्ने र उक्त कार्यविधि अनुरुप नभएको विद्यार्थी भर्ना खारेज गरिनुपर्ने, मन्त्रालयसँग कम्युनिटी पाेष्टिङको लागि भएको सम्झौता अनुरुप रेसिडेन्ट डाक्टरहरूलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने जस्ता माग गरेका छन् ।
बुधबार विहान ११ बजे माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेर समापन भएको थियो ।
स्ववियूले आफ्ना मागहरू २४ घण्टाभित्र पुरा नभए डिन कार्यालयमा तालाबन्दी गर्ने समेत बताएको छ ।