एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे
०४ साउन २०७४
•
९ मिनेट पाठ
एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे
काठमाडौं – महालेखा नियन्त्रकको कार्यालयले विदेशस्थित नेपाली नियोगको राजस्व आम्दानी व्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक वर्ष नबित्दै बिग्रेको छ । सफ्टवेयरले काम गर्न छोडेपछि महालेखाले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा (हस्तलिखित) राजस्व व्यवस्थापन गर्न विदेशस्थित नेपाली नियोगहरूलाई निर्देशन दिएको छ । महालेखाका कर्मचारीहरू २१ वटै देशमा पुगेर नियोगहरूका कर्मचारीलाई सफ्टवेयर चलाउन तालिम दिएका थिए।

कर्मचारीको विदेश भ्रमण र सफ्टवेयर विकासमा लाखौं रुपैयाँ खर्चेर सञ्चालनमा ल्याइएको सफ्टवेयर आठ महिनामै बिग्रेपछि नेपाली नियोगलाई राजस्वसम्बन्धी हिसाब राख्न अहिले अप्ठ्यारो परेको छ । केही नियोगले ‘अनलाइन इन्ट्री’ गरिसकेको हिसाबको बिल सुरक्षित नराखेकाले पुनः हिसाब देखाउन कठिन हुने परराष्ट्र स्रोतले बतायो। 

‘प्राविधिक समस्या देखिएपछि अहिले सफ्टवेयरले काम गरेको छैन । आन्तरिक इन्जिनियरहरूको सहयोग लिएर सफ्टवेयर बनाएका थियौं । विदेशमा गएर सूचना प्रविधि (आइटी) बारेमा अध्ययन गरेनौं । अहिले सफ्टवेयरले पूर्ण रूपमा काम गर्न सकेन,’ महालेखा नियन्त्रकको कार्यालयका सहायक सूचना अधिकृत सूर्यमणि गौतमले नागरिकसँग भने । 

विदेशस्थित नेपाली नियोगको राजस्व आम्दानी व्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक वर्ष नबित्दै बिग्रेपछि हस्तलिखित विवरण राख्न थालिएको छ ।

नियोगहरूको राजस्व आम्दानीलाई व्यवस्थित एवं पारदर्शी बनाउन २०७३ साउन १ गतेदेखि विदेशस्थित नेपाली नियोगमा ‘राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस)’ कार्यान्वयनमा ल्याउने निर्णय सरकारले गरेको थियो । यो प्रणालीअनुसार राजस्व रकम नियोगहरूले कम्प्युटरमा इन्ट्री गर्नेबित्तिकै महालेखाको सर्भरमा रेकर्ड बस्छ र कुन नियोगमा कुन दिन कति राजस्व उठ्यो तुरुन्त थाहा पाउन सकिन्छ । यो वेबमा आधारित सफ्टवेयर हो । पहिलो चरणमा वार्षिक दुई करोड रुपैयाँभन्दा बढी राजस्व उठ्ने गरेको नियोगहरूमा यो प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय सरकारले गरेको थियो । 

सरकारको निर्णयअनुसार महालेखाले विश्वबैंकको सहयोगमा सफ्टवेयर निर्माण र तालिमको व्यवस्था गरेको थियो । विश्वबैंकको सहयोगमा महालेखाले त्यसअघि नै राजस्व संकलन प्रक्रिया थप प्रभावकारी बनाउन आरएमआइएस प्रणाली केही जिल्लामा कार्यान्वयनमा ल्याएको थियो । यसका लागि विश्वबैंकले सार्वजनिक वित्तीय व्यवस्थापन कार्यक्रममार्फत महालेखालाई सहयोग गरेको थियो । 

विश्वबैंकले सार्वजनिक वित्तीय व्यवस्थापन कार्यक्रमअन्तर्गत महालेखालाई दुई चरणको कार्यक्रमका लागि कुल ७९ लाख ८० हजार अमेरिकी डलर (करिब ८२ करोड १९ लाख ४० हजार रुपैयाँ) उपलब्ध गराएको थियो । नियोगहरूमा आरएमआइएस प्रणाली लागू गर्न पनि महालेखाले विश्वबैंकको यही सहायता रकम प्रयोग गरेको थियो । 

‘विश्वबैंकको सहयोगमा नियोगहरूमा आरएमआइएस प्रणाली कार्यान्वयनमा ल्याइएको थियो । ‘कुल खर्चमा विश्वबैंकले ७५ प्रतिशत र नेपाल सरकारले २५ प्रतिशत बेहोरेका थिए,’ गौतमले भने । सरकारले बेहोरेको २५ प्रतिशतसमेत जोड्दा नेपालभित्र र विदेशस्थित नियोगमा आरएमआइएस प्रणाली कार्यान्वयन गर्दा एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । 

‘देशभित्र सञ्चालनमा आएको सफ्टवेयरमा कहिलेकहीं सामान्य समस्या आए पनि काम रोकिएको छैन । तर नियोगमा राखिएकोे सफ्टवेयर भने प्राविधिक समस्या देखिएकाले बन्द गर्नुपर्ने अवस्था आयो । अहिले यसमा प्राविधिक समितिले काम गर्दैछ,’ गौतमले भने । 

महालेखाले २०७४ साउन १ गतेदेखि ७५ वटै जिल्लामा आरएमआइएस प्रणाली लागू गरेको छ । यसअघि ५० जिल्ला र २१ वटा नेपाली नियोगमा लागू गरिएको थियो । नियोगहरूमा आरएमआइएस प्रणाली लागू गर्नुअघि महालेखा नियन्त्रकको कार्यालय र जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयका पदाधिकारीले २१ वटै नेपाली नियोग पुगी त्यहाँ कार्यरत कर्मचारीलाई तालिम दिएका थिए । 

महालेखाका कर्मचारीको ६ वटा समूह तालिम दिन २१ देशस्थित नेपाली नियोगमा पुगेको थियो । एउटा समूहमा तीनदेखि चारजना कर्मचारी थिए । तालिम दिन विदेश जानेमा महालेखा नियन्त्रकदेखि लेखापालसम्मका कर्मचारी थिए । अस्ट्रेलिया,  थाइल्यान्ड, मलेसिया, बेलायत, बेल्जियम, फ्रान्स, स्विट्जरल्यान्ड, जर्मनी, पाकिस्तान, ओमान, कतार, युएई, साउदी अरब, बहराइन, कुवेत, अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया र जापानस्थित नेपाली नियोग पुगी महालेखाका कर्मचारीले आरएमआइएस प्रणालीबारे तालिम दिएका थिए । २०७३ वैशाख देखि असारसम्म नियोगहरूमा तालिम दिइएको थियो ।

‘तालिमका लागि कर्मचारीहरू नियोगमा जाँदा २० लाख र सफ्टवेयर निर्माण गर्न १० लाख रुपैयाँ जति खर्च भएको होला,’ गौतमले भने । २०७३ साउन १ गतेदेखि २१ वटा नियोगमा लागू गरिएको आरएमआइएस प्रणाली गत वैशाखदेखि पूर्ण रूपमा बन्द गरिएको छ । 

‘केही नियोगमा सफ्टवेयरले दुई महिना पनि काम गरेन, केहीमा सात–आठ महिना मात्र काम ग¥यो,’ परराष्ट्र स्रोतले भन्यो, ‘सफ्टवेयर नै राम्रोसँग नबनाई कार्यान्वयनमा ल्याउँदा यस्तो स्थिति आएको हो । सफ्टवेयर सुरक्षाका विषयमा कुनै अध्ययन भएन । तालिमको बहानामा घुम्नेमात्र काम भयो । राजस्व हिनामिना भयो भने कसले व्यहोर्ने ?’ 

नियोगमा लागू गरिएको आरएमआइएस प्रणालीलाई परराष्ट्रमन्त्री हुँदा प्रकाशशरण महतले आफ्नो कार्यकालको महŒवपूर्ण उपलब्धिको सूचीमा राखेका थिए । त्यति मात्र होइन परराष्ट्र मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालय दुवैले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रगति विवरणमा नियोगहरूमा राखिएको आरएमआइएस प्रणालीलाई महŒवपूर्ण उपलब्धि भनी उल्लेख गरेका छन् जुन प्रणाली प्रगति विवरण बुझाउनुअघि नै पूर्ण रूपमा फेल भइसकेको थियो । 
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस