काठमाडौँ – गत असार २३ देखि ७० लागेका पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्।
नियमित चेकजाँचका क्रममा एनजिओग्राफीमा मुटुको भल्भ ब्लक भएको देखिएपछि पूर्वराजा ज्ञानेन्द्रको एनजिओप्लाष्टी गर्ने निष्कर्षमा चिकित्सक पुगेका हुन्।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनकाे एउटा धमनी ८० प्रतिशत अवराेध छ। चिकित्सकले एनजिओग्राफी गर्नुपर्ने सुझाएपछि उनी बुधबार बिहान नर्भिक भर्ना भएका हुन्। अस्पताल स्रोतका अनुसार अझै केही दिन उनले अस्पतालमै बिताउनु पर्ने हुन्छ।
मुटुकाे नियमित अाैषधी सेवन गरिरहेका शाहमा समस्या थपिएपछि चिकित्सकहरूले विकल्प सुझाएका थिए। साे क्रममा उनले नेपालमै उपचार गराउने बताएपछि नर्भिकमा भर्ना गरिएकाे हाे। केही समय अगाडि उनका छाेरा एवम् पूर्व युवराज पारस शाहकाे समेत हृदयघातकाे उपचार नर्भिकमै गरिएकाे थियाे।