मुख्यमन्त्री पाण्डे भन्छन्ः हेलिकप्टरमा कागबेनी जाने पैसाले बाढीपीडितलाई सामान किनेर पठाए
३२ साउन २०८०
•
३ मिनेट पाठ
मुख्यमन्त्री पाण्डे भन्छन्ः हेलिकप्टरमा कागबेनी जाने पैसाले बाढीपीडितलाई सामान किनेर पठाए
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन्।  गण्डकी प्रदेशसभामा बाढी पहिरोले पु¥याएको क्षती सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको विहीबार जवाफ दिने क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका जनतलाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाए।  




प्रदेशबासीको हर समस्याको समाधानका लागि सरकार लागिरहेको भन्दै उनले भने, ‘सरकार छैन, म एक्लो छु वा जनतालाई सरकारविहीन छु भन्ने अवस्था आउन दिने छैन। त्यसमा म सचेत छु र त्यसमा म दत्तचित्त भएर लाग्छु।’

विपक्षी दलका प्रदेश सभा सदस्यहरुले मुस्ताङको कागबेनीमा पहिरोले वितण्डा मच्चाउँदा पनि मुख्यमन्त्री पाण्डे स्थलगत अवलोकनका लागि नगएको भन्दै आलोचना गरेका थिए। त्यसको जवाफमा पाण्डेले आफू नगएपनि त्यहाँको नियमित रिपोर्टिङ लिने र आवश्यक निर्देशन दिने गरेको बताए।

‘विपक्षी दलका सदस्यले बाढीले तहस नहस बनाउँदा पनि मुख्यमन्त्री पाण्डे अवलोकनका लागि जानु भएन भनेर भन्नुभो,’ उनले भने, ‘बाढीले वितण्डा मच्चाएको ठाउँमा आफू जाने कि? आफू जाने खर्चले सामान पठाउने? मैले आफू जाने खर्चले सामान पठाउने निर्णय लिएँ। म हेलिकोप्टर चढेर जाँदा १ लाख ४० हजार रुपैयाँ लाग्दो रहेछ। तर त्यो रकम बराबरको सामान किनेर पठाए।’  
आफू हेलिकोप्टर चढेर गएको भएपनि जनता बाढीको चपेटामा परेका बेला मुख्यमन्त्री हेलिकोप्टर चढेर गएर फर्किए भन्ने आलोचना हुने उनले बताए। अहिले त्यो पैसाले सामान पठाउँदापनि आलोचना भइरहेको उनले बताए।  

त्यस्तै, विपक्षी सांसदले बाढीपहिरोले तहसनहस मच्चाउँदा गण्डकी सरकार संवेदनशील नभएको भन्दै टिप्पणी गरे। त्यसको जवाफमा भने मुख्यमन्त्री पाण्डे केहि आक्रोसित बने। उनले भने, ‘हामी संवेदनशील छैनौं भन्नु भनेको दोष थोपर्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ वा हामीले गरिरहेका कुराबाट अनभिज्ञ हुनुहुन्छ भन्ने मलाई लाग्छ।’ उनले उद्धारको काम तदारुकताको साथ भइरहेको तथा बन्द बाटो खुलाउने, पुल पुर्ननिर्माण गर्ने लगायतका काम भइरहेको उल्लेख गरे।

उनले कागबेनीमा रहेको पुल बाढीले बगाउदा अपर मुस्ताङ जाने बाटो रोकिएपनि त्यहाँ खोला फराकिलो बनाएर अहिले गाडी चल्नसक्ने बनाइएको जानकारी दिए। तर कागबेनी भन्दा केहि माथि चराङमा रहेको पुललाई नदीले क्षती पु¥याएकाले त्यहाँ भन्दा माथि जानसक्ने अवस्था नरहेको उनको भनाई छ।  त्यस्तै, म्याग्दी–जोमसोमको बाटो बन्द हुने र खुल्ने क्रम चलिरहेको उनले बताए। अहिले रघु गाउँपालिका–३ बैसरीमा पहिरो गएकाले बाटो अबरुद्ध रहेको उनले जानकारी दिए। 

मुख्यमन्त्री पाण्डेले प्राकृतिक विपत्ती कम गर्न पवित्रस्थल कागबेनीमा पूजा गर्नुपर्ने समेत बताए। गण्डकी ऋषिमूनिहरुको तपोभूमि भएकाले बाढी पहिरो जाँदा पनि मानवीय क्षेती नभएको हुनसक्ने भन्दै उनले भने, ‘सोह्र श्राद्धमा पितृलाई तर्पण दिईन्छ। कागबेनी पवित्र भूमि हो। गयामा श्राद्ध गरेपछि घरमा श्राद्ध नगरेपनि हुन्छ भन्ने विश्वास छ। तर गयामा श्राद्ध गर्नुभन्दा पहिले कागबेनीमा श्राद्ध गर्नुपर्छ भन्ने गरिएको छ। ‘यो पटकको श्राद्धचाहिँ कागबेनीमा गएर गर्नुपर्छ कि भनेर मलाई लागेको छ,’ उनले भने। कम्युनिष्ट साथीहरुलाई पूजा गर्नुस भनेर त म भन्न सक्दिन तर म चाहिँ अध्यात्मवादी भएकाले त्यहाँ पूजा गर्नुपर्छ भन्ने लागेको  उनले बताए।  

मुख्यमन्त्री पाण्डेले योजनाबद्ध विकास नहुँदा विनास आइरहेको समेत बताए। घरमा बाटो लैजाने कि? बाटोमा घर लैजाने? उनले भने, ‘अहिलेसम्म हामीले घरमा बाटो लैजाने अभ्यास ग¥यौं । गाउँ, बस्तीहरु भने खाली हुन थाले। हिजो ५० घर हुने ठाउँमा अहिले ५ घर भयो, हिजो १०० घर भएको ठाउँमा अहिले १० घर मात्र छ। तर आजपनि ट्रेण्डचाहिँ हिजोकै जस्तो घरमा बाटो लैजाने ट्रेण्ड जारी छ। यसले गर्दा हाम्रो लागतपनि बढ्यो अनि भूक्षय पनि बढ्यो।’ उनले अब घरमा बाटो लैजाने कि ? बाटोमा घर लैजाने भन्नेबारेमा बहस चलाउन जरुरी रहेको औंल्याए।
अर्को समाचार
गण्डकीका मुख्यमन्त्री पाण्डेले बुझाए राजीनामा
२१ चैत्र २०८०
•
२ मिनेट पाठ
गण्डकीका मुख्यमन्त्री पाण्डेले बुझाए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।




विश्वासको मत लिने भए मंगलबार अपराह्न ३ बजेसम्ममा प्रदेश प्रमुखलाई जानकारी गराईसक्नुपर्ने थियो। तर, विश्वासको मतका लागि सूचना दिने समय गुजारेका उनले बुधबार प्रदेश प्रमुख भट्ट समक्ष राजीनामा दिएका हुन्।

मुख्यमन्त्री पाण्डेले यथास्थितिमा विश्वासको मत पाउने अवस्था नदेखेपछि पदबाट राजीनामा दिएको बताए।

राजीनामा दिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले राप्रपाले २७ गते अगाडि सरकारबारे कुनैपनि निर्णय नगर्ने बताएपछि विश्वासको मत लिनुभन्दा राजिनामा दिनु उपयुक्त भएकोले राजीनामा दिएको बताए।

राजीनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्नो पार्टी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुसँग छलफल गरेका थिए। छलफलमा उनले विश्वासको मत नपुग्ने अवस्थामा के गर्दा उपयुक्त हुन्छ भनेर सुझाव मागेका थिए।

सहभागी कांग्रेस सांसदहरुले विश्वासको मत नपुग्ने अवस्थामा राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। सोहि सुझाव अनुसार पाण्डेले प्रदेश प्रमुखसमक्ष राजिनामा दिएको बताइएको छ।

पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने ध्याउन्नमा छन्। राप्रपाले २७ गते अगाडि कसैलेपनि समर्थन नगर्ने नीति लिएको अवस्थामा त्यसअघि नयाँ गठबन्धनको सरकार नबन्ने स्थितिको आंकलन उनको छ। त्यसो भएमा आफूलाई पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नबाट कसैलेपनि रोक्न नसक्ने उनको बुझाइ छ। यद्यपी उनले पत्रकारसँगको कुराकानीमा आफू बहुमतीय सरकारका लागिपनि तयार रहेको बताए।

अहिले परिस्थिति नमिलेर मात्र राजिनामा दिएको हुँ,उनले भने,‘अब दुई वा दुई भन्दा बढी दलहरु मिलेर बनाउन आह्वान भए सो अनुसार नभए ठूलो दलको हैसियत दुबैका लागि मेरो प्रयास रहन्छ।’

गण्डकीमा कांग्रेस २७, एमाले २२, माओवादी ८(सभामुखसहित), राप्रपा २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका तर अहिले राजीनामा दिएका दीपक मनाङे सांसद छन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा पाण्डेले आफ्नो पार्टी कांग्रेस सहित राप्रपाको २, दीपक मनाङे र माओवादीको गणना गरिँदै आएको तर नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गर्दै आएका छन्। बहुमत पु¥याउने पाण्डेकै दाबीमा विश्वास गर्दै मनाङे वर्तमान प्रदेश सरकारमा सहभागी छन्।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस