प्रधानमन्त्रीको निर्देशन लत्याउँदै सिँचाइका ३७ कर्मचारी इटालीमा
१२ साउन २०७४
•
१० मिनेट पाठ
प्रधानमन्त्रीको निर्देशन लत्याउँदै सिँचाइका ३७ कर्मचारी इटालीमा
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको 'जम्बो टोली' तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ। इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित 'सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम' विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन्।




विदेश भ्रमणमा गएको टोलीको नेतृत्व सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवले गरेका छन्।

इटालीमा साउन ८ देखि सुरु उक्त कार्यक्रम २१ गतेसम्म सञ्चालन हुनेछ। ७ दिन तालिम र ७ दिन अवलोकन (घुमघाम) का लागि छुट्याइएको छ। ती सबै कर्मचारी एसियाली विकास बैंक र विश्व बैंकबाट नेपाललाई प्राप्त हुने अनुदान सहयोग रकमबाट खर्च व्यहोर्ने गरी इटाली गएका हुन्।

'सिँचाइबाट ३७ जना कर्मचारी तालिम र अवलोकन भ्रमणका लागि अहिले इटाली जानुभएको छ,' सिँचाइ मन्त्रालयका प्रवक्ता सागरकुमार राईले भने, 'चिसो तथा सुख्खा ठाउँ र पहाडी भिरालो पाखामा कस्तो प्रविधि प्रयोग गर्न सकिन्छ र कस्ता खेती गर्न सकिन्छ भनी तालिम लिन तथा अवलोकन गर्न उहाँहरू जानुभएको हो।'

इटाली गएका अधिक कर्मचारीमा सिँचाइ मन्त्रालय अन्तगर्तका विभिन्न कार्यालयका प्रमुख छन्। तालिम र अवलोकन भ्रमणका लागि इटाली गएका कर्मचारीमा मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव, सिँचाइ विभागका महानिर्देशक राजेन्द्रप्रसाद अधिकारी र उपमहानिर्देशक कृष्ण बेल्बासे, मध्यामाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयका निर्देशक महेश्वरनरसिंह केसी छन्। त्यस्तै सो टोलीमा मध्यपश्चिमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयका कृष्णप्रसाद नेपाल, भूमिगत जल सिँचाइ निर्देशनालय, चितवनका निर्देशक दीपक घिमिरे, जलसाधन योजना तयारी सुविधा आयोजनाका निर्देशक मित्र बराल, आयोजनाकै सिडिईद्वय अजय अधिकारी र शैलेश पोखरेल, सिँचाइ विभागका सिडिई राजेन्द्रप्रसाद शर्मा, जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका सिडिईद्वय अरबिन्दकुमार गुप्ता र रविनाथबाबु श्रेष्ठ, जनताको तटबन्ध कार्यक्रम फिल्ड का.नं. ६, दाङका सिडिई विनोदकुमार चापागाई छन्। यस्तै, मझौला सिँचाइ आयोजना, जाउलाखेलका आयोजना संयोजक अनुपकेशर थापा, समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र आयोजना, जाउलाखेलका सिडिई ध्रुवप्रसाद आचार्य, सिँचाइ विकास डिभिजन, धादिङका सिडिई राजेन्द्र महतो, सिँचाइ प्रणाली सुदृढीकरण आयोजना, जाउलाखेलका निर्देशक किशोरकुमार भट्टराई, नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना, जाउलाखेलका आयोजना संयोजक देवराज निरौला, जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय नं. ४, सिरहाका सिडिई रामनरेश मण्डल, जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय नं. २ विराटनगरका सिडिई देवनारायण साह पनि सो टोलीमा छन्।

यसैगरी सिँचाइ विभाग डिभिजन, दाङका सिडिई केदारकुमार श्रेष्ठ, सिँचाइ विकास डिभिजन, अर्घाखाँचीका सिडिई टंक केसी, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर विश्वकुमार थापा, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका लेखा अधिकृत विष्णुप्रसाद गौतम, महाकाली पथरैया मोहना सीं.व्य.डी. कञ्चनपुरका इन्जिनियर मोहनराम टेलर, सिँचाइ विभागका उपसचिव देवीप्रसाद ज्ञवाली, सिँचाइ मन्त्रालयका सहसचिव दानध्वज बस्नेत, सिँचाइ विभागका उपमहानिर्देशक चुर्णप्रसाद वली, समुदाय व्यवस्थित सिँञ्चित कृषि क्षेत्र आयोजनाका निर्देशक नुर महम्मद खाँ पनि अहिले इटालीमा छन्।

इटाली भ्रमणमा रहेका सिँचाइका अन्य कर्मचारीमा रानीजमरा कुलरिया सिँचाइ आयोजना, कैलालीका आयोजना प्रमुख सुशीलचन्द्र आचार्य, सिडिईहरू दिनेश भट्ट, मनिष महर्जन, लेखनाथ सुवेदी र कृष्णप्रसाद राजवंशी तथा इन्जिनियर रुपेश महत र सुदूरपश्चिम क्षेत्रीय सिँचाइ निर्देशनालय, कैलालीका कामु निर्देशक महेन्द्रप्रसाद बडू पनि इटाली भ्रमणमा गएका छन्।

'भ्रमणमा जाने टोली ठूलो देखिए पनि यसका फाइदा धेरै छन्। खासमा दुई टोली बनाएर जाने भन्ने थियो, नयाँ आर्थिक वर्ष भर्खर सुरु भएको र काम पनि धेरै नभएकाले सबैजना एकैपटक जान ठीक हुने देखियो। अहिलेको कार्यक्रम राम्रो छ,' प्रवक्ता राईले भने, 'अघिल्ला वर्षमा यस्तो भ्रमण थाइल्यान्ड, फिलिपिन्स र इन्डोनेसियामा भएको थियोे। त्यहाँ खालि धान खेती मात्र देखाउने भएकाले अन्य बाली पनि हेर्नका लागि यसपटक इटाली छानिएको हो।'

सरकारी कर्मचारी अनावश्यक रुपमा विदेश भ्रमण जान थालेपछि प्रधानमन्त्री देउवाले असार २८ गते मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई द्विपक्षीय सम्बन्धबाहेक भ्रमणमा रोक लगाउन निर्देशन दिएका थिए। प्रधानमन्त्रीले निर्देशन दिएको १० दिन बित्न नपाउँदै सिँचाइको जम्बो टोली इटाली भ्रमणमा गएको हो। 

सिँचाइ मन्त्रालयबाट इटाली भ्रमणमा गएको कर्मचारीको यो टोली राष्ट्रपति र प्रधानमन्त्रीले गर्ने राजकीय तथा औपचारिक विदेश भ्रमण दलको भन्दा निकै ठूलो हो। नेपाल सरकारका अतिविशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमण, दिवा तथा रात्रीभोज एवं उपहारसम्बन्धी निर्देशिका, २०७२ अनुसार राष्ट्रपतिले विदेश भ्रमण (राजकीय, औपचारिक र अन्य) गर्दा भ्रमण दलमा राष्ट्रपतिसहित १० देखि २५ सदस्य रहन्छन्। उपराष्ट्रपतिले गर्ने विदेश भ्रमणमा १० देखि २० सदस्य रहन्छन्। प्रधानमन्त्रीबाट हुने राजकीय तथा औपचारिक विदेश भ्रमणमा पनि २५ सदस्य रहन्छन्। उपप्रधानमन्त्रीको विदेश भ्रमण दलमा ४ र मन्त्रीको भ्रमण दलमा ३ जना रहन्छन्।

अतिविशिष्ट र विशिष्ट व्यक्तिको विदेश भ्रमणमा अनावश्यक व्यक्ति नपरुन् र खर्च पनि कम होस् भन्ने ध्येयले उक्त निर्देशिका ल्याइएको थियो। तर सरकारी कर्मचारीको विदेश भ्रमणमा भने कुनै रोकटोक कतैबाट हुनसकेको छैन।

प्रवक्ता राईका अनुसार इटाली भ्रमणमा जाने सबैको खर्च विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) ले मन्त्रालयका विभिन्न योजनामा 'कर्मचारीको क्षमता अभिवृद्धि' लागि उपलब्ध गराएको आर्थिक सहायताबाट व्यहोरिने छ। भ्रमणको खर्चको ठूलो हिस्सा सिँचाइ विभागअन्तर्गत सञ्चालनमा रहेको जल साधन योजना तयारी सुविधा आयोजना (डब्लुआरपिपिएफ) लाई एडिबीबाट प्राप्त हुने अनुदान रकमबाट व्यहोरिने छ।

'अघिल्ला वर्ष इन्डोनेसिया, थाइल्यान्ड र फिलिपिन्स भ्रमण गर्दा जति खर्च लाग्थ्यो त्योभन्दा कम खर्च यसपटक हुन्छ,' प्रवक्ता राईले भने। तर कर्मचारीको इटाली भ्रमणको खर्च यत्ति नै भन्ने आफूलाई थाहा नभएको उनले बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस