माओवादी निर्णय : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति
०८ साउन २०७४
•
६ मिनेट पाठ
माओवादी निर्णय : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति
काठमाडौं- माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउन पहल गर्ने प्रस्ताव पारित गरेको छ। पार्टी सचिवालयको विस्तारित बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई मुख्य अजेन्डा बनाउने निर्णय गरेको हो। विस्तारित बैठक शनिबार सम्पन्न भएको छ।  




शनिबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललले स्थानीय तह निर्वाचन समीक्षा र तत्कालीन कार्ययोजनाबारे लिखित प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदनमा अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) को व्यवस्था नभए देशमा अस्थिर सरकार बनिरहने र राजनीतिक स्थायित्व नहुने भन्दै त्यसका लागि पहल गर्नुपर्ने प्रस्ताव गरिएको थियो। सो प्रस्तावलाई बैठकले पास गरेको हो। 

सचिवालय सदस्य प्रल्हाद बुढाथोकीले प्रत्यक्ष्य निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाने अध्यक्षको प्रस्तावलाई बैठकले अनुमोदन गरेको बताए। 'पटकपटक सरकार फेरिरहने प्रवृत्तिले मुलुकमा अस्थिरता आउने भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाआंै भन्ने अध्यक्षज्यूको प्रस्ताव हो,' उनले भने। 

प्रतिवेदनमा दाहालले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उल्लेख गरेका छन्। यसैगरी उनले चुनावमा दलहरूले गर्ने खर्च सरकारले बेहोर्नुपर्ने प्रस्ताव राखेका थिए। सो प्रस्तावलाई बैठकले  अनमोदन गरेन । चुनाव खर्च सरकारले बेहोर्ने हो भने चुनावका बेला दलहरूले गर्ने पैसा खर्चको होडबाजी अन्त्य हुने दाहाललको भनाइ थियो।  राजनीतिक दलहरूले पाउने मतको आधारमा सरकारले निर्वाचन खर्च दिनुपर्ने दाहालको प्रस्ताव छ। 

प्रतिवेदनमा दाहालले एमालेलाई कन्जरभेटिभ पार्टी र कांग्रेसलाई यथास्थितिवादी भनेर मूलयांकन गरेका छन्। अग्रगामी मुद्दामा एमाले नेपाली कांग्रेसजति पनि हुननसकेको उनले आरोप लगाएका छन्। वर्तमान सरकारको विकल्पमा  उनले केही बोलेका छैनन्। सचिवालय सदस्य बुढाथोकीले अध्यक्षको प्रस्तावमा  कांग्रेससँगको सहकार्य कायमै राख्ने रहेको बताए। उनले भने, 'अध्यक्षज्यूले बैठकमा केही दिनमा सरकार विस्तार हुने र अन्य दल पनि आउने बताउनु भयो।'

दाहालको प्रतिवेदनमा संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकको पक्षमा पार्टी उभिने र विधेयक पास गराउन पनि पहल गर्ने उल्लेख छ। संशोधन पास गराउन एमालेलगायत दलसँग पनि वार्ता गर्ने उनले प्रतिवेेदनमा जनाएका छन्। 

पहिलो र दोस्रो चरणको चुनाव समीक्षा गर्दै प्रतिवेदनमा अपेक्षा गरेजस्तो परिणाम नआए पनि माओवादीका प्रतिस्पर्धी पुराना दुई पार्टी नेपाली कांग्रेस र एमाले देखिएको उल्लेख गरेका छन्। पार्टीको आन्तरिक संगठन चुस्त हुन नसकेको, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट परिर्वतनकारी शक्तिमाथि घेराबन्दी गरिएको, चुनाव तयारी कमजोर रहेको जस्ता कारणबाट अपेक्षित परिणाम आउन नसकेको उनको निष्कर्ष छ। अपेक्षित परिणाम आउन नसके पनि समग्र परिणाम सन्तोषजनक भएको उनले बताए ।

अध्यक्ष दाहालले केन्द्रीय समितिको संख्या घटाएर दुई अंकको बनाउने भनी राखेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ। सचिवालय सदस्य हरिबोल गजुरेलले पार्टी अध्यक्षले केन्द्रीय समितिको संख्या दुई अकंमा झार्न राखेको प्रस्ताव बैठकले अनुमोदन गरेको बताए। 

बैठकले स्थानीय चुनावमा अन्तर्घात गर्नेहरूमाथि छानबिन गर्न प्रत्येक प्रदेशमा तीन–तीन सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको छ। चुनावमा बागी उम्मेदवार बनेका, आफनै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको र अन्य पार्टीका उम्मेदवारहरूको पैसा खानेलाई कारबाही गर्ने दाहाले बताएका छन्। 

बैठकले पार्टीतर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको डाक्ने निर्णय पनि गरेको छ। यसैगरी साउनमै पार्टीले अगुवा कार्यकर्ता भेला गर्ने भएको छ। 
अर्को समाचार
कार्यकारी प्रमुखबारे माओवादी-कांग्रेस घम्साघम्सी
१६ मंसिर २०६६
•
१० मिनेट पाठ
कार्यकारी प्रमुखबारे माओवादी-कांग्रेस घम्साघम्सी
माधव ढुङ्गेल, काठमाडौं, मंसिर १७- नयाँ संविधानमा देशको कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति कि संसदबाट चुनिएको प्रधानमन्त्री राख्ने भन्नेबारे माओवादी र एमाले-कांग्रेसबीच घम्साघम्सी परेको छ।
संविधानसभा राज्यको शासकीय स्वरुप निर्धारण समितिमा मंगलबार सभापति शम्भु हजारा दुसाधले पढिरहेको प्रस्ताव ऊर्जामन्त्री प्रकाशशरण महतले हातबाटै खोसेपछि माओवादी-कांग्रेसबीच भनाभन समेत भयो।




समितिमा सहमतिका लागि लामो समयदेखि भएको प्रयास असफल भएपछि चुनाव भएको हो। चुनाव गरिए पनि परिणाम भने आउन सकेको छैन। मतदानमा माओवादीद्वारा अघि सारिएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्तावले सबैभन्दा बढी १८ मत पायो। ४३ सदस्यीय समितिमा उपस्थित ३९ सभासद् संख्याको बहुमत नपाएपछि निर्णय हुन नसकेको हो।

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हुने अवधारणा अघि सार्दै आएको एमालेले अन्तिम क्षणमा 'सुधारिएको संसदीय व्यवस्था' लाई स्वीकारेपछि माओवादी प्रस्तावविरुद्ध एमाले-कांग्रेस एक भएका थिए। संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुने 'मोडल' एमाले-कांग्रेसको प्रस्तावले जम्मा १६ मत मात्र पाएको छ।

 माओवादीको प्रस्ताव
पक्षमा १८ मत
विपक्षमा २० मत

एमाले-कांग्रेसको प्रस्ताव
पक्षमा १६ मत
विपक्षमा २१ मत
तटस्थ १ मत

तमलोपाको प्रस्ताव
पक्षमा ३ मत
विपक्षमा ३१ मत

तटस्थ ४ मत 

कांग्रेस-एमालेले अघि सारेको प्रधानमन्त्रीय प्रणालीको प्रस्तावलाई 'सुधारिएको संसदीय व्यवस्था' को संज्ञा दिन्छन्- एमाले पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरूङ। कांग्रेसका प्रकाशशरण महत प्रस्तावक र एमालेका विष्णु पौडेल समर्थक रहेको प्रस्तावमा व्यवस्थापिकाको तल्लो सदनबाट प्रधानमन्त्री चुन्ने, केन्द्रीय व्यवस्थापिकाको दुवै सदन र प्रादेशिक व्यवस्थापिकाका सदस्यहरूको बहुमतबाट राष्ट्रपति चुन्ने व्यवस्था छ। मन्त्रिपरिषद् संसद्का दुवै सदनका सदस्य मध्येबाट प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्ने र तल्लो सदनबाट अविश्वास प्रस्ताव पारित गरी प्रधानमन्त्री फेर्नसक्ने शासकीय स्वरुप प्रस्ताव गरिएको छ।

संसदीय व्यवस्थाको बेलायती ढाँचा ('वेस्टमिनिष्टर सिस्टम) भन्दा फरक एक वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नपाइने र प्रस्ताव दर्ता गर्दा वैकल्पिक उम्मेद्वार अघि सार्नुपर्ने व्यवस्था पनि एमाले-कांग्रेसको प्रस्तावमा उल्लेख छ।
एमालेले संसदीय व्यवस्थामा सरकार अस्थिर भएकोले प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचनको कुरा अघि सारेकोले अस्थिरता अन्त्य गर्न यस्तो व्यवस्था अघि सारिएको कांग्रेसका महतले बताए। एमालेका विष्णु पौडेलले पनि स्थायित्वका लागि गरिएको व्यवस्थाले सहमतिका लागि एमालेले प्रस्तावको समर्थन गरेको बताए।

सरकारको स्थायित्वका लागि प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने प्रस्ताव एमालेले ०५७ सालदेखि नै उठाउँदै आएको हो। गत संविधानसभा चुनावको घोषणापत्रमा पनि यही उल्लेख थियो।

एमालेले अघि सारेको 'मिश्रित सदस्य समानुपातिक निर्वाचन प्रणाली' (एमएमपीआर) कांग्रेसले स्वीकारेको छ। अहिलेको संविधानसभा जस्तो प्रत्यक्ष निर्वाचित र समानुपातिक छुट्टाछुट्टै नभई समानुपातिक आधारमा पाउने पूर्ण सीटमा प्रत्यक्ष निर्वाचित घटाएर बाँकी मात्र समानुपातिकबाट पूर्ति गरिने प्रणाली अघि सारेको छ। प्रत्यक्ष र समानुपातिकको कूल संख्या जोड्दा दलले प्राप्त मत प्रतिशतभन्दा बढी संख्या हुनेछैन।
शासकीय स्वरुपसमितिको अवधारणापत्रसहितको प्रारम्भिक मस्यौदा पारित गर्न हुने मतदानमा माओवादीको प्रस्तावका पक्षमा बहुमत जुट्ने आशमा एमाले-कांग्रेस एकमत भए पनि बहुमत पुर्‍याउन सकेनन्। उनीहरूले आफ्नोबाहेक नेकपा मालेका यदुवंश झा र सद्भावना (आनन्दीदेवी) का श्यामसुन्दर गुप्ताको मात्र समर्थन पाए।

एमालेका पौडेल र कांग्रेसका प्रकाशशरण महतले समितिको बैठकमा निरंकुशता र अस्थिरता दुई मुख्य समस्या रहेको समान धारणा राखेका थिए। अस्थिरताभन्दा पनि निरंकुशता मुख्य समस्या भएकाले निरंकुशता जन्मन सक्ने संभावनाको अन्त्य गर्ने समान धारणा राखेका थिए। ३ प्रतिशत मत नल्याउनले दललाई भने समानुपतिकको सुविधा नदिने एमाले-कांग्रेसबीच सहमति भएको छ।

माओवादीका गिरिराजमणि पोखरेलले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापित भएकोले परिवर्तनको प्रतिनिधित्व हुने गरी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने अडान प्रस्तुत गरे।

माओवादीले संविधानसभा चुनावको प्रतिबद्धतापत्रमा प्रधानमन्त्री पनि राख्ने धारणा राखे पनि दुई शक्तिकेन्द्र बन्न नदिन प्रधानमन्त्री नराख्ने धारणा बनाएको पोखरेलले बताए।
बहुसदस्यीय प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणाली अघि सारेको माओवादी पूर्ण समानुपातिक निर्वाचन प्रणाली पनि स्वीकार्न तयार रहेको पोखरेलले बताए। उनले भने, 'प्रत्यक्ष निर्वाचित र समानुपातिक दुई तहका सभासद् नहोउन् र जनताको प्रतिनिधित्व होस् भनेर समावेशी उम्मेद्वारीसहित प्रत्यक्ष निर्वाचन प्रणाली अघि सारेका हौं।' उनले जनसंख्याको अनुपातमा महिला, जनजाति, दलित, मधेशी, अन्यजाति सबैको प्रतिनिधित्व सुनिश्चित गर्ने बताए।

मंगलबार मतदान गर्ने अघिल्लो दिन निर्णय गरे पनि आफ्नो पक्षमा मतदान गर्ने आशमा बोल्न पाउनुपर्ने माग गर्दै मतदानमा ढिलाइ गरेका थिए। फोरम लोकतान्त्रिकका सभासद्हरू दुर्गादेवी महतो र लक्ष्मण महतो, सद्भावनाका सरोजकुमार यादव र राप्रपाका अलाउद्दिन अन्सारी अनुपस्थित रहे। अन्सारी मक्कामदिनामा हज गर्न गएकाले अनुपस्थित रहे। फोरम सभासद्द्वय भने बैठक सकिने समयमा मात्र समितिमा पुगेका थिए।

समितिमा उपस्थित भएका कांग्रेसका सभासद् प्रदीप गिरीले माओवादी प्रस्तावको विपक्षमा मतदान गरेका थिए भने एमाले-कांग्रेसको प्रस्तावमा तटस्थ रहे। उनले आफ्नो तमलोपाका बृजेशकुमार गुप्ताले प्रस्तुत गरेको प्रस्तावले ३ मत पायो।

सबै मतलाई संविधानसभामा पठाउने सहमति भएको समितिले सबैभन्दा बढी मत पाएको माओवादीको प्रस्तावका आधारमा अवधारणापत्र र प्रारम्भिक मस्यौता तयार गर्न अनुमतिका लागि समितिमा प्रस्ताव लैजादै गर्दा सभापतिको हातबाट महतले कागज खोसेपछि विवाद भएको थियो। माओवादी सभासद् पम्फा भुसालले उर्जामन्त्रीले सभापतिको भूमिका प्रभावित गर्न खोजेकोले त्यसप्रति खेद प्रस्ताव समितिसमक्ष राखेकी छन्। दलका प्रतिनिधिहरू संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग बैठक बसी मतपरिणामको टुंगो लगाउन समिति सहमति भएको छ।

 

 

 

 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस