काठमाडौं- चुरे संरक्षण र व्यवस्थापनका लागि स्थापित राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले आफ्नो वार्षिक कार्यक्रममा समितिका पदाधिकारीको विदेश भ्रमण योजना प्रस्ताव गरेको छ।
गत आर्थिक वर्ष समितिका प्रशासन, लेखा र प्राविधिकसहित १३ जना, वन मन्त्रालयका ८ र अर्थका दुई कर्मचारीसहित २३ जनाको टोलीले कम्बोडिया र बैंकक भ्रमण गरेको थियो। पा“चदिने भ्रमण कार्यक्रमका लागि सो टोलीले सरकारी बजेटबाट करिब ३२ लाख रुपैयाँ खर्च गरेको थियो।
'पछिल्लो भ्रमण विवादमा आउ“दाआउँदै समितिले फेरि आफ्नो कार्यक्रममा पदाधिकारीलाई विदेश घुमाउने कार्यक्रम समावेश गरेको छ', स्रोतले भन्यो, 'प्राविधिकको भ्रमणमा गैरप्राविधिक समावेश गरेर पठाइयो भन्ने विवाद भइरहेका बेला चालू आवमा पदाधिकारीलाई घुमाउने कार्यक्रम बनाइएको छ।'
समितिले क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अध्यक्षसहित चार सदस्य र एक सदस्यसचिवका लागि यो कार्यक्रम प्रस्ताव गरेको हो। कुन देश र कति दिनका लागि भन्ने कुरा स्पष्ट नभए पनि भ्रमण कार्यक्रम वार्षिक बजेट र कार्यक्रममा समावेश गरेर राष्ट्रिय योजना आयोगमा पठाइएको छ।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका सदस्यसचिव हेमलाल अर्यालले पदाधिकारी भ्रमण कार्यक्रम प्रस्ताव गरिएको पुष्टि गरे। 'पदाधिकारीका लागि भ्रमण कार्यक्रम प्रस्ताव गरेका छौं, स्वीकृत हुन्छ कि हुँदैन थाहा छैन', उनले भने। बजेट तथा कार्यक्रम सुरुमा राष्ट्रिय योजना आयोगमा पठाइन्छ, आयोगले सदर गरेपछि अर्थ मन्त्रालयले स्वीकृति दिन्छ।
अर्यालले यसलाई क्षमता अभिवृद्धि र ज्ञान हासिल गर्ने कार्यक्रमका रुपमा बुझिदिन आग्रह गरे। 'पछिल्लो समय सरकारले विदेश भ्रमणलाई अलि कडा गरेको छ। स्वीकृत नहुन पनि सक्छ', उनले भने। अर्यालका अनुसार ज्ञान, सीप, प्रविधि र अनुभव साटासाटका लागि पनि यस्ता कार्यक्रम उपयुक्त हुन्छन्।
अघिल्लो टोलीमा अर्थ मन्त्रालयका कर्मचारीलाई किन सहभागी गराइयो भन्ने प्रश्नमा सदस्यसचिव अर्यालले भने, 'उहा“हरूलाई पनि हाम्रो लक्ष्य र उद्देश्यबारे जानकारी दिनुपर्छ। हामीस“ग घुलमिल गराइयो भने हाम्रा प्राथमिकता र धारणामा अर्थबाट पनि सहयोग पुग्छ। फेरि सबै कार्यक्रम र बजेट उहा“हरूले स्वीकृत गर्ने हो।' उनले अर्थका पदाधिकारीको दबाबमा नभई आफूहरूले नै अनुरोध गरेर घुमाउन लैजाने गरेको बताए। 'कार्यक्रमबारे बुझाउन र सहज हुन्छ भनेर पनि हामीले नै उहा“हरूलाई घुमाउन लैजान्छौं', अर्यालले भने।
यसअघिको टोलीको नेतृत्व वन मन्त्रालय, प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र पौडेलले गरेका थिए। टोलीमा सबै समूहका कर्मचारी थिए। 'गयो भने किन गयो भनेर प्रश्न गर्ने, गएन भने योजना बनाउन सकेनन् भन्ने? हामीलाई जे गरे पनि सुख छैन', पौडेलले भने, 'हामी कम्बोडियाका वन प्रशासन, भूजलाधार संरक्षण, वन व्यवस्थापनलगायत अभ्यास हेरेर फर्किएका हौं। एउटै निकाय र समूहमा बसेर काम गरेपछि सबैले त्यत्तिकै अवसर पाउनुपर्छ।'
यसैगरी वन मन्त्रालयले चीनमा हुने भनिएको बा“स र बेतबा“ससम्बन्धी तीन साता लामो कार्यशालामा पा“चमध्ये चारजना प्रशासनका कर्मचारी पठाउने निर्णय गरेको छ। स्रोतका अनुसार 'द बेल्ट एन्ड रोड' का लागि बा“स र बेतबा“स स्रोतको दिगो विकास र व्यवस्थापनसम्बन्धी बेइजिङमा अक्टुबर ११ बाट हुने कार्यक्रममा जाने पा“च सदस्यीय टोलीमा चार जना प्रशासनका कर्मचारी पठाउने निर्णय गरेको हो। उक्त भ्रमणअन्तर्गत चीनका दुई प्रोभिन्सका चार सहर घुम्ने कार्यक्रम छ। यसको खर्च इनबार नामक अन्तर्राष्ट्रिय परियोजनाले गर्ने भएको छ। चीन जाने टोलीको नेतृत्व वन अनुसन्धान तथा सर्वेक्षण विभागका उपसचिव गोपाल गौतमले गर्नेछन्। गौतम यो परियोजनाका फोकल पर्सन पनि हुन्।
टोलीमा वन मन्त्रीको सचिवालयका केशवप्रसाद दाहाल, चुरे समितिका पुण्यप्रसाद दाहाल, प्रशासनका सुब्बा श्रीकृष्ण खत्री र कम्प्युटर अपरेटर रेनुका चित्रकार छन्। प्राविधिकले सो कार्यक्रममा नितान्त प्राविधिक विषयका कर्मचारी पठाउने निर्णय गरिए पनि प्रशासनका पठाउन लागिएको भन्दै विरोध जनाएका छन्।
फरेस्ट टेक्निसियन एसोसियसन अफ नेपाल (नेफ्टा) का अध्यक्ष विन्देश्वर पटेलले निन्तात प्राविधिक विषयमा प्रशासनिक कर्मचारी पठाउन लागिएको भन्दै आपत्ति जनाए। 'हामीले यस विषयमा वन सचिवलाई भेटेर ज्ञापनपत्र दिइसकेका छौं, समूह वर्गीकरण गरिसकेपछि त्यहीअनुसार काम गर्नुपर्छ', उनले नागरिकस“ग भने। नेफ्टाले ज्ञापनपत्र बुझाउने क्रममा वनसचिव प्रकाश माथेमाले 'एक पटकलाई गल्ती भयो अर्को पटकबाट यस्तो हुँदैन' भनेको पटेलले बताए।
नेपाल वन प्राविधिक संघका महासचिव विष्णुप्रसाद आचार्य वन मन्त्रालयले विदेश भ्रमणका लागि न्यायोचित कार्यविधि बनाउनुपर्ने बताउ“छन्। 'यस्ता मुद्दा बारम्बार उठिरहेका छन्। सम्बोधन गर्न तत्काल कार्यविधि बनाउनुपर्छ', उनले भने, 'समूह छुट्याउने तर एउटा विषयमा अर्कै विषयका कर्मचारीलाई पठाउने काम तत्काल बन्द गर्नुपर्छ।' आचार्यले प्रशासनिक, लेखा र प्राविधिक सबै कर्मचारीलाई अवसर दिनका लागि स्पष्ट कार्यविधि तयार गर्नुपर्ने बताए।
वन मन्त्रालय, प्रशासन महाशाखा प्रमुख पौडेलले प्राविधिक साथीहरू जान नमानेपछि प्रशासनका साथीलाई पठाउने निर्णय गरेको जानकारी दिए। 'धेरै साथी चीन र भारत जान नपरे हुन्थ्यो भन्ने छन्। के गर्ने? कोही त जानुपर्यो नि', उनले भने। मलेसियाको विकास गर्ने बेलामा महाथिर मोहम्मदले आफ्ना कर्मचारीलाई नियमित रूपमा कोरिया र जापानको भ्रमण गराएको उल्लेख गर्दै उनले भने, 'एउटै समूहमा काम गरेपछि सबै जनाले अवसर पाउनुपर्छ। प्रशासनका कर्मचारीले प्राविधिक ज्ञान हासिलै गर्न हुन्न भन्ने कहीं छैन।'

'भ्रमण कार्यक्रम र बजेट स्वीकृत गरिदिएपछि अर्थ मन्त्रालयका एक/दुईजनालाई त घुमाउनैपर्यो नि।'