नवनियुक्त प्रधानन्यायाधीले लिए शपथ
०५ भदौ २०८०
•
१ मिनेट पाठ
नवनियुक्त प्रधानन्यायाधीले लिए शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन्।




राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति  पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्। संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो।

विसं २०१६ असोज २० मा डोटी जिल्लामा जन्मिएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा हाल काठमाडौँको कुलेश्वरमा बस्दै आएका छन्। श्रेष्ठ विसं २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन्।
अर्को समाचार
भारतीय प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा
२३ वैशाख २०८१
•
२ मिनेट पाठ
भारतीय प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा
भारतीय प्रधानन्यायाधीश डा. डिवाई (धनञ्जय यशवन्त) चन्द्रचुड तीन दिने औपचारिक भ्रमणका सिलसिलामा नेपालमा छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी शुक्रबार नेपालको औपचारिक भ्रमणमा आएका हुन्। सर्वोच्च अदालतको निमन्त्रणामा औपचारिक रूपमा नेपाल भ्रमण गर्ने उनी नै पहिलो भारतीय प्रधानन्यायाधीश भएको दाबी गरिएको छ।




प्रधानन्यायाधीश चन्द्रचुडले सर्वोच्चको केन्द्रीय बाल न्याय समितिको आयोजनामा शनिबार भएको राष्ट्रिय बाल न्याय संगोष्ठीमा भाग लिए। मुख्य वक्ताका रूपमा उनले आर्थिक–सामाजिक विभेद र परिवारको विखण्डनलगायत विभिन्न कारणले बालबालिका झनै संकटमा परेको बताए। उनले नेपाली र भारतीय समाज उस्तै प्रकृतिका भएकाले बाल न्यायसम्बन्धी अनुभव र ज्ञान साटासाट महत्वपूर्ण हुने स्पष्ट पारे।

१८ वर्षमुनिका बालबालिकाले सही र गलत छुट्यााउन नसक्ने भएकाले कुनै अपराधमा संलग्न भएको खण्डमा सुधार र सामाजिक पुनःस्थापना महŒवपूर्ण हुने उनको भनाइ थियो। बालबालिकाको गल्तीमा दण्डसजायभन्दा पनि सुधारसहित सामाजिक पुनःस्थापना जरुरी हुने उनले स्पष्ट पारे।

उनले कुनै घटनाका कारण बालबालिकामाथि अनुसन्धान गर्नुपर्ने भए भिन्नै तरिकाले जानुपर्नेमा जोड दिए। बालबालिका अपराधको जोखिममा परेको खण्डमा संरक्षणको दायित्व हुने पनि उनले उल्लेख गरे।

साथै बालबालिकालाई बेलाबेलामा मनोवैज्ञानिक परामर्शको आवश्यकता पर्ने उनको भनाइ थियो। होटल र्‍याडिसनमा भएको बाल न्याय संगोष्ठीमा सरकारी सञ्चारमाध्यमलाई मात्रै समाचार संकलनका लागि अनुमति दिइएको थियो।

गत माघमा भारतीय सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सव समारोहमा सहभागी हुन प्रधानन्यायाधीश श्रेष्ठ भारत भ्रमणमा गएका थिए। त्यहीबेला उनले समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। प्रधानन्यायाधीश श्रेष्ठ र भारतीय समकक्षी चन्द्रचुडबीच औपचारिक द्विपक्षीय वार्ता, रात्रिभोजलागयत कार्यक्रम रहेको सर्वोच्चले जनाएको छ। 

शुक्रबार साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका चन्द्रचुडलाई सर्वोच्चका वरिष्ठतम न्यायाधीश डा. आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रारलगायतले स्वागत गरेका थिए। साथै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि स्वागतका लागि पुगेका थिए।

भारतीय प्रधानन्यायाधीश चन्द्रचुडका साथमा उनकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेशकुमार र कोर्ट मास्टर चेतन अरोरा पनि नेपाल आएका छन्।

प्रधानन्यायाधीश चन्द्रचुडले शनिबार पाटन, भक्तपुर र हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरे। उनले आइतबार मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम छ। उनले अन्नपूर्ण आधार शिविर पुग्ने कार्यक्रम पनि तय गरेको बताइएको छ।
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५१ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
यो पनि पढौँ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस