दुई नम्बर प्रदेशमा पहिलो हुन दलहरूको होडबाजी
०२ साउन २०७४
•
८ मिनेट पाठ
दुई नम्बर प्रदेशमा पहिलो हुन दलहरूको होडबाजी
काठमाडौं- आगामी असोज २ गते हुने दुई नम्बर प्रदेशको स्थानीय चुनावलाई प्रतिष्ठाको विषय बनाउँदै प्रमुख राजनीतिक दलहरूले चुनावी रणनीति सुरु गरेका छन्। १ सय २७ स्थानीय तह भएको दुई नम्बर प्रदेशमा प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रमात्र नभई मधेसकेन्द्रित दल, संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक पनि चुनावी प्रतिस्पर्धाका लागि केन्द्रित भएका छन्। राजपासमेत संविधान संशोधन नभए पनि दुई नम्बर प्रदेशको चुनावमा जान सक्ने संकेत गरेको छ। राजपाले दुई नम्बर प्रदेशको चुनावलाई उपयोग गर्न खोजेको छ।

दुई मधेसकेन्द्रित दल फोरम नेपाल र लोकतान्त्रिक फोरम नेपालका नेताहरूले दुई नम्बर प्रदेशमा आफ्नो स्थिति अरू प्रदेशमा भन्दा धेरै सुधार हुने विश्वास गरेका छन्। त्यसमा पनि मधेसकेन्द्रित दलहरूले तालमेल गरेर चुनावमा गए प्रमुख दलहरूसमेत पछि पर्ने उनीहरूको निष्कर्ष रहेको छ। नेपाली कांग्रेसले पनि दुई नम्बर प्रदेशलाई आफ्नो भोट बैंक मान्दै पहिलो र दोस्रो चरणको चुनावमा भएको क्षति दुई नम्बर प्रदेशबाट पूर्ति हुनसक्ने अनुमान गरेको छ। यता, एमाले पनि दुई नम्बर प्रदेशमा अरू प्रदेशमाझैं पहिलो पार्टी हुनेमा विश्वस्त छ।

नेपाली कांग्रेसले आगामी साउन ५ गते काठमाडौंमा दुई नम्बर प्रदेशको भेला बोलाएको छ। सो भेलामा दुई नम्बर प्रदेशमा रहेका जिल्ला सभापति, तथा त्यहाँबाट प्रतिनिधित्व गर्ने संासद र केन्द्रीय सदस्यहरू उपस्थित हुनेछन्। भेलालाई कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। पाँच गतेको भेलापछि कांग्रेसका नेताहरू दुई नम्बर प्रदेशमा केन्द्रित हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए। उनले भने, 'दुई नम्बर प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी हुनेगरी कांग्रेसले अभियान नै सुरु गर्दैछ।' दुई नम्बर प्रदेशमा कांग्रेस सुरुदेखि नै पहिलो पार्टी भएको बताउँदै यादवले भने, 'त्यो इतिहास अहिले पनि कायम रहन्छ।' यसैगरी साउन ९ गते जनकपुरमा कांग्रेसले नेपाल प्रेस युनियनसँग समन्वय गरी अर्काे कार्यक्रम राखेको छ। सो कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरू सहभागी हुने युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताए। दुई नम्बर प्रदेशमा विजयी हुन कांग्रेसले दुई नम्बर प्रदेशका आफ्ना सबै पार्टीपंक्तिहरूलाई परिचालन गर्ने भएको छ।

यसैगरी एमालेले पनि दुई नम्बर प्रदेशको चुनावलाई पहिलो प्राथमिकतामा राखेको छ। आइतबार बसेको एमालेको स्थायी समितिको बैठकमा दुई नम्बर प्रदेशमा चुनावको तयारी बारेमा छलफल भएको थियो। एमालेका सचिव प्रदीप ज्ञवालीले दुई नम्बर प्रदेशमा निस्पक्ष चुनाव भएमा एमाले अरू प्रदेशमाझैं दुई नम्बर पनि पहिलो हुनेमा कुनै शंका नभएको बताए। 'दुई नम्बर प्रदेशमा हामी पहिलो पार्टी हुनेमा कुनै शंका छैन। चुनाव निस्पक्ष र धााँधलीरहित हुनुपर्छ भन्ने हाम्रो माग हो', ज्ञवालीले भने। दुई नम्बर प्रदेशमा चुनाव जित्न एमालेले जिल्ला समिति र जिल्ला तदर्थ सबै समितिलाई परिचालन गर्ने भएको छ। यसैगरी केन्द्रीय नेताहरू पनि दुई नम्बर प्रदेशमा जाने भएका छन्। मतदाता सुरक्षालाई एमालेका नेताहरूले विशेष ध्यान दिने भएका छन्। सचिव ज्ञवालीले मतदाताको सुरक्षाको विषयलाई पनि एमालेले उठाउने बताए। दुई नम्बर प्रदेशमा विजयी हुन एमालेले अन्य पार्टीसँग तालमेल पनि गर्न सक्ने ज्ञवालीले बताए। एमालेले अर्को हप्ताबाट दुई नम्बर प्रदेशमा अभियान नै सुरु गर्ने तयारी गरेको पनि एमालेका नेताहरूले जनाएका छन्।

दुई नम्बर प्रदेशलाई माओवादी केन्द्रले पनि प्रतिष्ठाको विषय बनाउने भएको छ। चुनावको समीक्षा गर्न माओवादी केन्द्रको सचिवालयको बैठक सोमबारदेखि बस्दै छ। समीक्षा बैठक सकिएपछि पार्टीले आफ्नो सबै ध्यान दुई नम्बर प्रदेशमा केन्द्रित गर्ने पार्टीकी प्रवक्ता पम्फा भुसालले बताइन्। दुई नम्बर प्रदेशमा चुनाव जित्न पाटीका केन्द्रीय नेताहरू दुई नम्बर प्रदेशका सबै तहमा जाने पनि उनले बताइन्। 'हाम्रो चुनावी समीक्षा बैठक सकिने बित्तिकै हामीले सबै ध्यान दुई नम्बर प्रदेशमा केन्द्रित गर्ने भएका छौं', उनले भनिन्, 'दुई नम्बर प्रदेशका सबै तहमा पार्टीका केन्द्रीय नेताहरू पुग्ने छन्।'

दुई नम्बर प्रदेशलाई दुई मधेसकेन्द्रित दल फोरम नेपाल र लोकतान्त्रिक फोरमले पनि प्राथमिकता दिएका छन्। दुई नम्बर प्रदेशको चुनावमा केन्द्रित हुन विगत चार दिनदेखि फोरम नेपालको बैठक पार्टी कार्यालय तीनकुनेमा बसिरहेको छ। बैठकको सबै ध्यान दुई नम्बर प्रदेशमा केन्द्रित भएको फोरम नेपालका नेता शिवजी यादवले बताए। दुई नम्बर प्रदेशमा फोरम नेपालले अरू प्रदेशमा भन्दा धेरै राम्रो परिणाम ल्याउने पनि उनले दाबी गरे। 'दुई नम्बर प्रदेशमा हामीले राम्रो परिणाम ल्याउँछौं, त्यसका लागि हामीले निकै ठूलो तयारी गरेका छौं', यादवले भने। दुई नम्बर प्रदेशमा अन्य पार्टीहरूसँग चुनावी तालमेल पनि हुनसक्ने उनले बताए। यसैगरी फोरम लोकतान्त्रिकले पनि दुई नम्बर प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर चुनावी अभियान सुरु गरेको फोरम लोकतान्त्रिकका नेताहरू बताउँछन्। अहिले राप्रपालगायतका साना पार्टीहरू पनि दुई नम्बर प्रदेशको चुनावमा केन्द्रित भएका छन्। दुई नम्बर प्रदेशमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता रहेका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस