काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले 'दोक्लम क्षेत्र' लाई लिएर दुई ठूला छिमेकी भारत र चीनबीच बढ्दो तनाव वार्तामार्फत शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्ने धारणा राखेका छन्। दोक्लम क्षेत्रलाई लिएर चार सातायता भारत र चीनबीच बढ्दो तनावप्रति सरकारका मन्त्रीले पहिलोपटक बुधबार आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
'यस विषय (दोक्लम क्षेत्र विवाद) मा नेपाल सरोकारवाला भएर बोल्नुपर्ने आवश्यकता छैन,' परराष्ट्र मन्त्रालयमा पत्रकारसँग महराले भने, 'तर, भारत र चीन तनावमा जानु हुँदैन। वार्ता र संवादबाट समस्याको हल होस् भन्ने नेपालको चाहना छ।'
दोक्लम क्षेत्रलाई लिएर पछिल्ला दिन चीन र भारतबीच तनाव बढेको छ। दोक्लममा भारत र चीनको सेना आमनेसामने भएका छन्। चीन र भुटानको सीमामा पर्ने दोक्लमको केही भाग चीनको नियन्त्रणमा छ भने केही भुटानको। चीन र भुटान दुवैले दोक्लम क्षेत्रलाई आफ्नो भएको दाबी गर्दै आएका छन्।
असार २ गते चीनले आफ्नो नियन्त्रण क्षेत्रमा सडक निर्माण कार्य सुरु गरेपछि भुटानले आपत्ति जनाउँदै सेना पठाएको थियो। भुटानी सेनाले निर्माण कार्य रोक्न गरेको आग्रहलाई चीनले अस्वीकार गर्दै कामलाई निरन्तरता दिएपछि भुटानले भारतसँग गुहार मागेको थियो। भुटानसँग भएको रक्षा सम्झौताअनुसार भारतले दोक्लममा आफ्नो सेना पठाएको थियो। त्यसपछि त्यस क्षेत्रमा तनाव चुलिएको छ।
चीनले दोक्लम पुगेका भारतीय सेनालाई पछि हट्न भने पनि भारतले आफ्ना सेना त्यहाँबाट नहटाउने अडान लिँदै आएको छ, जसका कारण दुई देशबीच तनाब बढ्दै गएको छ। यसै विषयलाई लिएर भारतीय र चिनियाँ मिडियाबीच जुहारी चलिरहेको छ। यसले दुई ठूला र शक्तिशाली राष्ट्रबीच द्वन्द्व निम्त्याउने खतरा बढ्दै गएको छ।
यसैबीचमा परराष्ट्र मन्त्री महराले वार्ता मार्फत शान्तिपूर्ण तरिकाले समस्याको समाधान गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्। 'हामी सबैको साथी हौं, दुस्मन कसैको होइनौं। दुई ठूला छिमेकीबाट कसरी अधिकतम लाभ लिने भन्ने हामीले सोच्नुपर्छ,' महराले भने, 'हाम्रो देश कुनै देशको विरुद्ध प्रयोग नहोस् भन्नेमा हामी सचेत छौं। भारत र चीनको चासोको विषयलाई हामीले बुझेका छौं। उनीहरूका विरुद्ध नेपालको भूमि प्रयोग हुन दिदैनौं, यसमा हामी स्पष्ट छौं।'
नेपालप्रति सदैव सबैको माया र सद्भाव रहेको उनले बताए। नेपालले हालसम्म कसैको पक्ष नलिएको पनि उनले जनाए। उनले थप स्पष्ट पारे, 'हामीले असंलग्न परराष्ट्र नीति अंगालेका छौं। अन्यत्र हुने विवाद र द्वन्द्वको समाधान संवादमार्फत खोज्नुपर्छ भन्ने हाम्रो धारणा हो।'
परराष्ट्रमन्त्री महराले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने बताए। 'मुद्दा' अनुसार सम्बन्ध सन्तुलन गर्नुपर्ने पनि उनले जनाए। 'कुनै विषय भारतसँग निकट हुन्छ, कुनै चीनसँग। त्यसैले मुद्दा अनुसार सन्तुलित व्यवहार नै नेपालको हितमा हुन्छ,' उनले भने। आफू ठीक भए अरुलाई पनि ठीक पार्न सकिने तर्क उनको थियो। 'नेपाल सानो र महŒवपूर्ण छ। सानो हुँदैमा हेपिनुपर्छ भन्ने होइन,' महराले भने।
आगामी माघ ७ गते सबै निर्वाचन सम्पन्न भएपछि नेपालको संक्रमण समाप्त हुने जनाउँदै उनले त्यसपछि आर्थिक कूटनीतिलाई बढावा दिनुपर्ने बताए। आर्थिक कूटनीति बढाएमात्र वैदेशिक लगानी भित्रिने धारणा उनको थियो। 'निर्वाचनपछि संक्रमणकाल सकिन्छ र नेपालमा अन्तर्राष्ट्रिय लगानी बढ्छ। यसका लागि परराष्ट्र मन्त्रालयको क्षमता अभिवृद्धि गर्नुपर्छ,' उनले भने।
शिष्टाचार भेटवार्ता
परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि थाइल्यान्डका राजदूत भाकवत टान्स्कुलले शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आर्थिक, सामाजिक एवं आपसी चासोका विषयमा छलफल भएको मन्त्री महराका प्रेस संयोजक हरि लामिछानेद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
भेटमा परराष्ट्रमन्त्री महराले नेपाल–थाइल्यान्ड सम्बन्ध साँस्कृतिकरुपमा बलियो रहेको बताएका थिए। थाइल्यान्डका राजदूत भाकवतले बर्सेनि ५० हजार पर्यटक नेपाल आउने गरेको जानकारी दिँदै दुई देशबीच पर्यटन प्रवर्द्धनमा थप सहकार्य गरेर अगाडि बढ्न सकिने जनाएका थिए।
बुधबार नै परराष्ट्रमन्त्री महरासँग किर्गीस्तानका गैरआवासीय राजदूत समरगीउल आदमकुलोभाले पनि शिष्टाचार भेट गरे। त्यसैगरी परारष्ट्रमन्त्री महरासँग नेपालका लागि इजराइली राजदूत यारुन मायरले शिष्टाचार भेट गरे।