छाडा चौपायाको व्यवस्थापन गर्छौं: मुख्यमन्त्री चौधरी
०९ भदौ २०८०
•
३ मिनेट पाठ
छाडा चौपायाको व्यवस्थापन गर्छौं: मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले प्रदेश विकास समिति गठन गरी छाडा चौपाया व्यवस्थापनको कार्य तत्कालै बढाइने बताएका छन्।




उनले प्रदेश भित्र रहेका १२ जिल्लाका १ सय ९ पालिका समावेश रहने गरी साझेदारी रुपमा काम अघि बढाउने बताए। कपिलवस्तुको बुद्धभुमी नगरपालिकाद्धारा बुढ्ढी चौराहा स्थित नगरपालिको हलमा आयोजित छाडा चौपाया व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रियामा सम्बोधन गर्दै सो कुरा बताएका हुन।

उनले छाडा चौपाया व्यवस्थापनको प्रदेशले नीति तथा कार्यक्रममा समावेश गरेकोले र विज्ञ समूह गठन गरी एक महिना भित्रै ग्रेडीङको काम सुरु हुने बताए। प्रदेश मन्त्री परिषद्ले नीति पारित गरी काम अघि बढाउने उनले बताए। मुख्य मन्त्री चौधरीले उत्पादन र रोजगारलाई जोडेर छाडा चौपायाको स्थायी समाधान निकाल्नु पर्ने बताए। उनले आइतबार प्रधानमन्त्री सहितको सहभागितामा काठमाडौँमा आइतबार हुने विकास समितिको बैठकमा समेत आफूले छाडा चौपाया व्यवस्थापनको कुरा जोडदार रुपमा उठाउने बताए।

वन सम्बन्धी अधिकार संघमा नै राखिदा निर्णय लिन अप्ठ्यारो परेको भन्दै आफूले संघको वन लगायतका विभिन्न अधिकारहरु प्रदेशलाई दिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बताए। गाईको मलमूत्रको सदुपयोग गर्ने, डिएपी र युरियाको विकाल्पकारुपमा गोबरको मल बनाउने गरी अघि बढ्नु पर्ने बताए। छाडा चौपायाका कारण किसानहरुले दुःख पाइरहेको भन्दै गाईलाई समस्याका रुपमा नभै बरदानका रुपमा लिनु पर्ने उनले बताए।

‘बाध्यात्मक होइन दूधको उत्पादन बढाउने, सुद्ध मल बनाउने गरी दिगो रुपमा जानु पर्छ त्यसकालागि जे जति खर्च लाग्छ प्रदेशले दिन तयार छ ’ उनले भने। उनले छाडा चौपायाकालागि आधुनिक गौशाला निर्माण गर्नु पर्नेमा जोड दिए।

प्रदेश सदस्य तथा पुर्वमन्त्री विष्णु पन्थीले गौशाला निर्माण गरी गाई व्यवस्थापनको काम गर्ने काम चुनौतीपूर्ण रहेको भन्दै स्थायी समाधान तर्फ जानु पर्ने बताए।

उत्पादन र रोजागरीसंग जोडेर व्यवस्थापनको काम अघि बढाउनु पर्ने उनले बताए। बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले छाडा चौपायाको व्यवस्थापनका लागि भारतीय सिमानाकाबाट प्रवेश गर्ने छाडा गाई गोरुलाई प्रवेश गर्न रोक लगाउनु पर्ने उनको भनाइ थियो।

सो अवसरमा सुद्धोदन गाउँपालिकाका प्रमुख कमलेशशरण चौधरीले छाडा चौपाया राष्ट्रिय स्तरको समस्या रहेकोले यसकालागि राष्ट्रिय रूपमै नीतिगत व्यवस्था गर्नु पर्ने बताए।

बुद्धभुमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठले बुद्धभुमी नगरपालिका वडा नम्बर ९ गब्दाहवामा रहेको वन क्षेत्र भित्र डेढ सय बिघा जमिनमा तारबार गरी गौशाला निर्माणकालागि उपयुक्त रहेको बताए। गत वर्ष नै त्यहाँ काम सुरु गर्न खोजे पनि कानुनी अड्चनले अघि बढ्न नसकेको उनले बताए। त्यस अघि सुगुरबरुवा, मधुुवन, विजयनगरमा समेत गौशाला खोल्ने प्रयास भए पनि उपयुक्त स्थान नभएकाले मुर्तरुप लिन नसकेको उनले जनाए।

गब्दाहवामा तारबार तथा अन्य खर्च गरी गौशालाकालागि डेढ करोड रुपैयाँका हेरालु राखेर व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो।

डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुबेदीले छाडा चौपाया व्यवस्थापनका लागि विभिन्न चार विकल्पहरू प्रस्तुत गरेका थिए। वन क्षेत्र बाहिर जग्गा किनेर, सार्वजनिक जग्गामा, वन क्षेत्र र र आबादी जग्गामा राखेर व्यवस्थापन गर्न सकिने उनका विकल्प थिए।

वन क्षेत्रमै गर्नका लागि कानुनी प्रक्रिया पुरा गर्न प्रदेश सरकारले पास गरी संघीय सरकारले पास गरे मात्र वनको जग्गामा व्यवस्थापन गर्न सकिने उनले बताए। अझ सम्म प्रदेश सरकारले नै पास नगरको अवस्थामा संघीय सरकारले समेत पास गर्न भने निकै समय लाग्ने देखिएको छ।

सो अन्तरक्रिया सहभागी पालिका प्रमुख, प्रदेश सदस्यले गब्दाहवा नै छाडा चौपाया व्यवस्थापनका लागि उपयुक्त रहेको र डेढ सय बिघा क्षेत्रमा तारबार गरी हेरालु र पानीको व्यवस्था गर्ने निर्णय गरिएको छ। यस्तै बुद्धभुमी नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको अगुवाई गर्ने त्यसकालागि चाहिने बजेट प्रदेश सरकार, जिल्लाका १० वटै पालिका लगायत सरोकारबाट आर्थिक एवं अन्य सहयोग संकलन गर्ने समेत निर्णय गरिएको मेयर श्रेष्ठले बताए।

कार्यक्रममा सहभागीहरुले छाडा चौपायाको छिटो स्थायी समाधान निकाल्नु पर्ने सुझाव दिएका थिए। मेयर श्रेष्ठको अध्यक्षता, नवीन खनालको संचालनमा भएको कार्यक्रममा तिलक बस्नेतले स्वागत मन्तव्य दिएका थिए।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
५५ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस