युवालाई देशको माया हुनुपर्छ: मुख्यमन्त्री पाण्डे
०५ भदौ २०८०
•
२ मिनेट पाठ
युवालाई देशको माया हुनुपर्छ: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा पुस्तामा देशप्रतिको माया हुनुपर्ने बताएका छन्। उच्च शिक्षासम्म देशले लगानी गर्ने तर युवाहरूको ऊर्जावान् र उत्पादनशील समय विदेशमा बित्ने अवस्था सिर्जना भएको भन्दै उनले देशले आफूप्रति गरेको लगानी सम्झिन युवाहरूलाई आग्रह गरे।




देशमा अवसर नै नभएको, देशको अवस्था गतिलो नभएको भन्ने हल्ला फैलाउने र युवा पलायनलाई बढावा दिनेहरूविरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो। मुख्य मन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले उत्पादन वृद्धि र स्वरोजगार उत्पादनमा जोड दिएको भन्दै युवापुस्तालाई देश र माटोप्रतिको मोह बढाउन आग्रह गरे।

उनले आफ्ना छोराछोरीलाई विदेश पठाउन बल नगर्न अभिभावकलाई आग्रह गरे। उनले विदेशमा पढेर मात्र देशको विकास नहुने भन्दै स्वदेशमै शिक्षा आर्जन गर्ने र ऊर्जावान् समय देशमै बिताउन युवाहरूलाई आग्रह गरे।

बागलुङको बलेवमा रहेको प्रसिद्ध कालभैरव मन्दिरमा मंगलबार ऐतिहासिक हरेलो मेलाको उदघाटन गर्दै पाण्डेले देशमा सबै खाले विकासले गति लिएको बताए।

उत्पादन वृद्धि, रोजगारीका अवसर सिर्जना हुँदै जाँदा युवा पुस्ता नरहने अवस्था सिर्जना हुन थालेको भन्दै उनले सबै राजनीतिक शक्तिले सोच्ने बेला आएको बताए।

देशमा भएका राजनीतिक परिवर्तनले विकासमा ठूलो टेवा पुर्‍याएको भन्दै पाण्डेले केही नभएको भन्ने हल्लाका पछि नलाग्न आग्रह गरे।

शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा २० वर्ष पहिले र अहिलेमा आमूल परिवर्तन आएको उदाहरण दिंदै पाण्डेले लोकतन्त्रको सदुपयोग गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकास,आर्थिक क्षेत्रको प्रवर्द्धनको आधार भएको बताए।

बागलुङको विकासका लागि पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न उनले आग्रह गरे। प्रसिद्ध बलेवा क्षेत्र र धार्मिक पर्यटकीय क्षेत्र कालभैरव मन्दिरमा पूर्वाधार विकास र सडक सञ्जालको सहज पहुँचका लागि प्रदेश सरकारले पहल गर्ने उनले बताए।  
अर्को समाचार
गण्डकीका मुख्यमन्त्री पाण्डेले बुझाए राजीनामा
२१ चैत्र २०८०
•
२ मिनेट पाठ
गण्डकीका मुख्यमन्त्री पाण्डेले बुझाए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।




विश्वासको मत लिने भए मंगलबार अपराह्न ३ बजेसम्ममा प्रदेश प्रमुखलाई जानकारी गराईसक्नुपर्ने थियो। तर, विश्वासको मतका लागि सूचना दिने समय गुजारेका उनले बुधबार प्रदेश प्रमुख भट्ट समक्ष राजीनामा दिएका हुन्।

मुख्यमन्त्री पाण्डेले यथास्थितिमा विश्वासको मत पाउने अवस्था नदेखेपछि पदबाट राजीनामा दिएको बताए।

राजीनामा दिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले राप्रपाले २७ गते अगाडि सरकारबारे कुनैपनि निर्णय नगर्ने बताएपछि विश्वासको मत लिनुभन्दा राजिनामा दिनु उपयुक्त भएकोले राजीनामा दिएको बताए।

राजीनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्नो पार्टी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुसँग छलफल गरेका थिए। छलफलमा उनले विश्वासको मत नपुग्ने अवस्थामा के गर्दा उपयुक्त हुन्छ भनेर सुझाव मागेका थिए।

सहभागी कांग्रेस सांसदहरुले विश्वासको मत नपुग्ने अवस्थामा राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। सोहि सुझाव अनुसार पाण्डेले प्रदेश प्रमुखसमक्ष राजिनामा दिएको बताइएको छ।

पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने ध्याउन्नमा छन्। राप्रपाले २७ गते अगाडि कसैलेपनि समर्थन नगर्ने नीति लिएको अवस्थामा त्यसअघि नयाँ गठबन्धनको सरकार नबन्ने स्थितिको आंकलन उनको छ। त्यसो भएमा आफूलाई पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नबाट कसैलेपनि रोक्न नसक्ने उनको बुझाइ छ। यद्यपी उनले पत्रकारसँगको कुराकानीमा आफू बहुमतीय सरकारका लागिपनि तयार रहेको बताए।

अहिले परिस्थिति नमिलेर मात्र राजिनामा दिएको हुँ,उनले भने,‘अब दुई वा दुई भन्दा बढी दलहरु मिलेर बनाउन आह्वान भए सो अनुसार नभए ठूलो दलको हैसियत दुबैका लागि मेरो प्रयास रहन्छ।’

गण्डकीमा कांग्रेस २७, एमाले २२, माओवादी ८(सभामुखसहित), राप्रपा २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका तर अहिले राजीनामा दिएका दीपक मनाङे सांसद छन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा पाण्डेले आफ्नो पार्टी कांग्रेस सहित राप्रपाको २, दीपक मनाङे र माओवादीको गणना गरिँदै आएको तर नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गर्दै आएका छन्। बहुमत पु¥याउने पाण्डेकै दाबीमा विश्वास गर्दै मनाङे वर्तमान प्रदेश सरकारमा सहभागी छन्।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २ सेकेन्ड अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस